विराटनगर : सुनसरीको बराहक्षेत्र नगरपालिका-४ मा रहेको अमाह सिमसार क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ। सिमसार‚ अमाह पोखरी र यहाँको प्राकृतिक सुन्दरताले आन्तरिक पर्यटकलाई आकर्षण गरेको हो।अमाह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भोजराज गुरङका अनुसार सुनसरी, मोरङलगायत छिमेकी जिल्लाका पर्यटकहरु पोखरी र सिमसार अवलोकन गर्न आउने गरेका छन्। समूहले पोखरीमा राखेको डुंगाको व्यवस्था गरेको छ। पर्यटकहरू टिकट काटेर बोटिङमा रमाउँछन्। उनका अनुसार सिमसार क्षेत्रमा सिजनको बेला वनभोजका ल