काठमाडौं : सुन्दरी प्रतियोगितामा यौन हिंसाको सिकार भएकी पीडित युवतीको भिडियोले यतिवेला सामाजिक सामाजिक सञ्जाल तातेको छ। १६ वर्षको उमेरदेखि को–कोबाट कसरी यौन हिंसाको सिकार हुनुपर्यो, त्यसबाट निस्किन कति गाह्रो भइरहेको छ भन्ने पीडितले भिडियोमार्फत सार्वजनिक भएपछि उनको न्यायका लागि प्रदर्शन सुरु भएको छ।किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारबाही माग गर्दै शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि प्रदर्शन भएको छ। स्वत:स्फूर्त भएको प्रदर्शनमा सहभागीहरूले दोषीमाथि कारबाही गर्न र