काभ्रे क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका ताराबहादुर कुँवर क्षेत्रीले आफूलाई राजनीति होइन जनताको सेवा गर्न आउने बताएका छन् । लौरो अभियानबाट स्वतन्त्र उम्मेदवार बनेर जनताको सेवा गर्न आफू प्रतिस्पर्धामा उत्रिएको बताएका उनले राजनीतिक दलका व्यवहारबाट जनता मारमा परेको आरोप लगाए । जनताका शिक्षा, स्वास्थ्यसहित आधारभूत आवश्यकता पूरा गराउन र आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि आफू प्रदेशसभामा जान उम्मेदवारी दिएको उनको भनाइ छ । बागमती सफाइ अभियानदेखि अन्य