भित्री भन्दा बाहिरी सुन्दरतामा बढी ध्यान दिएकाले सहरी क्षेत्रमा कुपोषण बढ्दै

पछिल्लो समय सहरी क्षेत्रका बालबालिका कुपोषित हुने क्रम बढ्दै गएको छ । सहरी क्षेत्रका अभिभावकले भित्री सुन्दरतामा भन्दा बाहिरी सुन्दरतामा बढी ध्यान दिएकाले सहरी क्षेत्रका बालबालिका कुपोषणको सिकार बन्दै गएका हुन् । अभिभावकले बालबालिकाको फेसनलाई ध्यान दिने, तर खानपानमा त्यति ख्याल नगरेका कारण सहरी क्षेत्रका बालबालिका कुपोषणको सिकार बन्दै गएका छन् । पैसा नभए, खोजेर भए पनि बालबालिकाको कपडा किन्न ध्यान नदिने प्रवृत्ति छ ।  सहरी क्षेत्रका अभिभावकले बालबालिकालाई स्तनपान गराउन छाड्दै गएका छन् । जन्मेको एक घण्टाभित्र आमाले बच्...

सम्बन्धित सामग्री

‘बैंक खत्तम हुने हौवा फैलाउनेलाई कारबाही’

काठमाडौं । बैंक, वित्तीय संस्थामा रहेका रकम डुब्दै छ, ऋण तिर्नु पर्दैन मिनाहा हुन्छ भन्ने हल्लाले समग्र वित्तीय क्षेत्र तरंगित भइरहेका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले त्यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।  शनिवार काठमाडौंमा शुरू चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले भने, ‘बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदै छ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने दुष्प्रयास भइरहेको छ । म सरकारका तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही  गर्न ढिलो गर्दैनौं ।’  उनले ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न पनि आम ऋणीलाई आग्रह गरे । ‘ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौं भन्दै आशा जगाएर स्वार्थ समूह खेल्न खोज्दै छ,’ उनले भने, ‘बचतकर्ताको बचतबाट लगेको ऋण कदापि मिनाहा हुँदैन । बरु अप्ठ्यारोमा परेकालाई सरकारले विभिन्न सहजीकरण गरिरहेको गरेको छ । ऋण त तिर्नैपर्छ ।’ नेपालका विपन्न वर्ग, गरीब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै डा. महतले यसले अब आफ्नो उद्देश्यअनुसार मात्रै काम गरेर आफूलाई सुधार गर्नुपर्नेमा जोड दिए । लघुवित्त संस्थालाई नाफा कमाउने औजारका रूपमा नलिई ग्रामीण विकास, लघु उद्यम र स्वरोजगारलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको सुझाव छ । ‘लघुवित्तको सञ्चालक बनेर कसैले उद्देश्यविपरीत काम गरेको छ, दुरुपयोग गरेको छ, अपारदर्शी ढंगबाट व्यक्तिगत फाइदा उठाउन खोजेको छ भने त्यसलाई तपाईंहरू सबै मिलेर निरुत्साहित गर्नुपर्छ,’उनले भने ।  कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले २१ प्रतिशत जनसंख्या औपचारिक वित्तीय पहुँचमा नरहेको अवस्थामा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरिन् । समावेशी विकासका लागि सरकारले विभिन्न कार्यक्रम ल्याउँदा पनि अपेक्षित सफलता हात नपरेको अवस्थामा लघुवित्तको सहायताले मात्रै समावेशी विकास भएको उनको भनाइ छ । धेरै विषय सकारात्मक हुँदाहुँदै पनि लघुवित्तमा समस्या देखिन थालेकाले आफै सुध्रिनुपर्ने उनको सुझाव छ । निष्क्रिय कर्जा बढेर ६ प्रतिशतभन्दा माथि जाँदा जोखिम देखिएको भन्दै अवस्था थप बिग्रन नदिन सबैले जिम्मेवार भएर काम गर्नुपर्ने उनले सुझाव दिइन् ।  सम्मेलन आयोजक स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले गरीब र विपन्न परिवारलाई नै लक्ष्य गरेर लघुवित्तको शुरुआत भएकाले बाटो बिराएकालाई सही बाटोमा ल्याउनुपर्ने आवश्यकता औंल्याए । ‘यसबीचमा लघुवित्तमा केही समस्या देखियो । लघुवित्त संस्थालाई कम्पनी ऐनअनुसार चलाउन थालियो, शेयरधनीलाई लाभांश बाँड्ने क्रम बढ्यो, लघुवित्त त धेरै नाफा पाउने थलो रहेछ भनेर लगानी गर्नेहरूको बाढी आयो । लघुवित्तका सदस्यलाई हामीले शेयरहोल्डर बनाएनौं, त्यहाँ ठूलो गल्ती भयो,’ उनले भने, ‘ऋण प्रवाह गर्दा पनि लापरबाही भयो ।  सरकारले नयाँ लाइसेन्स खुलायो झन् विकृति र विचलन आयो । अस्वस्थ प्रतिस्पर्धा भयो । बढी लगानी गर्न लगानीकर्तालाई तानातान गर्ने र ब्याजमा मनोमानी गर्ने विकृति देखिए ।’ नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामबहादुर यादवले झन्डै ६० लाख सदस्यमार्फत गाउँगाउँमा वित्तीय सचेतनासँगै लगानी र उद्यमलाई बढावा दिएको लघुवित्त क्षेत्रलाई सरकारले उपेक्षा गरेको गुनासो गरे । दूरदराजमा आर्थिक गतिविधि फैलाउने, विपन्नलाई उठाउने, गरीबी अन्त्य, महिला सशक्तीकरणलगायत क्षेत्रमा ठूलो योगदान दिए पनि सरकारले खासै ध्यान नदिनु पनि अहिलेको समस्याको कारण रहेको उनको भनाइ छ ।  आइतवारसम्म चल्ने सम्मेलनमा लघुवित्त क्षेत्रका नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, लघुवित्त सदस्य, विज्ञ, सरोकारवालालगायत ८ सय जनाभन्दा धेरै सहभागी छन् । सम्मेलनमा सहभागी लघुवित्तकर्मीले ऋण लिएपछि सदुपयोग गर्नुपर्ने सुझाव दिए । वातावरण सुधार बहुउद्देश्यीय सहकारीका सदस्य लक्ष्मी सुनारले ऋण लिएर व्यवसाय गर्‍यो भने किस्ता तिर्न समस्या नहुने र खराब ऋणी बन्नु नपर्ने बताइन् ।  नेपाल राष्ट्र बैंक, लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्तले ऋणमा १५ प्रतिशत ब्याजदर र १ दशमलव ५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने गरी सीमा तोकिएको उल्लेख गर्दै त्यसभन्दा बढी लिएमा उजुरी गर्न आग्रह गरे । व्यवसाय बिग्रिएर ऋण तिर्न नसक्ने अवस्था भएमा संस्थामै अनुरोध गर्न आग्रह गर्दै उनले मिनाहा हुन्छ भन्ने हल्लाको पछि नलाग्न सुझाए ।

