चितवन – चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमणबाट २६ महिनामा ३७ जनाको ज्यान गएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा धेरै बाघको आक्रमणबाट १७ जनाको ज्यान गएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्दै जाँदा मानिसलाई आक्रमण गर्ने क्रम पनि बढेको छ । बाघपछि गैँडाको आक्रमणबाट आठ र हात्तीको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो तीन महिनायता बाघको आक्रमणबाट नौ जनाको ज्यान गएको छ । एउटा बाघलाई हिँडडुल गर्न झन्डै ४० किलोमिटर क्षेत्रफल आवश्यक पर्छ...