कर संकलन गर्न आक्रमक बन्दै महानगर

विराटनगर महानगरपालिकाले आफ्नो आन्तरिक आय बढाउनका लागि कर संकलन अभियानलाई आक्रमक बनाउँदै अघि बढेको छ।...

सम्बन्धित सामग्री

तरकारी र क्रेटको पनि कवाडीको नाममा कर असुल्दै ललितपुर महानगर

काठमाडौँ- ललितपुर महानगरपालिकाले तरकारी र तरकारी राख्‍ने क्रेटको कवाडी कर संकलन गरिरहेको पाइएको छ । ललितपुर महानगरको बल्खुमा रहेको कर संकलन केन्द्रबाट तरकारी र तरकारी पुर्‍याएर आएका क्रेटको कर लिएको हो ।  कवाडी निकासी कर संकलन गरिरहेको इन्द्रेणी हार्डवेयर तथा स्यानीटरीवेयरले तरकारी पुर्‍याए...

तरकारी र क्रेटको पनि कवाडीको नाममा कर असुल्दै ललितपुर महानगर [भिडियोसहित]

काठमाडौँ- ललितपुर महानगरपालिकाले तरकारी र तरकारी राख्‍ने क्रेटको कवाडी कर संकलन गरिरहेको पाइएको छ । ललितपुर महानगरको बल्खुमा रहेको कर संकलन केन्द्रबाट तरकारी र तरकारी पुर्‍याएर आएका क्रेटको कर लिएको हो ।  कवाडी निकासी कर संकलन गरिरहेको इन्द्रेणी हार्डवेयर तथा स्यानीटरीवेयरले तरकारी पुर्‍याए...

तरकारी बोक्ने क्रेटको कवाडी कर उठाउँदै ललितपुर महानगर (भिडियोसहित)

काठमाडौँ - ललितपुर महानगरपालिकाले तरकारी र तरकारी बोक्ने क्रेटको कवाडी कर संकलन गरिरहेको पाइएको छ । ललितपुर महानगरको बालकुमारीमा रहेको कर संकलन केन्द्रबाट तरकारी र तरकारी पुर्‍याएर आएका क्रेटको कर लिएको हो ।  कवाडी निकासी कर संकलन गरिरहेको इन्द्रेणी हार्डवेयर तथा स्यानीटरीवेयरले कालीमाटीबाट लसुन लिएर आएक...

सहकारीमा देखिएको समस्याबारे महानगरको चासो

विराटनगर । विराटनगर महानगरपालिकाले पछिल्लो समय सहकारीमा देखिएका समस्याका विषयमा चासो देखाएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको छ । अन्तरक्रियालाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले मर्जरमा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दिए । केही सहकारीका कारण राम्रो काम गर्ने सहकारीको बदनाम भइरहेको उनको भनाइ थियो । ‘यहाँ सहकारीको उद्देश्यअनुरूप राम्रो गर्ने सहकारी पनि छन्,’ उनले भने, ‘केही सहकारीका कारण सबै सहकारीको बदनाम भइरहेको छ । मर्जरमा गएर सहकारी संस्था बलियो हुनुपर्छ ।’ सरकारीको मर्म र भावनाअनुसार सहकारी सञ्चालन नभएकै कारण समस्या देखिएको मेयर कोइरालाले बताए । अब कोरोना र आर्थिक मन्दीको समस्या देखाएर सहकारीहरू उम्किन नपाउने चेतावनी उनले दिए । महानगरकी उपमेयर शिल्पा निराला कार्कीले न्यायिक समितिमा पछिल्लो समय धेरैजसो सहकारीसँग सम्बन्धित उजुरी आउने गरेको जानकारी दिइन् । स्थापना भएको ३ महीनासम्म ऋण प्रवाह गर्न नपाइने कानूनी व्यवस्था भए पनि सहकारीले त्यसलाई कार्यान्वयन नगरेको उनको भनाइ थियो । सहकारीको पैसा घरजग्गासहित अन्य क्षेत्रमा लगानी गर्दा समस्या आएको दाबी उनले गरिन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सहकारी सञ्चालकमा इमानदारी जरुरी रहेको औंल्याए । अहिले सञ्चालित अधिकांश सहकारीमा पारदर्शिता नभएको उनको भनाइ थियो । महानगरले सञ्चालन गरेको कर संकलन अभियानमा साथ दिन सहकारीकर्मीलाई उनले आग्रह गरे । अन्तरक्रियामा सहकारीकर्मी उमेश गुरुङ, मुकुन्द थापा, गोविन्द निरौला, जुनु पोखरेल, हरि भट्टराईलगायतले आगामी आर्थिक वर्षको बजेटमा सहकारीलाई प्राथमिकतामा राख्न सुझाव दिए । सहकारीले रोजगारी सृजना र आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे पनि राज्यले बेवास्ता गरेको गुनासो उनीहरूको थियो ।

पञ्चेबाजाको करामत : उठ्न थाल्यो कर, ४ करोड रुपैयाँ संकलन

बाजा बजाउन थालेपछि केही व्यक्ति तथा संस्थाले चाँडै कर तिर्ने प्रतिवद्धतासमेत जनाएका छन् । त्यसैगरी विभिन्न व्यक्ति तथा संस्थामार्फत ४ करोड ५ लाख कर संकलन भइएसकेको महानगर राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरको कर नीति : कोरोना प्रभावित उद्यमलाई छूटदेखि दायरा विस्तारसम्म

