न्यायका लागि सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास

काठमाडौं, मंसिर ९ । न्यायपालिका शुद्धीकरणको माग गर्दै करिब एक महिनादेखि आन्दोलनमा होमिएका कानून व्यवसायीको अगुवाइमा नागरिक समाजले मार्चपास गरेको छ । बिहीबार दिउँसो २ बजेदेखि कानून व्यवसायीसँगै पेसागत सङ्गठनहरुले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन् । प्रधानन्यायाधीशको राजीनामालाई बटमलाइन बनाएको बारले बिहीबार अन्य पेसागत संगठनको सहयोग लिएर मार्चपास गरेको हो । बालुवाटार न्याय मार्च […]