निषेधाज्ञामा पनि रोकिएन  एतिहासिक सम्पदाको पुनर्निर्माण

वैशाख ३०, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्र (हनुमानढोका क्षेत्र) का ऐतिहासिक सम्पदा पुनर्निर्माणका काम पहिलेकै गतिमा भइरहेका छन् । विश्वभरि फैलिएको कोभिड–१९ महामारीका कारण यही वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित अन्य जिल्लामा सरकारले निषेधाज्ञा जारी गरेको भए पनि यहाँको ऐतिहासिक सम्पदाको पुनर्निर्माणको काम नियमितरूपमा भइरहेको छ ।            निषेधाज्ञाकै बीच कामदारले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै पुनर्निर्माणको काम गरिरहेका छन् । गोरखा भूकम्पका कारण ५८ ओटा सम्पदामा क्षति भएको थियो । तीमध्ये अहिले २७ ओटा सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० ओटा सम्पदामध्ये १२ ओटामा भूकम्पले क्षति गरेको थिएन । आगम्छे मन्दिर, मोहनकाली र नागपोखरीसँगै रहेको शिव मन्दिरको पुनर्निर्माण शुरु हुन बाँकी छ ।            फरासखाना, राणाकालीन सेतो भवन, त्रिभुवन स्मृति भवन र नौतले दरबारलगायतका ११ ओटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए। हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनर्निर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको हेरचाह अड्डाले बताएको छ ।            यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर वाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनर्निर्माण भइरहेको छ । नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनर्निर्माण भइरहेको छ । आगम्छे र शिव मन्दिर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । मोहनकाली चोक, मूलचोक, नासल चोकलगायतका चोक यहाँका अन्य महत्वपूर्ण सम्पदा हुन् ।            विगत तीन महीनाअघि पुनर्निर्माणका लागि आवश्यक पर्ने लामा काठको अभाव भएको भन्दै पुनर्निर्माणको काममा समस्या भएको थियो । अहिले आवश्यक पर्ने काठ आइपुगेको र आयातमा सहज भएपछि निर्माणको कामले पुनः गति लिएको हो । ठूला र लामा काठ अभावमा यस क्षेत्रको नौतले दरबार र १० अवतार मन्दिरको काम अवरुद्ध भएको थियो । अहिले ती दुवै सम्पदा निर्माणको काम तीव्ररूपमा भइरहेको छ । यी दुवै सम्पदा निर्माणका लागि १० फिटभन्दा लामा काठ आवश्यक परेको थियो ।            निर्माणको चरणमा रहेको ऐतिहासिक नौतले दरबारको निर्माणको काम ८० प्रतिशत र १० अवतार मन्दिरको ७० प्रतिशत काम सम्पन्न भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख खनालले जानकारी दिए । भूकम्पका कारण क्षति भएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खोलिने भएको छ । अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनर्निर्माण गरेको गद्दी बैठक विसं २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गर्नुभएको थियो ।            विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठककक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा विसं १९६५ मा वसन्तपुर दरबारमा यूरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो ।  काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा            हनुमानढोका क्षेत्रको अर्को महत्वपूर्ण सम्पदाका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको कामअन्तर्गत अहिले ९० प्रतिशतभन्दा बढी काम सकिसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। अहिले छानो छाउने काम भइरहेको छ । छानाका लागि आवश्यक पर्ने केही अपुग काठ ल्याउने प्रक्रियामा रहेकाले निर्माणको काम केही बाँकी रहेको हो ।            यस सम्पदाको पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण समितिलाई आवश्यकतानुरूप रकम हस्तान्तरण गरिरहेको छ । पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ ।रासस   

सम्बन्धित सामग्री

निषेधाज्ञामा पनि रोकिएन बलात्कार

कञ्चनपुरको वेदकोट नगरपालिका–५ की एक किशोरीलाई सामूहिक बलात्कारको आरोपमा प्रहरीले शुक्रबार स्थानीय एक युवकलाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का एक जना फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