बैंक र बैंकरहरूमाथि अर्थहीन आक्रोश

कोभिडको समयमा अत्यावश्यक क्षेत्र भनेर पहिचान भएको बैंकिङ क्षेत्रले उक्त समयमा कोभिडको पर्बाह नगरी आफ्नो विवेकले भ्याउन्जेल सर्वसाधारणलाई सेवा प्रवाह गरेको थियो । कोभिडको समयमा प्रशंसा बटुलेको यो क्षेत्र अहिले विवादमा परेको छ । बैंकरलाई कालो मोसो लगाउनुपर्छ भन्नसमेत थालिएको छ । बैंकको काम गर्ने आफ्नै पद्धति हुन्छ, जुन नियामक निकायको अन्तर्गत रहेर गर्नुपर्ने हुन्छ । आज बैंकको नाफालाई लिएर विभिन्न टीकाटिप्पणी हुने गरेको देखिन्छ । बैंकमा भएको लगानी कति छ र त्यसको आधारमा नाफा कति भएको छ भनेर कसैले मूल्यांकन गरेको पाइन्न । बैंकिङ क्षेत्रले नेपालमा सर्वसाधारणलाई शोषण गरेर नाफा कमाएझैं व्यवहार गर्न थालिएको छ । यो निकै गलत छ । बैंकको उद्देश्य नाफा भए तापनि यसले समाजलाई सेवासुविधा पनि दिएको हुन्छ । आज व्यवसायी मर्कामा छन् तर हिजो उनीहरूलाई व्यवसाय शुरू गर्न सहयोग पनि बैंकले नै गरेको थियो । बैंकका कर्मचारीहरू वित्तीय अपराधको शिकार जुनै बेला पनि हुन सक्ने भयबाट अहिले त्रस्त छन् । आफू जति नै चनाखो भए पनि कुन समयमा कसरी फसिन्छ भन्ने डर एकातर्फ छ भने अर्कातर्फ व्यवस्थापनले दिएको लक्ष्य प्राप्त गर्न बेलुकी अबेरसम्म काम गर्नुपर्ने बाध्यता छ । बैंकमा कार्यरत कर्मचारी ती वर्ग हुन्, जो विदेशिने लोभ छोडेर स्वदेशमै काम गरिरहेका छन् । यहाँ कतिले जागीर छाड्नुपर्ने अवस्था आयो, कति अहिले जेलमा छन् । बैंकिङ क्षेत्र त्यस्तो पारदर्शी क्षेत्र हो, जहाँ २ रुपैयाँको हिसाब नमिल्दा रातभर बसेर मिलाउनुपर्ने हुन्छ । सार्वजनिक बिदा हुँदासमेत खोल्न लगाइने बैंकमा त्यही कर्मचारी फेरि पिल्सिनुपर्ने हुन्छ । कर्जा ग्राहकले बुझ्नुपर्ने एउटा महत्त्वपूर्ण विषय के हो भने उनीहरूले लिएको कर्जाको रकम बैंकको नभएर निक्षेपकर्ताको हो । बैंकको ऋण नतिर्ने हो भने निक्षेपकर्ताको रकम डुब्छ । बैंक दुई पक्षबीचको मध्यस्थकर्ता मात्र हो । निक्षेपकर्ताको दृष्टिबाट सोचौं । यदि बैंकमा पाइने ब्याजदर मुद्रास्फीति दरभन्दा कम छ भने कुनै पनि निक्षेपकर्ताले आफ्नो सञ्चित रकम बैंकमा राख्न उचित ठान्दैन । फलस्वरूप, उक्त रकम बैंकिङ प्रणालीमा प्रवेश नै गर्दैन । बैंकहरूले आफूसँग जति बढी निक्षेप भयो त्यसैको अनुपातमा कर्जा प्रवाह गर्न पाउने हो । त्यसैले निक्षेपकर्तालाई रिझाउन उचित अनुपातमा ब्याजदर तोक्नुपर्ने हुन्छ । कर्जा ग्राहकलाई लाभ पुर्‍याउने हेतुले निक्षेपकर्तालाई अन्याय गर्न पक्कै पनि सुहाउँदैन । अर्को महत्त्वपूर्ण पक्ष के पनि हो भने बैंकको ब्याजदर बढ्नुमा बैंक आफै र एकल दोषी पक्कै होइन । विभिन्न तथ्य र पक्षलाई आकलन गरेर बैंकले आधार दर निर्माण गर्छ । कोष लागत प्रतिशत, अनिवार्य मौज्दात लागत प्रतिशत, वैधानिक तरलता लागत प्रतिशत र सञ्चालन लागत प्रतिशत जोडेर बैंकको ब्याजदर निकालिएको हुन्छ । आधार दरमा बैंकले आफ्नो प्रिमियम थपेर ब्याजदर निर्धारण गर्ने गर्छ । आधार दर उच्च हुँदा स्वतः कर्जाको ब्याज दर बढ्छ र कम हुँदा स्वतः घट्छ । सामान्य दृष्टिले हेर्दा बैंकले ब्याजदर बढायो भनेर औंला तेस्र्याइन्छ तर विषय त्यसमा सीमित हुँदैन । आधार दरसँग आबद्ध अन्य पक्ष नेपाल राष्ट्र बैंकले समेत निर्धारण गरेको हुन्छ । बैंकदर उच्च हुँदा अन्तर बैंक ब्याजदरसमेत उच्च हुन्छ जसले गर्दा ट्रेजरी बिल्स र ऋणपत्रहरूको ब्याज उच्च हुन जान्छ । अन्ततः, समग्र दर उच्च हुन जान्छ । निक्षेपकर्ताले अपेक्षा गर्ने ब्याजदर मुद्रास्फीतिसँग सम्बद्ध हुन्छ । मुद्रास्फीति पूर्णतया सरकारी आर्थिक क्रियाकलापमा निर्धारित हुन्छ । बैंकले रहर लाग्दैमा ब्याजदर निर्धारण गर्न पाउँदैन । प्रधानमन्त्री आफैले ब्याजदर एकल विन्दुमा झार्न निर्देशन दिइसकेको समाचार आएको छ । निमुखा निक्षेपकर्ता, जसको बोलिदिने कोही छैन, उनीहरूलाई मर्का पारेर भए पनि सीमित कर्जा ग्राहकको स्वार्थ पूरा गर्ने कुरामा सरकारको ध्यान छ । पूर्वदेखि पश्चिमसम्म चर्को ब्याजदरको विरोध उद्योग, व्यावसायिक भवनहरूमा देखिन्छ । तर, उच्च ब्याजदर पारिनुको कारणप्रति कसैको ध्यान गएको देखिँदैन । सोझै बैंकलाई मात्र दोष लगाइएको छ । बैंकहरूले उच्च शुल्क लिइरहेका होलान् । एटीएम कार्ड, मोबाइल बैंकिङ या अन्य सुविधाको महँगो शुल्क लिएर ग्राहकलाई मार पारिएको हुन सक्छ । तर, त्यसमा नियामक निकायले ध्यान दिनुपर्ने हुन्छ । हिजो हरेक प्राथमिक शेयरको आवेदन दिँदा सीअस्बा शुल्क लिने बैंकहरूले गुनासो र निर्देशन आएपश्चात् निःशुल्क बनाएकै छन् । हाम्रो बैंकिङ प्रणालीमा स्थिर ब्याजदरको अवधारणा शुरू गर्न सक्नुपर्ने हुन्छ । मुद्दतीमा स्थिर ब्याजदर प्रदान गरिरहँदा कर्जामा अवस्था अनुकूल ब्याज निर्धारण गर्नु उचित विकल्प होइन । बाहिरी मुलुकमा जस्तो कर्जा ग्राहकलाई स्थिर ब्याज वा समयअनुरूपको ब्याज भनेर छान्ने अवसर प्रदान गर्नुपर्छ । यसले गर्दा एउटा पारदर्शी दर र अनुशासनको शुरुआत हुन्छ । तर, त्यो बैंकहरूको भन्दा पनि नियामक निकायबाट पहलकदमी हुँदा उचित हुन्छ । यसले जनमानसलाई बैंकप्रतिको गुनासो न्यून हुँदै जान्छ । बैंकको उद्देश्य नाफा भए तापनि यसले समाजलाई सेवासुविधा पनि दिएको हुन्छ । आज व्यवसायी मर्कामा छन् तर हिजो उनीहरूलाई व्यवसाय शुरू गर्न सहयोग पनि बैंकले नै गरेको थियो । यो दोष बैंक वा बैंकरको पक्कै होइन, समग्र अर्थतन्त्रको अवस्थाको हो । व्यवसायीमा के चेत हुन आवश्यक छ भने आर्थिक सिद्धान्तअनुरूप अर्थतन्त्र वा उद्योग कहिले उच्च बिन्दुमा पुग्छ भने कहिले न्यून बिन्दुमा । आज न्यून बिन्दुमा रहेको हो भने यो फेरि उँभो लाग्ने नै छ । यसमा बैंकले गर्न सक्ने धेरै कम छ । बैंकर्स एशोसिएशनले आफ्ना तर्फबाट केही गरी पनि रहेको छ । बैंकहरू मात्र त्यस्तो निकाय हो जसले आफ्नो समग्र वित्तीय अवस्था प्रकाशित नै गर्ने गर्छन् । यस कारण पनि बैंक र बैंकमा कार्यरत कर्मचारीको विरोध र रिस गर्नुभन्दा साथ दिई हौसला बढाएमा सबैको हित हुने थियो । रेग्मी बैंकर हुन् ।

