यो संसद असफल भइसक्यो : ओली

९ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संसद असफल भएको बताएका छन् । मंगलबार नेकपा एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखको कारण संसद असफल भइरहेको बताए । ‘एक जना मान्छे उठेर अवरोध गरें मैले भन्दा उहाँ दुई मिनेट नफर्की संसद स्थगित गर्नुहुन्छ । देशको ठूलो पार्टीले असन्तुष्टि विरोध […]

सम्बन्धित सामग्री

संसद भवनबाट बाहिरिए ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद भवन बानेश्वरबाट बाहिरिएका छन् । ओली केही बेरअघि बाहिरिएका हुन् । बाहिरिने क्रममा अध्यक्ष ओलीले छोटो प्रतिक्रया दिँदै भने, ‘देखिहाल्नुभएकै छ ।’अहिले संसद बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल जारी छ ।

बैठक स्थगित भएपछि संसद भवन पुगे केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिसभा बैठकमा सहभागिता जनाउन संसद भवनमा पुगेका छन् । अध्यक्ष ओली केहीबेर अघि संसद भवनमा प्रवेश गरेका हुन् । अध्यक्ष ओली संसद बैठक स्थगित भइसकेपछि संसद भवन पुगेका हुन् ।संसद सचिवालयले एक सूचना जारी शुक्रबार १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको जानकारी दिएको छ । संसद सचिवालयले बैठक स्थगित भएको जानकारी दिएपनि अन्य दलका नेताहरु पनि अहिले संसद भवन पुगेका छन् ।

चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली

१० पुस, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने बताएका हुन् । संसद अवरोध कहिलेसम्म भन्ने पत्रकारको प्रश्नमा ओलीले सटिक जवाफ दिए– चुनावसम्म । चुनाव अगाडिसम्म संसद चल्दैन त भन्ने प्रश्नमा ओलीले […]

संसद अवरुद्ध जारी रहनेछ : ओली

काठमाडौँ, २७ भदौ। सभामुख अग्नी सापकोटाले नेकपा (एमाले) विभाजन गराउन सहयोग गरेकाले संसद अवरुद्ध गर्नुपरेको एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बताएका छन् । आइतबार संसद भवनमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘सत्ता गठबन्धन गलत बाटोमा हिँडेको छ । नेकपा एमाले विभाजन गराउन सभामुखको […]

संसद बैठकमा बल्ल आइपुगे पूर्वप्रधानमन्त्री ओली

काठमाडौँ- पुनर्स्थापित प्रतिनिधिसभा बैठकको आइतबारको पहिलो सत्रमा नआएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दोस्रो सत्रमा सहभागी हुन करिब पौने छ बजे संसद बैठक आइपुगेका छन्। दोस्रो सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम छ। यसअघि पनि पुनर्स्थापित अघिल्लो प्रतिनिधिसभा बैठकका क्रममा पनि केपी ओली अनुपस्थित रहने गरेका थिए।

विश्वासको मत लिन ओली पुगे संसद

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेका छन्। आज उनले विश्वासको मत लिने कार्यसूची छ।  नेकपा एमालेको आन्तरिक किचलोका कारण प्रधानमन्त्री ओली विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। उनलाई उनकै पार्टीको माधवकुमार नेपाल समूहले आज मत नदिने घोषणा गरिसकेको छ। आजको विश्वासको मतमा प्रतिपक्षी नेपाली काँग्रेस र नेकपा…

माओवादीले ओली सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउँदै

माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ । पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको माओवादीले जनाएको छ ।मंगलबार बसेको स्थायी समिति बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र बुधबार बुझाउन लागिएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले रातोपाटीलाई जानकारी द

बैठक सुरु हुनुअघि संसद भवन पुगेर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नयाँ बानेश्वरस्थित संसद भवन पुगेर फर्किएका छन्। नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले व्यस्तताका कारण प्रधानमन्त्री फर्किएको बताए। उपनेता नेम्वाङलाई संसदमा एमालेको प्रतिनिधित्वको जिम्मेवारी दिँदै ओली फर्किएका हुन्। ‘आउनुभएको थियो। बोल्ने कार्यक्रम पनि थिएन। अस्तीकै अड्किएको विषय छ। त्यसलाई अगाडि बढाउने भन्ने कुरा भयो।…

प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिए

प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन्। प्रधानमन्त्री ओली संसद बैठक सुरु हुन अगाडि नै संसद भवनबाट बाहिरिएका हुन्।...

संसद पुनःस्थापना भए प्रतिगमन हुन्छः गृहमन्त्री थापा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता रामबहादुर थापा ‘बादल’ ले संसद पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने बताएको छन् ।  बिहीबार काठमाडौं राष्ट्रिय सभागृहमा ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले भने, ‘संसद पुनःस्थापना भयो भने मुलुकमा प्रतिक्रान्ति हुने खतरा छ । संसद पुनःस्थापना हुन मुलुकको हितमा छैन ।पुनःस्थापना पनि हुँदैन ।ू प्रधानमन्त्री केपी ओलीले संसद विघटनको  साहसिक निर्णय भएको थापाले  बताए  । ‘देशमा