वीरगञ्ज । असार वीरगञ्ज महानगरले कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसायलाई कर तथा शुल्कमा राहत दिने नीति लिएको छ । महानगरले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट तथा नीति कार्यक्रममा कोरोना प्रभावित उद्यमलाई ५० प्रतिशतसम्म कर छूट दिने घोषणा गरेको हो । कोरोना प्रभावित उद्यम व्यवसायले चालू आवमा तिर्नुपर्ने सम्पत्ति करमा ५० प्रतिशतसम्म छूटको व्यवस्था मिलाइएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए । होटल, पर्यटन व्यवसाय, विद्यालय, अस्पताल, सपिङ मल, उद्योग र कलकारखानालाई यस्तो राहत दिइने उनले जानकारी दिए । कोरोना प्रभावित व्यवसायलाई करमा राहत दिने महानगरको नीति सकारात्मक भएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए । ‘हामीले केही दिनअघि महानगर प्रमुखलाई भेटेर कर छूटको माग गरेका थियौं । कोरोनाको मारले थलिएका होटल र पर्यटन व्यवसायलाई महानगरको यो नीतिले केही हदसम्म भए पनि राहत मिल्ने देखिएको छ,’ उनले भने । महानगरबाट इजाजत लिएका निर्माण व्यवसायीको इजाजतपत्र नवीकरणलाई पनि खुकुलो बनाइएको छ । चालू वर्षको चैत मसान्तभित्र नवीकरण गराउन नसकेका यस्ता कम्पनीले आगामी वर्षको असोज मसान्तभित्र साविककै रकम बुझाएर नवीकरण गर्न पाउने भएका छन् । महानगरले करदातालाई समयमै कर बुझाउन प्रोत्साहनको नीतिगत उपाय अपनाएको छ । आगामी आवदेखि पुस मसान्तभित्र सम्पत्ति कर र मालपोत बुझाउने करदातालाई १० प्रतिशत छूट दिइने भएको छ । चालू आवमा यस्तो छूट ५ प्रतिशत थियो । पुस महीनाभित्र कर बुझाउने व्यवसायीले व्यवसाय करमा पनि १० प्रतिशत छूट पाउने भएका छन् । यो अवधिभित्र बक्यौता कर बुझाउनेलाई पनि जरीवाना छूट दिने नीति लिइएको महानगर प्रमुख सरावगीले बताए । आन्तरिक स्रोत व्यवस्थापनमा दबाब झेलिरहेको महानगरले करको दायरा विस्तारलाई पनि नीतिगत रूपमै अघि बढाउने भएको छ । कर तिर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न आगामी आवदेखि असल करदातालाई सम्मान गरिने भएको छ । ‘सम्पत्ति करको दायरा फराकिलो बनाउन ‘स्वैच्छिक सम्पत्ति घोषणा’ अभियानलाई प्रोत्साहन गर्दै छौं । करदाताको सहजतालाई ध्यानमा राखेर आउँदो वर्षदेखि अनलाइन प्रणालीबाट कर संकलन गर्ने व्यवस्था पनि मिलाइनेछ,’ सरावगीले भने । करको दायरा बढाउन घुम्ती टोलीको व्यवस्था, अनुगमन र करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने योजना महानगरको छ । दर्ता र नवीकरण नभएका व्यवसाय २०७८ पुसभित्र दर्ता हुन आएमा ३ वर्षको व्यवसाय करमात्र लिएर अद्यावधिक गरिने महानगरले बताएको छ । यस्तो व्यवसायलाई जरीवानामा छूट दिने महानगरको बजेटमा उल्लेख छ । नक्सा पास नगरी बनाइएका घरको आगामी पुससम्म नक्सा पास गर्न आए जरीवाना छूट दिइने पनि महानगरले बताएको छ । कर तिर्न अटेर गर्ने करदातालाई कस्ने जुक्ति पनि महानगरले अपनाएको छ । कर नतिरेका करदातासँग कारोबार नगर्न अर्थ मन्त्रालयबाट अधिसूचना जारी गराउने नीति लिइने भएको छ । महानगरपालिकाले कर चुक्ता नगरेका व्यक्ति, संघसंस्थाको कुनै किसिमको सिफारिश नगरिने बताएको छ । घर बहालकर असुलीलाई प्रभावकारी र पारदर्शी बनाउन बेग्लै सफ्टवेयर राखेर अद्यावधिक गर्ने योजना महानगरको छ । वीरगञ्ज महानगरपालिकाको राजस्व प्रशासनको संस्थागत क्षमता अभिवृद्धि र करदातामैत्री प्रशासनको व्यवस्थापनलाई पनि बजेटले समेटेको छ ।

आन्तरिक आय बढाउँदै महानगर

भरतपुर महानगरले सबै प्रकारका कर तथा राजस्व नजिकका वडाबाटै तिर्ने व्यवस्था मिलाउने तयारी गरेको छ । सम्पत्ति, मनोरञ्जन, बहाल, विज्ञापन कर, दण्ड जरिवाना बाहेकका कर वडा तहबाटै तिर्न मिल्ने व्यवस्था छ । महानगरले वडा तहबाटै कर तथा राजस्व तिर्न मिल्ने गरी कर संकलन केन्द्र विस्तार गर्ने अभियानमा लागेको छ ।