विधान महाधिवेशनको तयारी, हेर्न पुगे ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन आयोजना गरिने सनराइज हलको निरीक्षण गरेका छन् । असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनको तयारीका बारेमा जानकारी लिन गोदावरी पुगेका हुन् ।

सम्बन्धित सामग्री

विधान महाधिवेशनको समीक्षा : एमाले संकटमै छ कि उक्सियो ?

संघ र प्रदेशका सरकारहरूबाट बहिर्गमित नेकपा एमालेले असोज १५–१७ गते गोदावरीमा प्रथम विधान महाधिवेशन सम्पन्न गर्यो । महाधिवेशन सकिनासाथ दसैँले छोपेको हुनाले एमालेले आफ्नो विधान महाधिवेशनको औपचारिक समीक्षाका लागि बैठक राख्न भ्याएको छैन । तथापि नेताहरुले प्रथम  विधान महाधिवेशन ऐतिहासिक एवं भव्य रुपमा सफल भएको प्रतिक्रिया दिइरहेका छन् ।अब नेकपा एमालेले दसैँ–तिहारको बीचमा औपचारिक बैठक राखेर विधान महाधिवेशनको पक्कै पनि भव्य समीक्षा गर्ला । उसले अब मंसिरमा गर्ने दसौँ महाधिवेशनको तयारीमा

नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु

नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ ।ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा आयोजित सो विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोवाईलको बटम थिचेर लोगो अनावरण गरेर उद्घाटन गरे ।विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधिहरु सहभागी छन् । ३ दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा शुक्रबार नै अध्यक्ष […]

एमाले विधान महाधिवेशन : आज पत्रकारलाई पनि प्रवेश अनुमति

काठमाडौँ । विधान महाधिवेशनको हलमा आज (आइतबार) पत्रकारहरुलाई पनि प्रवेश गर्न दिइने नेकपा एमालेले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज ११ बजेदेखि पत्रकारहरुलाई पनि महाधिवेशन हलमा प्रवेश दिइने जानकारी दिएका हुन् । विधान महाधिवेशन प्रतिनिधिको रुपमा एमाले निकट पत्रकारहरु सुरुदेखि नै सहभागी छन् । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक […]

एमाले विधान महाधिवेशन सुरु (फोटो फिचरसहित)

काठमाडौँ – एमाले विधान महाधिवेशन सुरु भएको छ। तीन दिनसम्म चल्ने एमालेको पहिलो महाधिवेशन ललितपुरको गोदावरीमा तामझामका साथ सुरु भएको हो। महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन्। महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, […]

गोदावरीमा आजदेखि एमालेको विधान महाधिवेशन, यसरी हुनेछ छलफल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पहिलो विधान महाधिवेशन आज (शुक्रबार) सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे  विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार उद्घाटन सत्रपछि बन्द सत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। यस्तै महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पे

एमालेको प्रथम विधान महाधिवेशन आजदेखि ललितपुरमा सुरु हुँदै, ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह सवा १२ बजे ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ । एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने बताएको छ । महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवक गरि ६ हजारको सहभागिता रहने बताईएको छ । […]

एमाले विधान महाधिवेशन : आवास जिम्मा प्रदेश कमिटीलाई, स्वास्थ्य परीक्षण अनिवार्य

काठमाडौं : नेकपा (एमाले)ले गर्न लागेको पार्टीको पहिलो विधान महाधिवेशनको तयारी तीव्र पारेको छ। ललितपुरको गोदावरीस्थित नवनिर्मित सम्मेलन केन्द्रमा असोज १५ देखि १७ गतेसम्मका गर्न लागेको महाधिवेशनको तयारीमा एमाले जुटेको हो।पार्टीको विधान महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिसकेको र केही कामलाई अन्तिम रूप दिने तयारी भइरहेको विधान महाधिवेशन आयोजक कमिटी सदस्य एवं मिडिया संयोजक खिमलाल भट्टराईले बताए। पार्टीभित्र लामो उतारचढावपछि गर्न लागेको विधान महाधिवेशनपछि पार्टीले नयाँ गति लिने एमालेको विश्वास छ।नेकपा

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक

नेकपा एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ। आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ।