एक हप्तायता विपदका घटनामा परेर ७ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्ला एक हप्तायता भएका विपदका घटनामा परेर ७ जनाको मृत्यु भएको छ । वैशाख १ गतेदेखि ९ गतेसम्म भएका आगलागी, चट्याङ र जनावरको आक्रमणमा परेर ७ जनाको मृत्यु भएको हो । घटनामा परेर २५ जना घाइते भएका छन् । रातोपाटीलाई प्राप्त विवरणअनुसार पछिल्ला ९ दिनमा आगलागीका १०३, चट्याङ २६, जनावरको आक्रमण ४, पहिरो ९ र हावा हुरीका १० वटा विपदका घटना भएका छन् । घटनामा ५ करोड, २७ लाख ५५ हजार ८ सय रुपैयाँ बराबरको क्षति भएको छ भने ९५ वटा चौपायाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्य