काठमाण्डाै – ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण सकिएकाे छ । आज शुक्रवार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो ।२०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यस पटक भने देशका विभिन्न ठाउँबाट ल्याइएका काठहरू काष्ठमण्डप बनाउन प्रयोग गरिएको समितिका अध्यक्ष तथा वाग्मती प्रदेशका सांसद राजेश शाक्यले बताउनुभयो । अध्यक्ष शाक्यका अनुसार अब काष्ठमण्डपलाई एउटै रुखको काठबाट बनेको भन्न मिल्दैन । उहाँले भूकम्...