बिजुलीको तार भूमिगत गर्ने काम निषेधाज्ञामा पनि रोकिएन

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तारलाई भूमिगत (अन्डर ग्राउण्ड) गर्ने काम निषेधाज्ञाका बेला पनि निरन्तरता दिएको छ। प्राधिकरणले अहिले धोबीखोला करिडोरको सेतोपुल‚ रातोपुल, कालोपुललगायत ठाउँमा तारलाई भूमिगत गर्दै आएको छ।कामदारका अनुसार धोबीखोला करिडोरको करिब तीन किलोमिटर तारलाई भूमिगत गर्न सकिएको छ। प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गरिरहेको बताए।उनले भने, ‘कोरोना जोखिमका कारण अहिले पनि निषेधाज्ञा जारी छ, तै पनि कामदार

निषेधाज्ञामा रोकिएन राजेन्द्रको संगीत सिर्जना : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । पछिल्लो निषेधाज्ञामा पनि राजेन्द्र बजगाईलाई खाली बस्नुपरेको छैन । गत साता मात्रै संगीतकार बजगाईंले प्रमोद खरेलको स्वरमा नयाँ गीत आमा...रेकर्ड - राजेन्द्र बजगाई

निषेधाज्ञामा रोकिएन सडक सरसफाइ

पहिलो लहरको सुरु हुँदा मास्ककै भरमा असुरक्षित सडक सफाइ गरेका उनले लामो समयसम्म त्यति जोखिम मोलेर काम गर्नु परेन। उनीसहित यहाँका सडक सफाइ कर्मचारीले कोरोनाका कारण विश्व नै आक्रान्त बनेका बेला स्वास्थ्य सुरक्षाका सामग्री सहयोग पाए। अहिले उनी मात्र होइन, यहाँका सबै सडक सफाइ कर्मचारी सुरक्षाका उपाय अवलम्बन गर्दै काम गरिरहेका छन्।

निषेधाज्ञामा रोकिएन विकास

निषेधाज्ञा लागू भए पनि जिल्लामा विकास निर्माणका काम जारी छन् । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको बहानामा कुनै पनि विकास निर्माणका काम नरोक्ने ठेकेदार कम्पनीलाई निर्देशन दिएपछि कामले निरन्तरता पाएका हुन् ।

निषेधाज्ञामा पनि रोकिएन सुरक्षित गर्भपतन सेवा

– उमा केसी रोल्पा, ६ जेठ : कोरोनाका कारण भएको निषेधाज्ञा अवधिमा पनि यहाँ सुरक्षति गर्भपतन सेवा सञ्चालन भएको छ । यस्तो अवस्थामा सेवाग्राही सूचीकृत स्वास्थ्य संस्थामा आउने क्रमसँगै यो सेवा सञ्चालन भएको हो । जिल्लाका मुख्य तीन क्षेत्र लिवाङ, सुलीचौर र घर्तीगाउँबाट लिइएको तथ्याङ्कअनुसार निषेधाज्ञा अवधिमा पनि यो सेवाले निरन्तरता पाएकोे छ । जिल्ला […]

निषेधाज्ञामा रोकिएन सुरुङ निर्माणको काम

काठमाडौं। निषेधाज्ञाको समयमा पनि नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको काम निरन्तर भइरहेको छ। आयोजना प्रमुख नरेशमान शाक्यले निषेधाज्ञामा निर्माणको काम नरोकिने बताए। उनले भने, "स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै कम अगाडी बढाएका छौं।" अहिलेसम्म मुख्य सुरुङ ११४ मिटर र सहायक सुरुङको २३३ मिटर खनिएको उनले बताए। आयोजनामा काम गरिरहेका ६५० जना कामदारलाई त्यँही राखिएको छ।

पूर्वीनाका भएर लकडाउनयता मात्रै ३५ करोडको तरकारी नेपाल भित्रियो

विराटनगर : कृषिमा आत्मनिर्भर भनिए पनि तरकारी र खाद्यान्नको ठूलो हिस्सा भारत तथा तेश्रो मुलुकमा उत्पादित तरकारी र खाद्यान्नले ओगट्ने गरेको छ। लकडाउन सीमा नाका बन्द भएको बेलमा पनि आयातित तरकारी नेपालीको भान्सासम्म पुग्ने क्रम रोकिएन। ​सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञामा प्रदेश १ का...