काठमाडौं : बाँके जिल्लाको नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरूको संख्या बढ्न थालेको छ। असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन्। धान रोपाइँ गरेर नेपालीहरू आयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन्। धान रोपाई गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पाए पनि उचित पारिश्रमीक नपाउने कारणले दैनिक नेपालीहरू भारत जान बाध्य भएका हुन्। नेपालभन्दा सहज