७५ देशमा फैलियो मंकीपक्स, डब्लुएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

मंकीपक्स भाइरसको संक्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले ७५ देशमा भाइरस देखिएको जानकारी दिदै  विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको बताएका हुन् । विश्व स्वास्थ्य संगठनको आपतकालीन कमिटिले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो। महानिर्देशक टेड्रोसका अनुसार हालसम्म भाइरसका १६,००० भन्दा बढी केसहरू देखिएका छन् भने ५ जनाको मृत्यु भएको छ। विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा भनेको सबैभन्दा उच्च तहको अलर्ट हो । अहिले कोरोना र पोलियोलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिएको छ ।महानिर्देशक टेड्रोसले मंकीपक्स फैलने जोखिम युरोपमा उच्च रहेको र अन्य क्षेत्रमा मध्यम रहेको बताएका छन् । उनले यो भाइरस अन्तराष्ट्रिय रुपमा थप फैलने जोखिम रहेको उल्लेख गरेका छन् । विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएसंगै यसको खोपको विकासको कार्य तिब्र रुपमा अगाडी बढ्ने अपेक्षा उनले गरेका छन् । त्यस्तै यसलाई फैलिनबाट रोक्नको लागि पनि आवश्यक कदम चाल्न सकिने उनले बताएका छन् । मंकीपक्स सबैभन्दा पहिले सन् १९५० मा मध्य अफ्रीकामा देखिएको थियो । मंकीपग्स मध्य र पश्चिमी अफ्रिकी देशहरुका घना जंगलमा रहेका जनावरहरुको सम्पर्कमा आउने मानिसहरुमा हुनसक्ने भाइरस हो । प्रायः मुसा प्रजातीका जनावरहरुमा यसको भाइरस रहन्छ । ती जनावरहरुको शरीरबाट निस्किएका थुकका छिटाहरु, ¥याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एवं मरेका वा त्यस्ता जनावरहरुको मासु प्रयोग गर्ने मानिसहरुमा यो संक्रमण हुनसक्छ । यो संक्रमण मान्छेबाट मान्छेमा हुने सम्भावना न्युन रहेको हालसम्मको अध्ययनले देखाएको छ । पछिल्लो समय यसको संक्रमण दर बढेसँगै मान्छेबाट मान्छेमा नै संक्रमण भइ सरेको हुनसक्ने अनुमान छ । यसका अधिकांश लक्षण स्मल पंक्स भाइरससँग मिलेको विज्ञहरुको अध्ययनले देखाएको छ । कसरी जोखिने ?स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्छ । उनले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हपता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनैपनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताए । सहप्रवक्ता अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको छ र सीमा नाकाहरुमा निगरानी बढाएको बताए । विश्व स्वास्थ्य संगठनको केन्द्रिय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि उनले बताए  ।सहप्रवक्ता अधिकारीले भने , ‘विदेशबाट आउनेहरुले कम्तिमा दुई हप्ता क्वारेन्टाइनमा बसिदिनुहोला । व्यक्तिगत सरसफाईको कुराहरु बढी महत्वपूर्ण छ । कुनैपनि चिजहरु सकेसम्म नछुने, छोइहाले साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ । यस्तो गर्दा हामीमा यदी भाइरस आएको छ भनेपनि निस्क्रिय भएर जान्छ । कसैको शरीरबाट निस्किएका छिटाहरु हाम्रो शरीरमा आइनपुगोस् र हामीबाट अरुको शरीरमा नपुगोस् भन्न मास्कको प्रयोग गर्नुपर्छ । कोही त्यो क्षेत्रबाट आएको व्यक्ति छ, जो ज्वरो आएको छ, शरीरमा फोका आएको छ, जिउ चिलाउने भएको छ भने तत्काल नजिकमा रहेको स्वास्थ्य संस्थामा गएर सम्पर्क ग¥यौं भने  त्यसको उपचार गर्न सहज हुन्छ र अरुलाई पनि सर्दैन ।’सहप्रवक्ता अधिकारीले मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने बताए । उनले यो संक्रमण अधिकांश बालबालिकाहरुमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि आग्रह गरे । मंकीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको पनि बताए । उनले मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करिव तीन महिनापछि आफैँ हराएर जानसक्ने भएकोले डराउन आवश्यक नरहेको तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताए । मंकीपक्स भएको तीनदेखि ४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको पनि बताए । उनले मंकीपक्सको भ्याक्सीन उत्पादन भएर प्रयोगमा आइसकेको पनि बताए  ।  सहप्रवक्ता अधिकारीले भने , ‘यो शरीरमा प्रवेश गरेपछि शरीरमा फोकाहरु हुने, विमिरा आउने, ज्वरो आउने, ग्रन्थीहरु सुन्निनेजस्ता समस्या हुनसक्छ । बालबालिकाहरुलाई यसले अलि बढी असर गर्दछ । सरसफाइमा ध्यान दिऔँ, बाहिरबाट आएका व्यक्तिहरुलाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने, दूरी कायम गर्नुपर्छ । साथै व्यक्तिगत सरसफाई गर्नुपर्छ । हामीले अहिलेसम्म त्यस्तो पाएका छैनौँ । प्रवेश नाकाहरुमा निगरानी गर्ने कुरालाई चुस्त दुरुस्त बनाउनका लागि आवश्यक तयारी गरेका छौँ । विश्व स्वास्थ्य संगठनको केन्द्रिय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा छौँ । प्राविधिक रुपमा आएका सुझावका आधारमा सरकारले लिने आवश्यक कदम हामी लिँदै जान्छाँै । मंकीपक्स संक्रमण भएर मानिसको मृत्यु हुने अनुपात संक्रमण भएका व्यक्तिमध्ये १० प्रतिशतसम्ममा मृत्युदर हुनसक्छ भन्ने अहिलेसम्मको तथ्यांकहरुले देखाउँछ । केही समयपछि आफैँ हराएर पनि जानसक्छ । कसैलाई ३ देखि ४ हप्तास्म्म पनि लक्षण रहन सक्छ । दुईदेखि तीन हप्ताभित्रमा लक्षण देखाउँछ । अरु व्यक्तिमा सर्ने सभवना पनि यही समयावधि नै हो । मंकीपग्सको भ्याक्सीन उत्पादन भएर प्रयोगमा पनि आइसकेको छ ।’

