बर्दिया,१८ जेठ । १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । […]