सेती प्रादेशिक अस्पतालमा तीन संक्रमितको मृत्यु

कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा तीन संक्रमितको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।उनका अनुसार मृत्यु हुनेमा गोदावरी–३, कैलालीका ३१ वर्षीय पुरुष, धनगढी–२ कैलालीका ४९ वर्षीय पुरुष र गोदावरी–३ कैलालीकै ५२ वर्षीय पुरुष छन् ।पछिल्लो २४ घण्टामा ७७६ नमुना परीक्षण गर्दा २७० जनामा कोरोना पुष्टी भएको छ ।

सम्बन्धित सामग्री

सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पताल धनगढीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका ७ बस्ने ८४ बर्षीया पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । श्वास प्रश्वासको समस्या देखिएपछि बुधबार साँझ अस्पताल भर्ना गरिएको र कोरोना परिक्षण गर्दा उनमा कोरोना पुष्टी भएको श्रेष्ठले बताए । बिहीबार उनको भेन्टीलेटरमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

३२ साउन, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ५० वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी दिलिपकुरमा …

कैलालीमा कोरोनाबाट थप २ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका दुई जना संक्रमितको मृत्यु भएको छ ।

सेती अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।

कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

२२ वैशाख, धनगढी । कैलालीमा मंगलबार रातिदेखि बुधबार विहानसम्ममा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचाररत ६ जनाको मृत्यु हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले …

धनगढीको कोभिड अस्पतालमा उपचाररत थप दुईजना संक्रमितको मृत्यु

१९ वैशाख, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा उपचाररत धनगढी उप-महानगरपालिकाकै दुई जनाको आइतबार दिउँसो मृत्यु भएको हो । जिल्ला प्रशासन …

धनगढीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१७ वैशाख, धनगढी । धनगढीको कोभिड-१९ अस्थायी अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया गाउँपालिका-५ की ४० वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका अनुसार उनीमा कडा खालको निमोनिया थियो । वैशाख १५ गते अस्पताल भर्ना भएकी उनको आईसीयूमा राखेर उपचार गरिए […]

२४ घण्टामा सुदूरपश्चिमका ११ जना संक्रमितको मृत्यु

१६ वैशाख, धनगढी । पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचारत ५ जना, महाकाली अस्पतालमा उपचाररत ३ जना, अछाम, बझाङ र कैलालीको होम …

धनगढी कोभिड अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

धनगढीः धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको कोभिड अस्थायी अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरको वेदकोट नगरपालिका–१ का ४८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । बैशाख १५ गते अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो साढे ३ बजेतिर मृत्यु भएको श्रेष्ठले […]

भेन्टिलेटरमा उपचाररत १ कोरोना संक्रमितको मृत्यु

कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा भेन्टिलेटरमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।धनगढी उपमहानगरपालिका–३ का ५० वर्षीय संक्रमित पुरुषको बुधवार बिहान ६ः५० बजे मृत्यु अस्पतालले जानकारी दिएको छ ।मृतक पुरुष पुस ९ गतेदेखि अस्पतालमा उपचाररत थिए । यससँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्...