हुण्डी कारोबार कडाइ गर्न छलफल भइरहेको छ, आयातमा पनि थप कडाइ हुन सक्छ : अर्थसचिव

चैत १५, काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले हुण्डी व्यवस्थापन गर्ने विषयमा कुरा चलिरहेको बताएका छन् । नेपाल आर्थिक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव मरासिनीले हुण्डी व्यवस्थापनका लागि अर्थ मन्त्रालयले छलफल गरिरहेको बताएका हुन् । हुण्डीका कारण तरलता समस्या आएको भन्दै अर्थसचिव मरासिनीले यसतर्फ सरकारले ध्यान दिएको बताएका छन् । `अहिले बाहिरी फ्याक्टरले समस्या पारेकोले हामीलाई समस्यामा परेको छ । अर्थतन्त्र सुधारका लागि विज्ञको सुझाव महत्वपूर्ण हुनेछ´, उनले भने । ऋण लिनुभन्दा राजस्व बढी उठाउनू राम्रो पक्ष हो भन्दै उनले यसलाई सकारात्मक रूपमा लिन अर्थशास्त्रीहरूलाई आग्रह गरे ।  आयातमा सन्तुलन गर्न वस्तु आयातमा केही कडाइ गरिएको पनि उनले जानकारी दिए । आगामी दिनमा पनि केही कडाइ गर्न सकिने उनले संकेत गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बैंकहरू पैसा कमाउनको लागि मात्र नभएर देशको अर्थतन्त्रमा सहयोग गर्नका लागि भएको बताए । बैंकको लगानी उत्पादनमा ३८ प्रतिशत, आयातमा ६२ प्रतिशत रहेको छ । राजस्वमा आधारित अर्थतन्त्र भएकाले बढि पैसा आयातमा गयो । बाहिरबाट आउने बस्तुमा ३० प्रतिशत अनुदान दिएकाले यहाँ उत्पादन हुने वस्तुले प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ । रेमिट्यान्सबाट आउने रकम राजस्वका रूपमा लिएर कृषिमा लगानी गर्नुपर्ने, राज्यले दिने सुविधा बाहेक ब्याजदर एकल बिन्दुमा हुनुपर्ने उनले बताए । उद्योग र कृषिमा लगानी गर्न ४ खर्ब रुपैयाँ सटेज भएको गोल्यानको भनाइ छ । त्यसका लागि राष्ट्र बैंकसँग कुरा गर्नुपर्ने उनले बताए ।

