संसद भवनबाट बाहिरिए ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद भवन बानेश्वरबाट बाहिरिएका छन् । ओली केही बेरअघि बाहिरिएका हुन् । बाहिरिने क्रममा अध्यक्ष ओलीले छोटो प्रतिक्रया दिँदै भने, ‘देखिहाल्नुभएकै छ ।’अहिले संसद बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल जारी छ ।

सम्बन्धित सामग्री

राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ, अरु घटनाक्रम थाहा छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताएका छन्। संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘भोलि मनोनयन हुन्छ ।’तर गठबन्धनमा त खटपट देखिएको भने घटनाक्रम भने थाहा नभएको बताए।

राष्ट्रपतिमा प्रचण्डले खोजेको समझदारी के हो ?

उच्चस्तरीय संयन्त्रको संयोजक ओली केपी शर्मा छन्, एमालेकै देवराज घिमिरे सभामुख भए, उपसभामुख रास्वपाले लिने छ। राष्ट्रपति एमालेले लिने हो भने प्रधानमन्त्री पद छाडेको दिन आफूहरुसँग केही नहुने माओवादीको बुझाइ छ । त्यसैले सके कांग्रेस, नभए गैर एमालेलाई राष्ट्रपति बनाउन चाहेका छन् ।

विश्वासको मत पाएपछि अभिवादन गर्दै संसद भवनबाट बाहिरिए देउवा

प्रतिनिधिसभाबाट विश्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन् । उनले संवाददाताहरुलाई कुनै प्रतिक्रिया भने दिएनन् । खचाखच सञ्चारकर्मीले भरिएको संसद भवन परिसरबाट अभिवादन गर्दै उनी बालुवाटारतिर लागेका थिए । देउवाले प्रतिनिधिसभाबाट १६५ सांसदको विश्वासको मत पाएका छन् भने उनको विपक्षमा मात्र ८३ मत प्राप्त भयो । यस्तै तटस्थ बस्ने १ जना रहे । देउवालाई जसपाको महन्थ ठाकुर पक्षका साथै एमालेको ओली पक्षकै केही सांसद र माधव नेपाल पक्षका सांसदले समेत भोट हालेका थिए ।

संसद बैठक शुरु, प्रधानमन्त्री बसेनन्

प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु हुनैलाग्दा संसद भवनबाट बाहिरिएका छन् । संसद पुनःस्थापना भएपछि बुधबार (आज) दोस्रो बैठक शुरु भएको छ ।  आजको बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।

प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिए

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् । संसद बैठक सुरु हुनुअघि नै संसद भवन नयाँ वानेश्वर आएका प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका हुन् । सर्वोच्च अदालतले संसद विघटन …

हाँस्दै छिरेका प्रधानमन्त्री बाहिरिए

काठमाडौँ । हाँस्दै संसद भवन प्रवेश गरेका प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन् । राजनीतिक अन्योलका बिच प्रधानमन्त्री संसद भवनबाट बाहिरिएका हुन् ।

सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्छौंः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद सम्बन्धमा आज गरेको फैसलालाई आफूहरूले सम्मान गर्ने बताउनुभएको छ । आज दिउँसो ४ बजेका लागि डाकिएकाे संसद अधिवेशनमा सहभागी हुन संसद भवन पुग्नुभएका प्रधानमन्त्री ओली बैठक शुरु हुनुअगावै संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुलाई सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिए

प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन्। प्रधानमन्त्री ओली संसद बैठक सुरु हुन अगाडि नै संसद भवनबाट बाहिरिएका हुन्।...

प्रधानमन्त्री संसद भवनबाट बाहिरिए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् । पुर्नस्थापित संसद बैठक सुरु हुनुभन्दा अघि नै प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिएका हुन् । प्रधानमन्त्री ओली संसद बैठक सुरु हुनुअघि नै संसद भवनमा आएका थिए । तर, उनी चाँडै नै फर्किएका हुन् ।

प्रधानमन्त्रीले ओलीलाई छोडेर एमाले नेता नेपाल र खनालसँग मात्र हात मिलाए (भिडियो)

दुई तिहाई नपुगेर संविधानको दोस्रो संशोधन विधेयक फेल भएपछि एमाले तथा विपक्षी दलका सांसदहरूले उठेर ताली बजाएका थिए। सत्ता पक्षको पहिलो लहरमा बसेका प्रधानमन्त्री शेरबहादुर देउवा पनि संसद भवनबाट बाहिरिन उठे। आफ्नो सिटबाट उठेर प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरू बसेको ठाउँ तर्फ देउवा जाँदै गर्दा एमाले अध्यक्ष केपी ओली आफ्नो ठाउँबाट उठिसकेका थिए। आफूतिर आउँदै…