कृषिको अध्ययन गरेका हेम बोम्जोनले काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । कृषि अध्ययन गरेका बोम्जोनले आगामी संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन् । काठमाडौं महानगरपालिका ११ कपनमा बस्दै आएका बोम्जोनले कृषि क्षेत्रमा मुख्य प्राथमिकता दिएर उम्मेदवारी दिन लागेका हुन् । कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आएका बोम्जोनले छोटो समय मिडिया क्षेत्रमा काम गरेको बताए ।‘मैले कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नेगरी संघीय चुनाव लड्ने सोचेको छु&rs