यसरी बनाउनुस् घर र बगैंचालाई कीटपतंगरहित

चैत ४, काठमाडौं । वसन्त ऋतु आगमनसंगै गर्मी बढ्दो छ । मौसम परिवर्तनसँगै घरभित्र र बाहिरी वातावरणमा पनि विभिन्न प्रभाव पर्छन् । खासगरी गर्मी मौसममा कीराको बिगबिगी बढ्ने गर्दछ । घरका कोठामा भान्सादेखि बाथरुम र ध्यान नपुग्ने कुनादेखि सिलिङजस्ता ठाउँमा समेत विभिन्न थरी कीरा बास बसेर दु:ख दिने गर्छन् । घर बाहिर बगैंचा, करेसा बारी, पार्किङ आदि ठाउँमा पनि ढुसी, खुम्ले कीरा, पुतली आदि कीरा–फट्यांग्राले सताउँछन् ।  घरका विभिन्न भागमा यस्ता कीटपतंगले डेरा जमाउनाले घरलाई फोहोर र कुरूप बनाउनुका साथै हामीले खाने खाना, पिउने पानी र प्रयोगमा आउने अन्य सामग्रीको संसर्गमा पुग्नाले तिनलाई प्रदूषित बनाई विभिन्न रोग भित्र्याउने खतरा रहन्छ । घरमा साना बालबच्चा छन् भने उनीहरू सजिलै तिनको सम्पर्कमा पुग्न सक्ने र तिनको स्वास्थ्य वयस्कको भन्दा संवेदनशील हुने हुदाँ घरमा कीटपतंगको उपस्थितिलाई रोक्नु झनै जरुरी छ ।  विशेषत: गर्मीयाममा कीटपतंगले बढी सताउने भए पनि तिनको प्रकृतिअनुसार जुनसुकै मौसममा उपस्थिति जनाउन सक्छन् । कीटपतंग नियन्त्रणका लागि बजारमा विभिन्न थरी केमिकलयुक्त विषादी तथा व्यावसायिक नियन्त्रक पनि पाइन्छ । तर, विषादी तथा केमिकलको प्रयोगले ती तत्व लामो समय रहन गई मानिसको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने हुँदा त्यस्ता कीराको प्रभावकारी नियन्त्रण कसरी गर्ने भन्ने घरायसी वा केमिकलरहित तरिकाबारे चर्चा गर्दैै छौं । प्राकृतिक र कम हानिकारक उपाय भएसम्म कृत्रिम विषादी प्रयोग नगर्नु वातावरणीय र स्वास्थ्यको दृष्टिले बढी बुद्धिमानी हुन्छ ।  घरको नियमित सरसफाइ गर्नु घरको नियमित सरसफाइ सबैले गर्छौं, गरिरहेका हुन्छौं । गर्मी तथा बर्खाको समय सरसफाइमा अझ विशेष ध्यान दिनु जरुरी छ । हत्तपत्त ध्यान नपुग्ने कुना, भान्सा तथा बाथरुमको सिंकको तलको भाग तथा कमोड वरिपरि, खाली रहेको खोपा, फ्रिज तथा वासिङ मेसिनजस्ता ठूला सामानको पछाडि आदि ठाउँमा पनि नियमित सरसफाइ गर्नाले ती ठाउँमा कीटपतंग बस्न सक्दैनन् ।  पानी जम्न नदिने  घरको छतको लेबल नमिलेर पानी जम्ने स्थान, कुनै भाँडामा खुलै रहन गएको पानी, बाथरुम वा घर बाहिर वर्षापछि खाल्डाखुल्डीमा जम्ने पानी आदिलाई तत्कालै हटाएर सुक्खा राख्ने गर्नुपर्दछ । फोहोर र जमेको पानी धेरै थरी कीराका लागि बस्ने उपयुक्त ठाउँ हुन् ।  खाद्यवस्तुको उचित भण्डारण सागसब्जी र फलफूललाई लामो समय खुल्ला राख्नाले कीटपतंग आकर्षित हुने गर्छन् । त्यसैले सागसब्जी र फलफूललाई उपयुक्त भाँडामा छोपेर राख्ने गर्नुपर्छ । अन्य खाद्य पदार्थलाई पनि सही ठाउँमा भण्डार गर्नुपर्छ । भण्डारण गर्दा कुनै पनि सामग्री खुला राख्नुहुँदैन । घरभित्र आवश्यक नहुने सामग्री बाहिरै राख्ने व्यवस्था गनुपर्छ ।  फोहोरको उचित व्यवस्थापन  घरमा उब्जिने फोहोर संकलनका लागि निश्चित ठाउँ तय गर्नु जरुरी हुन्छ । फोहोरलाई नियमित विसर्जन गर्नु पनि त्यत्तिकै आवश्यक हुन्छ । फोहोर लामो समय रहन गए त्यहाँ कीरा हुर्किन थाल्छन् भने बाहिरबाट पनि कीटपतंग आउन थाल्छन् ।  बगैंचाको हेरचाह  घर कम्पाउन्डमा सागसब्जी, फलफूलको बगैंचा वा गमला छन् भने नियमित र एक–एक गरी सरसफाइ र हेरचाह गर्नुपर्छ । नियमित हेरचाह गरिएको बगैंचामा पुतली, खुम्ले कीरा आदि जीवले सताउने डर कम हुन्छ ।  जैविक कीटनाशकको प्रयोग  कीटपतंग निरुत्साहित गर्न गरिएका उपायका बाबजुद पनि कीराफट्यांग्राले सताउन थाले बजारमा पाइने केमिकलयुक्त विषादीको विकल्पमा पाइने प्राकृतिक कीटनाशक खरिद गर्न सकिन्छ । कृषि सामग्री, बिउबिजन पाइने पसलमा निमको तेल पाइन्छ । त्यसलाई प्राकृतिक रूपमै कीटाणु नाशकको रूपमा लिइन्छ । त्यसमा उचित मात्रामा पानी मिलाएर बगैंचा वा घरको अन्य स्थानमा छर्किनाले कीटपतंग नियन्त्रणमा ठूलो सहयोग गर्दछ । त्यस्तै, बगैंचा वा गमलामा अन्य बोटबिरुवाको साथमा तुलसी, लेमनग्रास, तितेपाती, बाबरी आदि पनि रोप्न सकिन्छ । लेमनग्रासको नजिक लामखुट्टे आउँदैन भने बाबरी, तुलसी पनि कीटपतंगमैत्री वनस्पति होइनन् ।

