नेपाली राजनीति एकातिर गतिशील देखिन्छ भने अर्कोतिर रहस्यमय रूपमा विकास हुँदै गएको देखिन्छ। राज्य सञ्चालनको आधार स्तम्भको रुपमा अर्थात् समाज विकासको प्रमुख भूमिकामा राजनीतिक सैद्धान्तिक आधारलाई मान्न सकिन्छ।त्यस्तै, अर्को महत्वपूर्ण पक्ष भनेको नेतृत्वको व्यवहार इमान्दारी हो। यसर्थ देशको समृद्धि, सुशासन र समग्र पक्षको विकास कसरी गर्ने भन्ने मुख्य दायित्व सत्ता सञ्चालन गर्ने राजनीतिक दलमा नै निर्भर रहने गर्दछ।नेपाली इतिहासमा राजनीतिक कालखण्डहरूको राम्रोसँग अध्ययन मात्रै गर्ने हो भने पनि राजनीतिको बा