३१ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, दार्चुला, बझाङ, अछाम र बाँकेका गरेर ३० जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार सबैभन्दा धेरै कैलालीमा १२ जना, कञ्चनपुरमा ८ जना, डडेल्धुराका ३ जना, दार्चुलाका २ जना, अछामका […]