हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक संक्रमितको मृत्यु भएको छ।
सोमवार बिहान साढे ९ बजे संक्रमितको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। संक्रमणबाट महोत्तरी जलेश्वर-२ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो। उनलाई ६ दिनअघि थप उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो।…