प्याज र गोलभेंडा आयात रोक्ने कृषिमन्त्रीको घोेषणा

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले अबको दुई वर्षभित्र प्याज र गोलभेंडा आयातमा रोक लगाउने बताएका छन् । मन्त्री खनालले देशमा सम्भावना हुँदाहुँदै पनि कृषियोग्य जमिन बाँझै रहेको र नेपालमा उत्पादन हुन सक्ने कृषि उपजहरुसमेत छिमेकी देशबाट आउने क्रम बढेकाले अब यहीँ उत्पादन गरी आयात रोक्ने अवस्थामा पुग्नुपर्ने बताए ।

सम्बन्धित सामग्री

चीनले आफ्नो स्पेस स्टेशनमा उमार्‍यो गोलभेंडा, प्याज र पालुंगो

सेन्झोउ १६ मिसनमार्फत् अन्तरिक्षमा गएका चिनियाँ अन्तरिक्षयात्रीहरुले तियांगोङ अन्तरिक्ष स्टेशनमा पालुंगो र गोलभेंडा उमोरका छन् । अन्तरिक्षमा बालीनाली उमार्ने काम चीनको गहन अन्तरिक्ष मिसनको हिस्सा हो । मिसन कमान्डर जिंग हायपेंग तथा अन्तरिक्षयात्रीहरु झु यांगझु र गुई हेचो गत मे महिनादेखि स्पेस स्टेशनमा थिए । उनीहरु हालैमात्र पृथ्वीमा फर्किएका हुन् । उनीहरुले नै दुईवटा विशेष […]

६० प्रतिशतले बढ्यो प्याजको मूल्य, गोलभेंडा पनि उस्तै

दसैं सकिएलगत्तै प्याजको भाउ उकालो लाग्न थालेको छ । असोज ३० मा औसत प्रतिकिलो ७६.४० रुपैयाँमा बिक्री भएको प्याज कात्तिक १४ (मंगलबार) प्रतिकिलो १२२.५० रुपैयाँ पुगेको छ । दुई सातामै प्याज ६०.३४ प्रतिशतले बढेको हो । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य हो ।

बेलायतमा तरकारी र फलको चरम अभाव, हरेक ग्राहकलाई ३-३ ओटा मात्रै बेचिँदै

काठमाडौं । बेलायतमा अहिले गोलभेंडालगायत तरकारी र फलको चरम अभाव छ । टेस्को, आस्दा, आल्दी र मरिसन्सलगायत अधिकांश ठूला सुपर मार्केटमा गोलभेंडाको आपूर्ति सीमित छ । युरोप र अफ्रिकामा खराब मौसमका कारण यो समस्या आएको बेलायत सरकारले बताएको छ । बिजुलीको भाउमा भएको वृद्धिका कारण बेलायत र नेदरल्यान्डले हरित गृहमा फलफूल तथा तरकारी उत्पादन गर्न नसकेपछि आपूर्ति प्रभावित भएको हो ।  बेलायतको सबैभन्दा ठूलो सुपर मार्केट टेस्को र छूटमा सामान बेच्ने आल्दीले हरेक ग्राहकलाई ३-३ ओटा मात्रै गोलभेंडा, भेडे खुर्सानी र काँक्रो बेचिरहेका छन् । आस्दाले पनि गोलभेंडा, भेडेखुर्सानी र काँक्रोको साथै लेटिस, सलाद ब्याग्स, ब्रोकाउली, काउलीलगायत तरकारी र फलहरू हरेक ग्राहकलाई ३-३ ओटा ओटा मात्रै बेचिरहेको छ । मरिसन्सले त झनै ग्राहकैपिच्छे तीन ओटा मात्रै गोलभेंडा, भेडे खुर्सानी, लेटिस र काँक्रो दिइरहेको छ । अहिले सबैभन्दा धेरै अभाव गोलभेंडा र भेडे खुर्सानीको छ । सबैको भान्सामा प्रयोग हुने भएकोले हो कि अन्य कारणले अभाव देखिएको भन्ने थाहा हुन सकेको छैन । बेलायतका अन्य सुपर मार्केटमा पनि अभाव चरम भएपछि ग्राहकले यति मात्रै किन्न पाउने भनेर कोटा तोकेको छैन । जाडोको महीनामा बेलायतले स्थानीय स्तरमा खपत हुने ९५ प्रतिशत गोलभेंडा र ९० प्रतिशत लेटिस आयात गर्ने गरेको छ । यीमध्ये अधिकांश स्पेन र उत्तरी अफ्रिकाबाट आउँछ । तर, उत्तरी स्पेनमा सामान्यभन्दा अत्यधिक चिसो हुँदा र मोरक्कोमा बाढीले उत्पादन प्रभावित हुँदा आयातमा असर परेको छ । आँधीका कारण पनि समुद्री जहाजमा ढुवानीमा ढिलाइ वा रद्द भइरहेका छन् । युरोपमा निर्यात सुनिश्चित गर्न यो महीनाको शुरुमा मोरक्कोले पश्चिम अफ्रिकी देशहरूमा गोलभेंडा, प्याज र आलुको निर्यातमा रोक लगाएको थियो । बिजुलीको महसुल उच्च भएकोले हरित गृह चलाउन नसक्दा बेलायतको स्थानीय उत्पादन प्रभावित भएको छ भने नेदरल्यान्डको हालत पनि उस्तै छ । यो समस्या अझै केही हप्तासम्म चल्ने बताइएको छ । बेलायतमा गोलभेंडालगायत तरकारी टिप्ने सिजन शुरु नभएसम्म वा सुपर मार्केटहरूले आपूर्तिको वैकल्पिक स्रोत नपाउँदासम्म यो अवस्था जारी रहने बताइएको छ । एजेन्सी

जाडो भगाउन टोमेटो हट नूडल सूप, बनाउने कसरी ?

