संसद बैठकमा बल्ल आइपुगे पूर्वप्रधानमन्त्री ओली

काठमाडौँ- पुनर्स्थापित प्रतिनिधिसभा बैठकको आइतबारको पहिलो सत्रमा नआएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दोस्रो सत्रमा सहभागी हुन करिब पौने छ बजे संसद बैठक आइपुगेका छन्। दोस्रो सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम छ। यसअघि पनि पुनर्स्थापित अघिल्लो प्रतिनिधिसभा बैठकका क्रममा पनि केपी ओली अनुपस्थित रहने गरेका थिए।