काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आवश्यकताको सिद्धान्तले चल्ने बताएका छन्। मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उनले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यकताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यकता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताए। उनले कुनैपनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यकता रहेको बताए। […]