स्वतन्त्र उम्मेदवारी दिने गंगा चौधरीको घोषणा

२१ असोज, काठमाडौं । नेकपा एमालेका नेता गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । चौधरी दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले शान्ता चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेकी हुन् । संघमै दाबी गरेका रेवतीरमण शर्मालाई भने प्रदेशमा उम्मेदवार बनाउने तयारी एमालेको छ । […]

सम्बन्धित सामग्री

घनश्याम भुसालद्धारा रुपन्देही-१ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

काठमाडौं, २३ असोज । नेकपा (एमाले) घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आज (आइतबार) पत्रकार सम्मलेलन गर्दैं रुपन्देही १ बाट स्वतन्त्र उठ्ने घोषणा गरेका हुन् । उनलाई सत्ता गठबन्धनले सघाउने भएको छ । हिजो मध्यराति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भुसाललाई फोन गरेर आफूहरुको समर्थन रहने भन्दै गो अ हेड भनेका […]

रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भूसालको तयारी

२२ असोज, काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि भूसालले शनिबार दिउँसो पार्टी परित्यागको घोषणा गरेका हुन् । निकटवर्तीहरुका अनुसार भूसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने छन् । सत्ता गठबन्धनका नेताहरुले भुसाललाई आफूहरुसँग मिलेर चुनाव लड्न प्रस्ताव गरेका […]

गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा

काठमाडौं :  नेकपा एमालेका नेता गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्।दाङ १ को उम्मेदवार बन्ने चाहना राखेकी चौधरीले सामाजिक सञ्जालमार्फत  एमाले छाडेर स्वतन्त्रबाट चुनाव लड्ने  घोषणा गरेकी हुन्।उनले भनेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु। जनता भगवान हुन् जनता नै सर्वोपरि हुन्। देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु। हजुरहरूको साथ चाहिएको छ।’नेतृ&nb

कानुनमा पिएचडी गरेका ज्ञान बस्नेतले काठमाडाैँ- ९ बाट स्वतन्त्र उम्मेदवारी दिने

काठमाडाैँ- डा. ज्ञान बस्नेतले काठमाडौँ क्षेत्र नम्बर ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। बेलायतबाट कानुनमा विद्यावारिधि गरेका उनले प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन्। बस्नेतले संस्कारको राजनीतिको वकालत र सूत्रपातका लागि आफूले उम्मेदवार बन्ने निर्णय गरेको बताएका छन्। उक्त क्षेत्रबाट अघिल्लो निर्वाचन नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका […]

विवेकशील साझा त्यागेर काठमाडौँ ६ मा स्वतन्त्र उम्मेदवारी दिने मियाँको घोषणा

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट अब्दुस मियाँले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । विवेकशील साझाको युवा सङ्गठनको संयोजक रहेका मियाँले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने बताएका हुन्। उनले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिने बताए । प्रतिनिधि सभामा सक्षम र स्वतन्त्र युवाहरू आउनुपर्ने र कानुन निर्माताका रूपमा युवाको सहभागिता बढ्नुपर्ने आफ्नो भनाइ रहेको मियाँ […]

व्यवसायी साहले जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि व्यवसायी वैद्यनाथ साहले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । असहाय संरक्षण मञ्चका अध्यक्ष समेत रहेका साहले शनिवार पत्रकार सम्मेलन गरी जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।साहले विगत १५ वर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर काम गरिरहेको बताउँदै जनकपुरधामवासीले आफूलाई विश्वास गरेर मत दिने बताए । साहले जनकपुरधामलाई नेपालको दोस्रो ठूलो पर्यटकीय स्थल बनाउने बताए ।उन

धनगढी उपमहानरको मेयरमा हमालको स्वतन्त्र उम्मेदवारी घोषणा

धनगढी – कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताए । उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण दिँदै आफूले […]

धनगढी उपमहानगरको मेयरमा हमालको स्वतन्त्र उम्मेदवारी घोषणा

कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताए । उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण दिँदै आफूले पनि धनगढीलाई दिल्ली जस्तै सवै चिन्ने सहर बनाउन चाहेको बताए । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हमालले आफू मेयरमा विजय