यसरी गरौं गुणस्तरीय इँटाको छनोट

काठमाडौं । भवन निर्माणमा इँटा प्रयोग शरीरको अस्थिपञ्जरजत्तिकै महŒवपूर्ण हुन्छ । गाउँघरमा ढुंगामाटोको घरमा ढुंगालाई नै प्रमुख आधार मानिन्छ । ढुंगामाटोको कच्ची भवनको सट्टा आधुनिक आरसिसी (पक्की) भवन निर्माणमा इँटा र इँटाजस्तै अन्य ब्लक प्रयोग गरिन्छ । इँटाले भवनको बाहिरी स्ट्रक्चर वा स्वरूप निर्धारण गर्ने काम गर्छ । भवनको पूर्ण आकृति यसमै निर्भर रहेको हुन्छ । घर निर्माणका लागि इँटाको छनोट सबैभन्दा बढी ध्यान दिनुपर्ने पक्ष हो । यसका लागि राम्रो, बलियो र गुणस्तरयुक्त इँटा हुनु आवश्यक छ । इँटाको सही छनोटका केही आधार रहेका छन् । राम्रो इँटा हुनुका केही गुण पहिचान गर्न आवश्यक छ । सोहीअनुसार रातो रंग भएको, बांगोटिंगो नभएको, चार कुना आकार मिलेको, अत्यधिक पाकेर कालो नभएको, दुई इँटाको जुधाइबाट मेटालिक आवाज निस्कने आदि विशेषताबाट राम्रो र गुणस्तरयुक्त छ भन्न सकिन्छ । इँटालाई गुणस्तरको आधारमा ए, बी, सी गरी विभिन्न श्रेणीमा विभाजन गरिएको हुन्छ । ए श्रेणीको इँटालाई गुणस्तरको मान्ने गरिन्छ । गुणस्तरको इँटा हुन ५ प्रतिशतभन्दा बढी पानी नसोस्ने वा २० प्रतिशतसम्म पानी सोस्नेलाई राम्रो र त्योभन्दा बढी पानी सोस्नेलाई नराम्रोमा गनिन्छ । नेपाल राष्ट्रिय भवन संहिता २०२:२०१५ अनुसार वालको मोटाइ २३० मिमि तोकिएको छ । सिमेन्ट र बालुवाको मिश्रण १:६ को हुनुपर्ने मात्रा तोकिएको छ । त्यसैगरी दुई इँटाबीचमा सिमेन्ट, बालुवाको मोटाइ १०(१६ मिमिको उपयुक्त मानिएको छ । इञ्जिनियर तिलक बानियाँका अनुसार सिमेन्ट, बालुवाको मोटाइ मेसिन मेड इँटा (चिनियाँ)मा १ सेमि र साधारण इँटामा १/२ इन्च हुनुपर्छ । यस कुरालाई सही मान्य हो भने पुरातात्त्विक भवनमा इँटाको बीचमा मसला एकदमै कम प्रयोग गरेको देख्न सकिन्छ । यस आधारमा बानियाँको कुरा सही हुन जान्छ । घरको ग्राउन्ड फ्लोरको वालको मोटाइ १४ इन्च र दोस्रो तलाको मोटाइ ९ इन्च हुनुपर्ने स्पष्ट मापदण्ड तोकिएको छ । टुटफुट र छरपस्ट हुनबाट बचाइ सुरक्षितसाथ राख्न इँटालाई चाङ (स्ट्याक) मिलाएर राख्नुपर्छ । इँटालाई सकभर साइडको नजिकमा काम गर्न सजिलो हुने गरी राख्नु बुद्धिमानी हुन्छ । स्ट्याक मिलाउँदा ७ फिटभन्दा बढी अग्लो र खुकुलो हुनु हुँदैन । नेपालमा प्रयोगमा रहेका इँटा नेपालमा इँटा प्रयोगको लामो इतिहास पाइन्छ । विशेषगरी पुरातात्त्विक मठमन्दिर, स्तुपा, कुवा तथा भवनमा इँटा प्रयोग भएको पाइन्छ । नेपालमा गुणस्तरयुक्त माटो हुनु र आवश्यकताअनुसार विभिन्न साइज तथा कलात्मकता दिन सजिलोको कारण इँटा प्रयोगमा वृद्धि हुँदै गएको देखिन्छ । नेपालमा प्राप्त अभिलेखअनुसार विभिन्न प्रकारका इँटा प्रयोग भएको पाइन्छ । त्यस समयका केही इँटाका नाममा नगोल, कासिमो, दाची आप्पा, मा आप्पा, बा आप्पा, फा बुट्टा झल्लर, तु आप्पा, काची आप्पा, फाल्हो आप्पा, झल्लर बुट्टा, नाग आप्पा आदि प्रमुख छन् । यिनको नामअनुसार  आप्पालाई आगोमा पोलेको साधरण इँटा मानिन्छ । मा आप्पालाई तेलिया, बा आप्पालाई सजावटयुक्त (डेकोरेट), दाची आप्पालाई क्रोनिकल, काची आप्पालाई बेक्ड गरिएको, तु आप्पालाई गोलाकार कुवामा प्रयोग गरिने इँटाको रूपमा चिनिन्छ । यसलाई मठमन्दिर बनाउन बनाउन प्रयोग गरिन्छ । यसमा आकर्षक आकृति तथा बुट्टा कुँदिएको हुन्छ र चित्ताकर्षक रुपमा बनाइएको हुन्छ । यी इँटा प्रयोगले विभिन्न देवीदेवताको आकृतिले मन्दिरको रूपमा परिचित गराउँछ । यस्ता इँटाको प्रयोग विश्वसम्पदा सूचीमा परेका क्षेत्र र केही आधुनिक भवनमा समेत भइरहेको देख्न सकिन्छ । बढी प्रचलनमा रहेका इँटा नेपालमा बढी प्रयोग गरिने इँटामा पर्छ, चिम्नी वा अग्लो भट्टीमा पकाएको माटोबाट बनेको साधारण इँटा । स्थानीय रूपमा कामदार प्रयोग गरेर उत्पादित इँटा नै बढी प्रचलित छ, जुन सबैले प्रयोग गर्न सबभन्दा सस्तो मानिन्छ किनकि योभन्दा सस्तो उत्पादनै हुँदैन । भए पनि कमसल, बांगोटिंगो हुन्छ, जसलाई वालको रूपमा प्रयोग गर्न असम्भव छ । घाममा सुकाएर बनाइएको इँटा छिटो बिग्रने र पानीले चाँडै गल्ने स्वभावको हुन्छ । नेपालमा हरिसिद्धि इँटा, टायल कारखानाबाट चिनियाँ मेसिन प्रयोग गरेर उत्पादित सफा र चिटिक्क परेको इँटा प्रयोग गरेर घर निर्माण गरेका काठमाडौंबासीको स्मरणमा अझै ताजै हुनुपर्छ । यस्तै, मिल्दोजुल्दो आकारको इँटाको उत्पादन हुँदै आएको छ । यो स्थानीय परम्परागत इँटाभन्दा साइजमा केही ठूलो हुन्छ । त्यसैगरी बुट्टेदार (कारनेक्स) इँटा पनि उत्पादन हुँदै आएको छ । इँटाको प्रयोग र लागत अनुमान नेपालमा इँटाको साइज ठ्याक्कै खुट्याउन कठिन न्छ । नेपाल राष्ट्रिय भवन संहिता (एनबिसी १०९:१९९४) अनुसार इँटाको स्ट्यान्डर्ड साइज तोकिएको छ । सोहीअनुसार लम्बाइ २४० मिमि, ११५ मिमि चौडाइ र ५७ मिमि मोटाइ रहेको छ । बजारमा इँटाको साइज ९.५ गुणा ४.५ इन्च रहने भनिएको छ । इँटाको साइजको आधारमा एउटा चारकोठे घरको वाल निर्माणमा कति इँटा लाग्छ भनेर लागत अनुमान र संख्या निकाल्ने गरिन्छ । घरको नक्सामा झ्यालढोका र अन्य केही सबैको साइज तोकिएकामा त्यसको नाप कटाएर इँटाको संख्या निकाल्न सकिन्छ । झ्यालढोकाको साइज कति भन्ने जानकारी नभई इँटाको ठ्याक्कै यकिन संख्या निकाल्न नसकिने इञ्जिनियर बानियाँ बताउँछन् । जयश्री नवदुर्गा निर्माण सामग्री सप्लायर्स प्रोप्राइटरका अनुसार ठिक्क साइजको चार कोठे घर निर्माणमा २५ गोटा हजार इँटा लाग्ने गर्छ । अनुभवी मिस्त्रीको भनाइमा पनि अनुमान केही मिल्न जाने गरेको पाइन्छ । इञ्जिनियरिङ नियमअनुसार घरको साइज र त्यसमा प्रयोग गरिने झ्यालढोकाको अन्तिम साइज पूरा गरेर इँटाको वास्तविक संख्या निकालिन्छ । फरक–फरक इँटाको मूल्य इँटाको मूल्यमा कम्पनीअनुसार केही फरक पर्ने बताउँछन्, जयश्री नवदुर्गा निर्माण सामग्री सप्लायर्सका प्रोप्राइटर । उनको भनाइअनुसार साधारण इँटा प्रतिगोटा मूल्य १७ र चिनियाँ साइजको इँटाको मूल्य २२ रुपैयाँ पर्छ । बजार मूल्यअनुसार प्रतिहजारको १४ हजारदेखि १६ हजारसम्म रहेको पाइन्छ ।

