संघ र प्रदेशका सरकारहरूबाट बहिर्गमित नेकपा एमालेले असोज १५–१७ गते गोदावरीमा प्रथम विधान महाधिवेशन सम्पन्न गर्यो । महाधिवेशन सकिनासाथ दसैँले छोपेको हुनाले एमालेले आफ्नो विधान महाधिवेशनको औपचारिक समीक्षाका लागि बैठक राख्न भ्याएको छैन । तथापि नेताहरुले प्रथम विधान महाधिवेशन ऐतिहासिक एवं भव्य रुपमा सफल भएको प्रतिक्रिया दिइरहेका छन् ।अब नेकपा एमालेले दसैँ–तिहारको बीचमा औपचारिक बैठक राखेर विधान महाधिवेशनको पक्कै पनि भव्य समीक्षा गर्ला । उसले अब मंसिरमा गर्ने दसौँ महाधिवेशनको तयारीमा