अबको १० दिनमा नेकपा एमालेको पहिलो विधान महाधिवेशन उद्घाटन हुँदैछ । असोजको १५ देखि १७ सम्मका लागि एमालेको विधान महाधिवेशन बोलाइएको छ ।
एमालेको नवौं महाधिवेशनले दुई महाधिवेशनको बीचमा एउटा विधान महाधिवेशन आयोजना गर्ने व्यवस्था गरेको थियो । त्यसैअनुरूप विधान महाधिवेशन बोलाइएको हो ।
तर, विधान महाधिवेशनमा सहभागी हुने एमालेको केन्द्रीय कमिटी सदस्य कति जना हुने भन्ने अझै निर्क्योल हुन सकेको छैन ।
विधान महाधिवेशनमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र विधान महाधिवेशन प्रतिनिधि गरी ३ हजार जन...