यतिबेला जाडो मौसम जारी छ । चिसोमा तातो सुप खानुको मज्जै बेग्लै हुन्छ । यस्तोमा टोमेटो नूडल सूप खाए यो मिठो हुनुका साथै जाडो भगाउन पनि काइदाको हुन्छ । कसरी बनाउने टमाटर र नूडलको हट सूप ? आवश्यक सामग्री : तेल – दुई ठूलो चम्चा प्याज – ३ वटा (ठिक्क आकारको) गोलभेंडा – आधा केजी […]

यसरी बनाउनुस् स्वादिलो बदाम चाट !

जाडोमा भुटेको बदाम खान मज्जा आउँछ । त्यसलाई अझ चाट बनाएर खान पाए त स्वादै बेग्लै । हामी तपाईंलाई बदाम चाट बनाउन सिकाउँछौं । सामग्री बदाम तीन कप प्याज मसिनो गरी काटिएको एक गोलभेंडा मसिनो गरी काटिएको एक हरियो खुर्सानी मसिनो गरी काटिएको एक जीराको धूलो एक सानो चम्चा चाट मसला एक चुट्की कागती रस एक ठूलो चम्चा हरियो धनियाँ काटेको अलिकति विधि बदाम सफा गरेर कूकरमा पाँच कप पानीका साथ राख्नुस् ।  त्यसमा बेसार र नून हालेर मध्यम आगोमा पाँच सिट्ठी नआउन्जेल उमाल्नुस् ।  बदामला...

जाडोमा यसरी बनाउनुस् टोमेटो नूडल सूप

जाडोमा तातोतातो कुरा खान जसलाई पनि मन लाग्छ । तपाईंले जाडोमा टमाटर र नूडलको सूप बनाएर खानुभएमा मीठो पनि हुन्छ, चिसो पनि भाग्छ ।  सामग्री तेल दुई ठूलो चम्चा प्याज आधा पाउ गोलभेंडा आधा किलो नून एक सानो चम्चा मरिच एक सानो चम्चा उमालेको नूडल १२० ग्राम विधि एउटा प्यानमा तेल तताएर प्याजलाई सुनौलो रंग नआउन्जेल भुट्नुस् ।  त्यसमा गोलभेंडा र पानी राखेर नरम नहुन्जेल सानो आगोमा सात मिनेट पकाउनुस् । अब त्यसमा नून हालेर आगोबाट निकाल्नुस् र सेलाउन छोड्नुस् ।  ब्लेन्डरमा गोलभेंडा ...

घट्न थाल्यो तरकारीको मूल्य

दसैं सुरु हँुदा आकासिएको तरकारी तथा फलफूलको मूल्य विस्तारै घट्न थालेको छ ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दसैं सुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही बढेपनि सोमबारदेखि घट्न थालेको हो । दसैंको समयमा खासगरी गोलभेंडा, काँक्रो, काउलीलगायतका केही बस्तुको मूल्य अत्याधिक बढेको थियो भने आलु प्याज लगायतकको मूल्य सामान्य बढेको थियो ।दसैंको […]

यसरी बनाउनुस् स्वादिष्ट प्याज करी

घरैमा बसेर स्वादिला परिकार बनाउँदै परिवारका सदस्य र इष्टमित्रलाई खुशी बनाउने मौकालाई कसले छोड्न चाहला र ? यहाँ हामी तपाईंलाई प्याज करी बनाउन सिकाउँदैछौं । सामग्री प्याज (काटेको) दुई कप   गोलभेंडा (काटेको) एउटा चूक अमिलो आधा चम्चा बेसार अलिकति नून स्वादअनुसार   हिंग अलिकति मसलाका लागि कोरेको नरिवल एक कप चनाको दाल एक सानो चम्चा मेथी दाना अलिकति जीरा आधा चम्चा सेतो तिल डेढ चम्चा रातो खुर्सानी दुईवटा तेल दुई चम्चा विधि प्यानमा तेल तताउनुस् । कोरेको ...

बाँझो जग्गामा सामूहिक खेती

सधैजसो बाँझो देखिने जग्गामा अहिले लहलह तरकारी फलेको छ । बारीभरि प्याज गोलभेंडा, काँक्रा, फर्सी, सिमी लटरम्म छन् । कतै भण्टा खुर्सानी त कतै बन्दा, काउली, मकै र अर्को छिमल सिमी उम्रिन थालेका छन् । यो बझाङको जयपृथ्वी नगरपालिकाको–९ सिमखेतनजिक सेती किनारमा देखिएको दृश्य हो ।

सलाद खाने सही तरीका

सलाद खानुको फाइदा पनि छ भने नोक्सान पनि । सलाद कहिले र कसरी खाने भन्ने कुरा थाहा पाउनु अति नै आवश्यक छ । प्याज, गोलभेंडा, काँक्रो, गाजर, स्याउ, अनार, केरा, अम्बा जस्ता केही फलफूललाई काटेर त्यसमा …