कोरोना महामारीले प्रभावित नेपालको पर्यटन क्षेत्रलाई उकास्नका लागि पर्यटन बस व्यवसायी देश दौडाहामा लागेका छन् । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को नेतृत्वमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन बस व्यवसायीको समूह लुम्बिनी र बर्दिया भ्रमणमा लागेका हुन् ।
कोरोना सङ्क्रमणसँगै नेपाल पर्यटन वोर्डको सहकार्यमा लुम्बिनी र बर्दियामा हुन लागेको ‘हेल्थ प्रोटोकल कम्युनिकेशन तालिम’मा भाग लिनका साथै देशभरका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटक बस सञ्चालनका लागि आजदेखि देश दौडाहामा लागिएको टिवानका अध्यक्ष ईश्वर शर्माले राससलाई जानकारी दिनुभयो ।