अफगान सेनाको हवाई कारबाही, २७ तालिबान लडाकू मारिए

लस्कर गह । अफगान सेनाले हेल्मन्ड प्रान्तमा बुधबार गरेको हवाई कारबाहीमा तालिबान समूहका कम्तीमा २७ जना लडाकू मारिएका छन् ।  सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा तालिबान लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा हवाई कारबाही गरिएको उल्लेख छ । सेनाले हवाई कारबाही मुख्यतः नावा, नहर–ए–सेराज र गर्मसिर जिल्लामा केन्द्रित भएको जनाएको छ । कारबाहीमा लडाकूतर्फका हन्जला र बाराकात नाम गरेका कमान्डर पनि मारिएको सेनाको दाबी छ । तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् । &n

सम्बन्धित सामग्री

अफगानिस्तानमा हवाई कारबाही, २३ तालिवान लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकू विरुद्ध सेनाको लडाकू विमानद्वारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाईले बिहीबार बताएका छन् ।यस कारबाहीको क्रममा तालिबानतर्फका अन्य सात लडाकू घाइते भएका छन् । ...