बाँझो जग्गामा सामूहिक खेती

सधैजसो बाँझो देखिने जग्गामा अहिले लहलह तरकारी फलेको छ । बारीभरि प्याज गोलभेंडा, काँक्रा, फर्सी, सिमी लटरम्म छन् । कतै भण्टा खुर्सानी त कतै बन्दा, काउली, मकै र अर्को छिमल सिमी उम्रिन थालेका छन् । यो बझाङको जयपृथ्वी नगरपालिकाको–९ सिमखेतनजिक सेती किनारमा देखिएको दृश्य हो ।

सम्बन्धित सामग्री

बाँझो जग्गा खोजेर सामूहिक खेती गर्दै विप्लव

१० चैत, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हिजोआज देशका धेरै ठाउँमा सामूहिक खेती गरिरहेको छ । शैक्षिक संस्था र व्यक्तिका बाँझो जग्गा भाडामा लिएर देशका विभिन्न जिल्लामा गरी करिब ८० ठाउँमा सामूहिक खेती गरिएको सो पार्टीका नेताहरुले बताएका छन् । नेकपाले केही ठाउँमा उद्योग पनि सञ्चालन गरेको छ । नेकपाले केन्द्रीय […]

बाँझो जमिनमा सामूहिक र सहकारी खेती गरिनेछः मन्त्री भुसाल

अर्घाखाँची – कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताएका छन्। नेपाल  पत्रकार महासङ्घ अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको उल्लेख गर्दै बाँझो जमिनमा एकल खेती नभई सामूहिक तवरको खेती गरिने जानकारी दिए। […]

हात्तीमैत्री ‘सामूहिक खेती’

झापा, १४ चैत । जङ्गली हात्तीको क्षतिबाट आजित झापाको बाहुनडाँगीका किसानले हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती सुरुआत गरेका छन् । बालीमा गाईभैँसी र बाख्रालाई जस्तो हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि हात्तीमैत्री अवधारणा प्रयोगमा ल्याइएको स्थानीयवासी बताउँछन् । मेचीनगर नगरपालिका वडा नं ४ को प्रधानगाउँका ५० वर्ष उमेर नाघेका २६ किसानले हात्तीमैत्री किसान समूह गठन गरी अढाई […]

झापाकाे बाहुनडाँगीमा हात्तीमैत्री ‘सामूहिक खेती’

झापा - जङ्गली हात्तीको क्षतिबाट आजित झापाको बाहुनडाँगीका किसानले हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती सुरुआत गरेका छन् । बालीमा गाईभैँसी र बाख्रालाई जस्तो हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि हात्तीमैत्री अवधारणा प्रयोगमा ल्याइएको स्थानीयवासी बताउँछन् ।  मेचीनगर नगरपालिका वडा नं ४ को प्रधानगाउँका ५० वर्ष उमेर नाघेका २६  किसानले हात्तीमैत्री किसान समूह गठन गरी अढाई बिघा जग्गा भाडामा लिएका छन् । जग्गामा किसानले तरकारी खेती लगाएका छन् । भर्खरै उनीहरूले आलु फलाएका छन् भने भिण्डी, टमाटर, घिरौला, बोडी, फ...

तनहुँमा सहकारीमार्फत सामूहिक खेती

१ चैत, तनहुँ । व्यास नगरपालिका–१० का स्थानीय वासिन्दा सहकारीमार्फत सार्वजनिक जग्गामा सामूहिक खेती गर्न जुटेका छन् । मादी नदी किनार नजिकैको २५ रोपनी जग्गामा सिसुवा भतेरी कृषि सहकारीमार्फत स्थानीय वासिन्दाले सामूहिक खेती गरेका हुन् । संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्दै आएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिए । सामूहिक खेतीका […]

करिब १५ सय रोपनी जग्गा चकलाबन्दी गरेर सामूहिक खेती

१३ फागुन, गोरखा । जिल्लाको करिब १५ सय रोपनी जग्गामा चकलाबन्दी गरेर सामूहिक खेती गरिएको छ । सिजन अनुसार कृषक समूहले विभिन्न खेती गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन गरेको जग्गा चकलाबन्दी कार्यक्रम अन्तर्गत जिल्लाका चार ठाउँमा चकलाबन्दी गरेर खेती सुरु गरिएको हो । अजिरकोट, शहीद लखन, सिरानचोक गाउँपालिका […]

पौरखीहरु मिलेर सुरु गरे बाँझो जग्गामा सामूहिक खेती

वैदेशिक रोजगारीले रित्तिदै गएको बाग्लुङ गलकोट नगरपालिका–७ मल्म, टोक्रीका किसानले बारी बाँझै पल्टिने तर उब्जनी किनेर खानुपर्ने स्थितिलाई फेर्न समूह नै बनाएर बाँझो बारीमा खेती सुरु गरेका हुन् । जे फल्छ त्यही लगाउने तर जग्गा बाँझो नछाड्ने भनेर सामूहिक खेती सुरु गरिएको राम्चेढुङ्गा कृषि तथा पशुपालन समूहका अध्यक्ष विष्णु थापाले बताउनुभयो । अध्यक्ष थापाका अनुसार …

सार्वजनिक जमिनमा सामूहिक खेती गरिँदै

तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित सिसुवा भतेरी कृषि सहकारीले खेर गइरहेको बाँझो जमिनको सदुपयोग गरी सामूहिक खेती गर्दै आएको छ । संस्थाले सोही ठाउँस्थित मादीनदी किनार नजिकै रहेको सिसुवा भतेरीका जग्गामा मौसम अनुरूपको बाली लगाउँदै आएको हो ।  सहकारी संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्न थालेपछि आफ्नो जमिन नभएका आलु तथा धान लगाउन अँधिया खोज्दै अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । सहकारीले अतिसीमान्तकृत बोटे, अल्पसंख्यक दरै, दलित तथा विपन्न व्यक्तिको आयआर्जनका लागि सामूहिक खेत...

वाग्मतीमा सामूहिक खेती फस्टाउँदै

जमिन चक्लाबन्दी गरेर खेती गर्न वाग्मती प्रदेश सरकारले प्रोत्साहन गरेपछि किसान सहकारी संस्थामार्फत सामूहिक खेती गर्न आकर्षित भएका हुन्। स–साना टुक्रामा विभाजित जमिनलाई एकीकृत गरी एउटै प्लट बनाएर सामूहिक खेती गर्ने अभियान सुरु भएको मन्त्रालयले जनाएको छ।...

तनहुँमा बन्धकी खेतमा सामूहिक खेती गर्दै विपन्न

तनहुँ, ६ साउन । तनहुँको म्याग्दे गाउँपालिकास्थित एक सामुदायिक वनले बन्धकीमा खेत खरिद गरी विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको छ । म्याग्दे–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता समूहले बन्धकीमा खेत खरिद गरेर विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको हो । विपन्न वर्गका उपभोक्ताको जीविकोपार्जनमा सघाउन स्थानीय व्यक्तिको ३६ रोपनी बाँझो खेत बन्धकीमा खरिद गरी […]