एक दिनमा ५७० तालिबान लडाकु मारेको अफगान रक्षा मन्त्रालयको दाबी

एजेन्सी। अफगानिस्तानमा पछिल्लो २४ घण्टामा सुरक्षा फौजको कारबाहीमा परी ५७० जना तालिबान लडाकु मारिएका छन्। अफगान रक्षा मन्त्रालयकाअनुसार नगरहार, खोस्त, लोगर, पक्तिया, कान्धाहार, हेरात, फराह, जज्जान, समान्गन, हेलमन्द, तखार, कुन्दुजm पन्जशीर प्रान्तमा भएको सुरक्षा कारवाहीमा उनीहरु मारिएका हुन्। कारबाहीमा १६१ जना तालिबान लडाकू घाइते भएको बताइएको छ। तालिबान लडाकु आक्रामक रुपमा अघि बढेपछि सुरक्षा फौजले जवाफी कारबाही गरेको हो।

सम्बन्धित सामग्री

अफगान राष्ट्रपति कार्यालय पनि तालिबानको कब्जामा, ‘इस्लामिक एमिरेट’ घोषणाको तयारी

काठमाडौँ- तालिबानले अफगान राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेको दाबी गरेको छ । अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा लिएको दाबी गरेको छ । तथापि सरकारी पक्षबाट यसको पुष्टि हुन बाँकी रहेको बीबीसीले जनाएको छ । तालिबान लडाकु काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार नै देश छाडेका छन् […]

अफगानिस्तानमा चार दिनमा ६ प्रान्तको राजधानी विद्रोहीको कब्जामा

एजेनसी । अफगानिस्तानमा तालिबान विद्रोहीले सामानगन प्रान्तको राजधानी आएबक शहर पनि नियन्त्रणमा लिएको छ । योसंगै तालीवानले पछिल्ला चार दिनमा ६ वटा प्रान्तीय राजधानी कब्जामा लिन सफल भएका छन । तालिबान लडाकूहरुले यसअघि ५ वटा प्रान्तीय राजधानी नियन्त्रणमा लिइसकेको दाबी गरेका छन् । तालीवानले कब्जामा लिएका शहरहरुमा तालिबान लडाकु र अफगान सेनाबीच संघर्ष भने जारी […]

तालिबान लडाकुको सफलता विश्वकै सुरक्षाका लागि खतरा हुन सक्ने

बीबीसी। अफगान सेनाका एक जेनरलले सरकारी फौजहरूसँगको लडाइँमा तालिबान लडाकु समूह विजयी भएमा विश्व शान्तिमा भयावह परिणाम निम्त्याउने चेतावनी दिएका छन्। जेनरल सामी सदातले दक्षिणी हेलमन्ड प्रान्तमा तालिबान लडाकुविरुद्ध जारी लडाइँको नेतृत्व गरिरहेका छन्। हेलमन्डको राजधानी लश्कर गहमा भीषण सङ्घर्ष भइरहेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दिनमा त्यहाँ कम्तीमा दशजना नागरिकको ज्यान गएको छ।

अफगान सुरक्षा फौजको कारबाहीमा ७७ तालिबान लडाकु मारिए

एजेन्सी।अफगानिस्तानको हेलमन्डमा सुरक्षा फौजको कारबाहीमा परी ७७ जना तालिबान लडाकु मारिएका छन्।कारबाहीमा परी २२ जना तालिबान लडाकु घाइते भएका छन्।सुरक्षा फौजले तालिबान लडाकूमाथि स्थल र हवाई आक्रमण एक साथ गरेको थियो।अफगानिस्तानका उपरक्षामन्त्रीका प्रवक्ता फवाद अमानले तालिबान मारिएको जानकारी दिएका हुन्।“पछिल्लो २४ घण्टामा हेलमन्ड प्रान्तको राजधानी लश्कर गाहमा तालिबान सैन्य आयोगका तीन जना प्रमुखसहित ७७ जना तालिबान मारिएका छन्”,उनले भने।

अफगान सुरक्षाबलको कारबाहीमा परी २३ तालिबान लडाकु मारिए

मैमाना । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा लुकेर बसेका २३ तालिबान लडाकु अफगान सुरक्षाबलको कारबाहीमा मारिएका छन् । फर्याब प्रान्तको पासतुन्कोट र आल्मार जिल्लामा लुकेका तालिबान लडाकु लक्षित अफगान सुरक्षाबलले बुधवार गरेको हवाई कारबाहीमा परी २३ तालिबान लडाकु मारिएका सेनाका प्रवक्ता मोहमद हानिफ रेजाईले बिहीबार बताएका छन्। बुधवार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा भारी सङ्ख्यामा […]

पश्चिमी हेरात प्रान्त पुनः आफ्नो नियन्त्रणमा आएको अफगान सरकारको दाबी

काठमाण्डाै - पश्चिमी हेरात प्रान्त पुनः आफ्नो नियन्त्रणमा आएको अफगानिस्तान सरकारले दाबी गरेको छ । सरकारी सेनाले हेरात प्रान्तको कारुख जिल्लालाई पुनः कब्जा गरेको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  सरकारले पुनः कब्जा गर्ने क्रममा भएको कारबाहीमा १८ तालिबान लडाकु मारिनुको साथै अरु २० जना घाइते भएका पनि विज्ञप्तिमा भनिएको छ ।  एक महिनायता हेरात प्रान्तका केही जिल्लामा कब्जा गरेका अफगान तालिबान समूहले कारुख जिल्लाको अवस्थाबारे अहिलेसम्म प्रतिक्रिया जनाएको छैन ।  अफगानिस्तानबाट अमेरिक...

चार दिनमा ९५० तालिबान मारिएको अफगान सेनाको दाबी

काठमाडौं। पछिल्लो चार दिनमा भएको संघर्षमा ९ सय ५० जना तालिबान मारिएको दाबी अफगानिस्तानको सुरक्षा फौजले गरेको छ। सुरक्षा कारबाहीमा ५ सयभन्दा तालिबान लडाकु घाइते भएको जनाइएको छ। सुरक्षाकर्मीहरू र तालिबान लडाकुहरू बीच देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भइरहेको छ। अमेरिका र नेटो सेनाले अफगानिस्तान छोड्न थालेपछि त्यहाँ तालिबान र सरकारी फौजबीच संघर्ष चर्केको

हवाई आक्रमणमा १८ तालिबान लडाकु मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा तालिबान लडाकु समूहको आखाडालक्षित अफगान हवाई बलको आक्रमणबाट