भूकम्पको ६ वर्षपछि काष्ठमण्डप पुनर्निर्माण सम्पन्न, माघ २ गते उद्घाटन

विसं २०७२ को भूकम्पका कारण क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको काम सम्पन्न भएको छ । उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको रु ११ करोड ५० लाख सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत् निर्माण गरिएको हो । आगामी माघ २ गते भूकम्प दिवसका दिन उद्घाटनको तयारी भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । उद्घाटनकै दिन काष्ठमण्डपको ऐतिहासिक महत्व र पुनर्निर्माणका क्रममा भएको जानकारी समावेश गरिएको पुस्तक प्रकाशनको तयारी छ । यही पुस मसान्त्सम्म पुस्तक प्रकाशनको काम पूरा हुने शाक्यले बताउनुभयो ।

सम्बन्धित सामग्री

काष्ठमण्डप खुला गर्नेबारे अझै अन्योल

पुनर्निर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा काष्ठमण्डप सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय अझै अन्योलमै छ । २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको उक्त सम्पदाको पुनर्निर्माण सम्पन्न गरी काष्ठमण्डप पुनर्निर्माण समितिले गत असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाइसकेको छ ।

समितिले काष्ठमण्डप पुनर्निर्माण सम्पन्न प्रतिवेदन महानगरपालिकालाई बुझायो

काठमाडौँ ।  काष्ठमण्डप पुनर्निर्माण समितिले काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष राजेश शाक्यसहित पदाधिकारीले आज काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई प्रतिवेदन बुझाएका हुन्  । पुननिर्माणसँग सम्बन्धित सहमति, नक्सा, प्राविधिक मूल्याङ्कन, आर्थिक विवरण प्रतिवेदनमा समावेश गरिएको छ । २ खण्ड (‘क’ र ‘ख’) का अनुसूचीमध्ये ‘क’ खण्डमा समिति गठन सम्बन्धी […]

काष्ठमण्डप एउटै रुखबाट नभई एकै जातको रुखबाट बनेको

वि.सं. २०७२ को महाभूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माण भएसँगै अब एउटै रुखबाट नभई एकै जात अग्राखको रुखबाट बनेको मन्दिरको परिभाषामा परिणत भएको छ । ने.सं. २६२ लक्ष्मीकामदेवको राज्यकालमा काठमाडौं नगरको केन्द्रस्थल काष्ठमण्डपलाई नेपालभाषामा मरु सतः भनिन्छ । तर २०७२ सालको महाभूकम्पले जगैदेखि भत्किएर पुनर्निर्माण सम्पन्न काष्ठमण्डपले एउटै रुखबाट बनेको परिभाषा फेरिएर एउटै जातको रुखबाट बनेको परिभाषा […]

काष्ठमण्डप पुनर्निर्माणको काम सकियो

ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो । २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यस पटक भने देशका विभिन्न स्थानबाट ल्याइएका काठ काष्ठमण्डप बनाउनका लागि प्रयोग गरिएको समितिका अध्यक्ष तथा बागमती प्रदेशका सांसद राजेश शाक्यले […]

काष्ठमण्डप पुनर्निर्माणको काम पूरा, अब उद्घाटन गरिने

ऐतिहासिक तथा पुरातात्विक महत्त्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य पूरा भएको छ । शुक्रवार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो ।विक्रम संवत् २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यसपटक देशका विभिन्न स्थानहरूबाट ल्याइएका काठ काष्ठ...

काष्ठमण्डपकाे पुनर्निर्माण सकियाे, अब एउटै रुखबाट बनेकाे भन्न मिल्दैन (तस्बिर)

काठमाण्डाै – ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण सकिएकाे छ । आज शुक्रवार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो ।२०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यस पटक भने देशका विभिन्न ठाउँबाट ल्याइएका काठहरू काष्ठमण्डप बनाउन प्रयोग गरिएको समितिका अध्यक्ष तथा वाग्मती प्रदेशका सांसद राजेश शाक्यले बताउनुभयो । अध्यक्ष शाक्यका अनुसार अब काष्ठमण्डपलाई एउटै रुखको काठबाट बनेको भन्न मिल्दैन । उहाँले भूकम्...

साढे ११ करोड लागतमा फेरि उभियो काष्ठमण्डप

१७ चैत, काठमाडौं । ऐतिहासिक तथा पुरातात्विक काष्ठमण्डपको पुनर्निर्माण सकिएको घोषणा भएको छ । शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको हो । स्थानीयबासीले भने अझै फिनिसिङको काम सकिन बाँकी दावी गरेका छन् । विसं २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको काष्ठमण्डप देशका विभिन्न स्थानहरुबाट ल्याइएका काठहरुबाट बनाइएको हो । […]