आयातका लागि ५ महीनामा रू. ८ खर्ब ३८ अर्ब बाहिरियो

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा सामान आयातका लागि नेपालबाट ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा भएको गत आव २०७७/७८ को तुलनामा ५९ दशमलव ५५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालले आयातका लागि ५ खर्ब २५ अर्ब  ४९ करोड रुपैयाँ खर्च गरेको थियो । पेट्रोलियम पदार्थ आयातमा धेरै रकम खर्च भएको देखिन्छ । त्यसपछि सवारीसाधन तथा पार्टपुर्जा, मेशिनरी तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, टेलिकम्युनिकेशन सामग्री, औषधि, कच्चा पाम तेल, एमएस बिलेट, सुन र चाँदीका लागि ठूलो रकम बाहिरिएको छ । यस अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भटमास र पामतेल मात्र ५७ अर्ब ९८ करोड रुपैयाँको निर्यात भएको छ । गतवर्षको तुलनामा निर्यात १ सय ५ दशमलव ६१ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । गत आवको सोही अवधिमा नेपालबाट ५० अर्ब ५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । बाहिरी मुलुकबाट कच्चा सोयाबिन र पाम तेल ल्याएर नेपालमा प्रशोधन गरी बाहिरिने गरेको छ । यसले गर्दा निर्यातको वृद्धिदर उच्च देखिएको भए पनि यसले व्यापारघाटामा भने योगदान गरेको देखिँदैन । आयात र निर्यातको सन्तुलन मिल्न नसक्दा ५ महीनामा व्यापारघाटा पनि उत्तिकै बढेको छ ।  चालू आवको  ५ महीनामा नेपालको कुल वैदेशिक व्यापारघाटा ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँको छ । यो गत आवको तुलनामा ५४ दशमलव ७० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापारघाटा  ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ थियो । चालू आवको ५ महीनाको तथ्यांक हेर्दा प्रतिदिन २ अर्बभन्दा बढी व्यापारघाटा हुने गरेको छ । नेपालमा सबैभन्दा बढी आयात भारतबाट हुने गरेको छ । भारतसँग मात्रै ५ महीनामा ४ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपालले भारतमा ८४ अर्बको वस्तु निर्यात गर्दा त्यहाँबाट मात्रै रू. ५ खर्बको वस्तु आयात गरेको छ । पूर्वसचिव चन्द्र घिमिरेका अनुसार कमजोर उत्पादनस्तरमा सुधार गर्दै प्रतिस्पर्धात्मक, तुलनात्मक लाभ र विधि किसिमका वस्तुहरूको उत्पादनमा बढोत्तरी ध्यान दिन नसक्दा व्यापारमा सन्तुलन आउन सकेको छैन । यस्तो खालको उत्पादनमा ध्यान दिने हो भने एकातर्पm आयात प्रतिस्थापन गर्ने र अर्काेतर्फ निर्यात वृद्धि गर्न सकिन्छ । ‘माग विस्तारका कारण आयात धान्न नसक्ने देखियो’ पछिल्लो ५ महीनाको आँकडा हेर्दा निर्याततर्फ सुधार नै भएको देखिन्छ । गत आवमा निर्यात १ खर्ब नाघेको छ । यो पहिलोपटक भएको हो । चालू आवको छोटो समयमै १ खर्ब नाघिसकेका छौं । यही गतिमा जाने हो भने २ देखि अढाइ खर्बको हाराहारीमा यो आर्थिक वर्षमा निर्यात हुने देखिन्छ । तर, आयात त्यो भन्दा ठूलो गतिमा बढेर गएको छ । हाम्रो आयमा जुन विस्तार भएको छ, त्यसले बजारमा माग पनि विस्तार भएको देखिन्छ । मागमा आएको विस्तारले आयात धन्न नसक्ने अवस्था आएको देखियो । अहिले बजारमा चार खाले वस्तुको बढी माग देखिन्छ । त्यो हो, उपभोग्य वस्तु, विलासिताका वस्तु, औद्योगिक कच्चापदार्थ र पूँजीगत लगानीका लागि आउने वस्तुको माग । यीमध्ये विलासिताका वस्तुहरूको माग बढ्नु हाम्रो लागि राम्रो होइन । आयात बढ्नुमा पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय मूल्य वृद्धि पनि कारण रहेको देखिन्छ । पूँजीगत लगानीमा आएका वस्तुहरूमा आएका समाग्रीले समेत व्यापारघाटामा सघाउ पुर्‍याएको छ । त्यसले भोलिको दिनमा हामीलाई ‘रिटर्न’ दिने भएकाले आत्तिनु पर्दैन ।

