महामारीकै बीच काम खोज्न भारत जानेको लर्को

डाेटी – कोरोनाको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका छन् । यहाँका गाउँघरमा खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न शहर जाने क्रम निकै बढेको छ । कैलालीमा रहेको इलाका प्रहरी कार्यालय त्रिनगरका अनुसार प्रत्येक दिन कम्तीमा पनि ५०० देखि ७०० युवा काम खोज्न भारत जान थालेका छन् । अधिकांश नेपाली भारतको पञ्जाब, मुम्बई, आगरा, राजस्थान, बरेली, लखनऊ, सिमला तथा काला पहाडका ...

सम्बन्धित सामग्री

रोजगारका लागि भारत जानेको लर्को

मुलुकमा आर्थिक मन्दीका संकेत बढ्दै जाँदा कर्णाली प्रदेशबाट काम खोज्दै भारत जाने झन् थपिँदै गएका छन्। बजेट कटौती र रोजगार बढाउने सरकारी योजना कागजमै सीमित हुँदा कर्णाली प्रदेशका पहाडी क्षेत्रबाट कामको खोजी गर्दै मुग्लान पस्ने क्रम बढेको हो।...

गाउँमा छैन रोजगारी, रोपाइँ सकेर भारत जानेको लर्को

काठमाडौं : बाँके जिल्लाको नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरूको संख्या बढ्न थालेको छ। असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन्। धान रोपाइँ गरेर नेपालीहरू आयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन्। धान रोपाई गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पाए पनि उचित पारिश्रमीक नपाउने कारणले दैनिक नेपालीहरू भारत जान बाध्य भएका हुन्। नेपालभन्दा सहज