पुनर्निर्माणाधीन काष्ठमण्डपको छानो छाउने काम शुरू

काटमाडौं । काठमाडौंको वसन्तपुरस्थित पुनर्निर्माणाधीन काष्ठमण्डपको छानो छाउने काम शुरू गरिएको छ । २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरिएको काष्ठमण्डपको अन्य काम सकेर छानो छाउने काम शुरू गरिएको हो । सातौं शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिँगटीको छानो छाउने काम थालिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । ‘काष्ठमण्डप सम्पदाको पुनर्निर्माणको काम निरन्तर भइरहेको छ, सम्पदाको पुनर्निर्माण सम्पन्न गर्न अझै केही महीना लाग्न सक्छ,’ उनले भने । काष्ठमण्डपको ऐतिहासिकता बचाएर पुनर्निर्माण हुने उनको भनाइ छ । काष्ठमण्डप मुलुकको राजधानी काठमाडौंको ठूलो मौलिक सम्पदा भएकाले यसको मौलिकता कायम राख्दै पुनर्निर्माण गरिनु ठूलो उपलब्धि भएको उनले बताए । काष्ठमण्डप सम्पदा पुरानै प्रविधिबाट निर्माण गर्नु विश्वका लागि नमूना भएको उनको भनाइ छ । काष्ठमण्डप सम्पदा पुनर्निर्माणका लागि हालसम्म ११ करोड ५० लाख रुपैयाँ खर्च गरिएको छ । काठमाडौं महानगरपालिकाको अनुदान सहायतामा भइरहेको पुनर्निर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना रहेको अध्यक्ष शाक्यले बताए । काठैकाठको प्रयोग, झिँगटीका छाना, चारकुने इँटाका गारा, लेसाइलो माटोको लिपाइ, मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना काष्ठमण्डपमा पाइन्छ । करीब रू. १९ करोड लागत अनुमान गरिएको उक्त ऐतिहासिक तथा पुराताŒिवक महŒवको सम्पदाको काम चाँडो सक्ने गरी काम भइरहेको अध्यक्ष शाक्यले बताए । रासस

निषेधाज्ञामा पनि रोकिएन  एतिहासिक सम्पदाको पुनर्निर्माण

वैशाख ३०, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्र (हनुमानढोका क्षेत्र) का ऐतिहासिक सम्पदा पुनर्निर्माणका काम पहिलेकै गतिमा भइरहेका छन् । विश्वभरि फैलिएको कोभिड–१९ महामारीका कारण यही वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित अन्य जिल्लामा सरकारले निषेधाज्ञा जारी गरेको भए पनि यहाँको ऐतिहासिक सम्पदाको पुनर्निर्माणको काम नियमितरूपमा भइरहेको छ ।            निषेधाज्ञाकै बीच कामदारले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै पुनर्निर्माणको काम गरिरहेका छन् । गोरखा भूकम्पका कारण ५८ ओटा सम्पदामा क्षति भएको थियो । तीमध्ये अहिले २७ ओटा सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० ओटा सम्पदामध्ये १२ ओटामा भूकम्पले क्षति गरेको थिएन । आगम्छे मन्दिर, मोहनकाली र नागपोखरीसँगै रहेको शिव मन्दिरको पुनर्निर्माण शुरु हुन बाँकी छ ।            फरासखाना, राणाकालीन सेतो भवन, त्रिभुवन स्मृति भवन र नौतले दरबारलगायतका ११ ओटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए। हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनर्निर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको हेरचाह अड्डाले बताएको छ ।            यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर वाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनर्निर्माण भइरहेको छ । नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनर्निर्माण भइरहेको छ । आगम्छे र शिव मन्दिर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । मोहनकाली चोक, मूलचोक, नासल चोकलगायतका चोक यहाँका अन्य महत्वपूर्ण सम्पदा हुन् ।            विगत तीन महीनाअघि पुनर्निर्माणका लागि आवश्यक पर्ने लामा काठको अभाव भएको भन्दै पुनर्निर्माणको काममा समस्या भएको थियो । अहिले आवश्यक पर्ने काठ आइपुगेको र आयातमा सहज भएपछि निर्माणको कामले पुनः गति लिएको हो । ठूला र लामा काठ अभावमा यस क्षेत्रको नौतले दरबार र १० अवतार मन्दिरको काम अवरुद्ध भएको थियो । अहिले ती दुवै सम्पदा निर्माणको काम तीव्ररूपमा भइरहेको छ । यी दुवै सम्पदा निर्माणका लागि १० फिटभन्दा लामा काठ आवश्यक परेको थियो ।            निर्माणको चरणमा रहेको ऐतिहासिक नौतले दरबारको निर्माणको काम ८० प्रतिशत र १० अवतार मन्दिरको ७० प्रतिशत काम सम्पन्न भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख खनालले जानकारी दिए । भूकम्पका कारण क्षति भएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खोलिने भएको छ । अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनर्निर्माण गरेको गद्दी बैठक विसं २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गर्नुभएको थियो ।            विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठककक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा विसं १९६५ मा वसन्तपुर दरबारमा यूरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो ।  काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा            हनुमानढोका क्षेत्रको अर्को महत्वपूर्ण सम्पदाका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको कामअन्तर्गत अहिले ९० प्रतिशतभन्दा बढी काम सकिसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। अहिले छानो छाउने काम भइरहेको छ । छानाका लागि आवश्यक पर्ने केही अपुग काठ ल्याउने प्रक्रियामा रहेकाले निर्माणको काम केही बाँकी रहेको हो ।            यस सम्पदाको पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण समितिलाई आवश्यकतानुरूप रकम हस्तान्तरण गरिरहेको छ । पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ ।रासस

काष्ठमण्डप पुनर्निर्माणमा दबाव, विवाद र जनसहभागिता

२०७२ वैशाख १२ गते देशमा विनाशकारी भूकम्प गएपछि क्षतिग्रस्त सयौं सांस्कृतिक वास्तु सम्पदा संरचनामध्ये केहीको पुनर्निर्माण सम्पन्न भैसकेको छ र केहीको हुँदैछ भने कतिपय हुने क्रममा छ । तर काठमाडौं नामांकरणको प्रारम्भ बिन्दू मानिने काठ–प्रधान वास्तु संरचना “काष्ठमण्डप” पुनर्निर्माण गर्ने कुरामा दबाव, विवाद र जनसहभाग...