विराटनगर । प्रदेश १ को राजधानी विराटनगर पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको छ । दैनिक थपिने कुल सङ्क्रमित मध्ये करिब आधाको सङ्ख्यामा विराटनगरका नागरिक सङ्क्रमित हुन थालेको छन् । यो सँगै विराटनगर कोरोनाको हटस्पट बन्ने खतरा बढेको छ। मंगलबारमात्र प्रदेश भरी कुल एक हजार ७१ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । मंगलबारको कुल परीक्षणमध्ये ५१ दशमलव ८८ प्रतिशतमा कोरोना पुष्टि भएको छ । एक हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना सङ्क्रमण भएकोम