दसैं सकिएलगत्तै प्याजको भाउ उकालो लाग्न थालेको छ । असोज ३० मा औसत प्रतिकिलो ७६.४० रुपैयाँमा बिक्री भएको प्याज कात्तिक १४ (मंगलबार) प्रतिकिलो १२२.५० रुपैयाँ पुगेको छ । दुई सातामै प्याज ६०.३४ प्रतिशतले बढेको हो । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य हो ।