नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र देव गुरुङलाई लिएर केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । सत्तारुढ गठबन्धनबीच सरकार गठनमा सहमति हुने सम्भावना क्षीण हुँदै गएपछि माओवादी अध्यक्ष दाहाल बालकोटस्थित ओलीको निजी निवास पुगेका हुन् ।