काठमाडौँ – यौन दुर्व्यवहार गरेको उजुरी परेपछि माओवादी केन्द्रले केन्द्रीय सदस्य बद्री बजगाईलाई निलम्बन गरेको छ। मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा काठमाडौँ ३ मा माओवादीका तर्फबाट उम्मेदवार बनेका बजगाईंलाई पुस ३ गते बसेको पदाधिकारी बैठकले निलम्बन गर्दै उनीमाथि छानबिन गर्ने निर्णय गरेको हो। बजगाईंले भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी)की एक किशोरीलाई फेसबुकमार्फत अस्लिल म्यासेज पठाएको […]