घरमा रङरोगन : सुरक्षा र सजावट दुवैका लागि लाभदायक

काठमाडौं । परम्परागत रूपमा नेपाली समाजमा घर रंग्याउनु धर्म, संस्कारसँग जोडिएको छ । विशेषगरी दशैं, तिहारजस्ता पर्वमा घर शृंगारपटार गरेर चिटिक्क पार्नु धार्मिक प्रतिष्ठा मान्ने गरिन्छ । तर, आधुनिक समाजमा घर रंग्याउनु सजावटको प्रमुख स्रोत पनि हो । घर आकर्षक बनाउन र बाहिरी भाग सुरक्षित राख्न रङको प्रयोग गरिन्छ । घरको रङ भित्री र बाहिरी गरी दुई थरीको हुन्छ । घरको भित्री भागमा प्रयोग गरिने रङमा टिकाउको कुनै वारेन्टी नहुने राजमाता इन्टरनेशनलका प्रोप्राइटर श्यामसुन्दरप्रसाद यादव बताउँछन् । यसको कारण हो, कोरिने, सुरक्षा विधि नअपनाउने, आगो र धुँवाबाट क्षति हुन सक्नेजस्ता समस्या । बाहिरी भागमा भने ७ देखि १० वर्षसम्मको वारेन्टी दिन सकिने उनले बताए । भनिन्छ, रङको प्रयोगले मानिसमा आनन्दानुभूति हुने, खुसी महसुस हुने, ऊर्जा दिने, सकारात्मक सोच र जोशजाँगर आउने आदिको प्रभाव हुन्छ । बजारमा ग्राहकको इच्छाअनुसार रङ पाइन्छन् । रातो, पहेंलो र नीलोलाई प्राकृतिक रङ भनिन्छ । अन्य रङ भनेको यिनै रङको संयोजन हो । आफ्नो चाहनाअनुसारको रङका लागि उत्पादक कम्पनीले तयार पारेको क्याटलगअनुसार छान्न सकिन्छ । त्यो छानेको रङअनुसार एकभन्दा बढी रङको मिश्रणबाट तयार गरिन्छ । त्यसपछि अनुभवी पेन्टरद्वारा घर रंग्याउनु उचित हुन्छ । घरको बाहिरी भागमा रङ लगाउँदा टिकाउ र वालको सुरक्षा गर्न मिल्ने गरी रङको प्रयोग गर्न सकिने सुविधा छ । इञ्जिनियर तिलक बानियाका अनुसार अहिले बजारमा वेदरकोट रङ छानीछानी र रोजीरोजी उपलब्ध छ । यसले घरको सुरक्षामा समेत सहयोग पुर्‍याउँछ । घरको वाल खुइलिन नदिने, लेउ लाग्नबाट बचाउने, भित्ता बिग्रनबाट जोगाउनेजस्ता कार्यमा यसले सहयोग पुर्‍याउँछ । रङ लगाउँदाका फाइदा भित्तामा लेउ लाग्नबाट बचाउँछ । वाल खुइलिन र चर्किन दिँदैन । खिया लाग्नबाट बचाउँछ । ओस प्रतिरोधात्मक हुन्छ । धुलो प्रतिरोधात्मक हुन्छ । बाहिरी हावापानी, सूर्यको किरण, प्रदूषण आदिबाट रोक्ने कार्य गर्दछ । त्यति मात्र होइन, यसले घरलाई आकर्षक र सुरक्षित बनाउनमा सहयोगी भूमिका खेल्छ । सात वर्षे वारेन्टी रङको प्रयोग विधि रङ टिकाउ र बलियो बनाउन सही प्रयोग आवश्यक हुन्छ । जसअनुसार पहिलो कोट इलास्टो प्रयोग गर्ने । दोस्रो कोट डब्लुपी वालपुट्टी प्रयोग गर्ने । तेस्रो कोटमा इलास्टो प्रयोग गरिन्छ र चौथो कोट अर्थात् अन्त्यमा अलगार्ड रङ लगाइन्छ । दस वर्षे वारेन्टी रङको प्रयोग विधि रङ प्रयोगमा जति ध्यान दिइन्छ, त्यति नै टिकाउ हुने भएकाले विधि पुर्‍याउनु आवश्यक छ । यही विधि प्रयोग गरी घर रंग्याउँदा १० वर्षे वारेन्टी हुने विश्वास दिलाइन्छ । यसअनुसार पहिलो कोटमा पियु कोट प्रयोग गरिन्छ । दोस्रो कोटमा डब्लुपी वालपुट्टी प्रयोग गरिन्छ । तेस्रो कोटमा पियु कोटको प्रयोग गरिन्छ र चौथो कोट अर्थात् अन्त्यमा लङ लाइफ रङ प्रयोग गरिन्छ । अनुभवी मिस्त्री रङ लगाउन वारेन्टी भनेर मात्र नहुने यादव बताउँछन् । पूर्ण वारेन्टीका लागि रङ कम्पनीबाट तालिम प्राप्त पेन्टर आवश्यक पर्छ । कम्पनीबाट रङको डिलरलाई प्रयोग गर्नेसम्बन्धी तालिम र ज्ञान उपलब्ध गराइएको हुन्छ । सोहीअनुसार प्रयोग गरे मात्र त्यसको टिकाउपनको वारेन्टी पाउन सकिन्छ । अर्थात्, रङ लगाउन केही मापदण्ड तोकिएको हुन्छ । सोहीअनुसार प्रयोग गर्नु आवश्यक छ । मापदण्ड वा सही मिश्रण र प्रयोग तरिकामा एकरूपता भए मात्र टिकाउनपन वारेन्टी हुन सक्छ । घरको बाहिरी भागमा प्रयोग गरिने रङको मिश्रण घरको बाहिरी भागमा प्रयोग गरिने विभिन्न रङको संकलन पाइन्छ, जुन रङको ब्रोसर डिलरमा उपलब्ध हुन्छ र इच्छाएको रङ प्रयोग गर्न सकिन्छ । केही कलेक्सनको नाम यहाँ उल्लेख गर्नु सान्दर्भिक छ । जस्तो, नेचुरल्स, येल्लो र ओकर्स, पिचेस र ब्राउन, पिन्क र पर्पल, ब्लु र अक्वा, ग्रिन र लाइम आदि प्रमुख छन् । आफ्नो इच्छाअनुसारको रङ छनोटलाई डिलरले घरको नापअनुसार चाहिने आवश्यक रङ मिश्रण गरी तयार गरिदिन्छन् । सो रङलाई अनुभवी पेन्टरबाट प्रयोग गर्नुपर्छ । घरको भित्री भागमा प्रयोग गरिने रङको मिश्रण घरको भित्री भागमा प्रयोग गरिने रङको संयोजन छुट्टै किसिमको हुन्छ । रङको डिलरको सल्लाहबमोजिम छनोट गरी प्रयोग गर्ने सुविधा बजारमा उपलब्ध छ । येल्लो र ओरेन्ज, पिच र ब्राउन, ब्लु र टिल, ओलिभ र ग्रिन, पास्टेल र नेचुरल आदि प्रमुख छन् । घरमा रङ लगाउँदा खर्चको कन्जुस्याइँ गरेर केही दिनका लागि मात्र वा टिकाउ नहुने रङको प्रयोग राम्रो मानिँदैन । खर्च कम गर्ने नाममा गरिने कतिपय रङ पुछिने, उजाड हुँदै जाने, खुइलिएर जानेजस्ता समस्या देख्न सकिन्छ । त्यसले भित्ता वा वालको सुरक्षा गर्दैन र रङ लगाउनुको अर्थ पनि रहँदैन । घर रंग्याउनु भनेको घर सजाउनु हो र घरको सुरक्षा पनि गर्ने भएकाले सकभर वारेन्टी भएको रङ प्रयोग गर्नु बृद्धिमानी हुन्छ ।

कोभिड महामारीपछि सबैभन्दा सुरक्षित विश्वका तीन सहर

आधुनिक इतिहासमा सम्झना भएसम्म कोभिड-१९ ले जति सहरिया जीवनलाई अरू थोकले प्रभाव पारेको छैन। सहरमा रहेका कार्यालयको बन्दाबन्दी र रेस्टुराँमा लगाइएका प्रतिबन्धदेखि महामारीलाई लिएर अपनाइएका अनिवार्य मास्क लगाउने जस्ता सावधानीका व्यवस्था दीर्घकालसम्म रहने सम्भावना छ। सन् १९२० को सुरुवातमा स्पेनिस फ्लू देखा पर्दा १४ प्रतिशत मानिसहरू मात्रै सहरमा बस्थे तर अहिले उक्त जनसङ्ख्या बढेर ५७ प्रतिशत पुगेको छ। त्यसको परिणामस्वरूप आफ्नो जनसङ्ख्याको रक्षा गर्न सहरहरू स्वास्थ्य र सम्पूर्ण सुरक्षामा अझ चनाखो बन्नुपरेको छ।हालै इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले सुरक्षित सहरबारेको इन्डेक्स तयार पारेको छ जसले ६० वटा सहरहरूलाई पूर्वाधार, प्रविधिमैत्री जीवन, व्यक्तिगत सुरक्षा, वातावरणीय प्रभाव र स्वास्थ्यका मापदण्डका आधारमा मूल्याङ्कन गरेको छ। त्यसमा सबैभन्दा बढी सुरक्षित ठहरिएका तीन सहरका महामारीपछि कस्ता परिवर्तनहरू देखिए?कोपनहेगनसूचीमा सबैभन्दा उच्च स्थानमा रहेको डेनमार्कको राजधानी वातावरण सुरक्षाका मापदण्डमा अब्बल देखिएको छ।उक्त मापनमा नवीकरणीय ऊर्जा, वायु गुणस्तर, फोहर व्यवस्थापन र सहरी क्षेत्रमा रहेको वन पर्छन्। ती पूर्वाधारका कारण महामारीसँग जुझ्न उक्त सहरलाई सहज भएको थियो र त्यहाँ सन् २०२१ को सेप्टेम्बरयता निषेधाज्ञाहरू पूर्ण रूपमा हटाइएको छ। महामारीको समयमा कोपनहेगनका पार्क र हरित क्षेत्र एवं जलमार्गहरू व्यापक लोकप्रिय भएको बताइन्छ।उक्त सहरले मानिसहरूलाई महामारीमा सहयोग पुगोस् भनेर कोरोना गाइड समेत तयार गरेको थियो र बाहिरी क्षेत्रमा मानिसहरूले दूरी कायम गरून् भन्नका लागि सङ्केत चिन्हहरू राखिएको थियो।सुरक्षित सहरसम्बन्धी इन्डेक्समा भ्रष्टाचारको नियन्त्रण र सहरको सुरक्षाबीच उच्च सम्बन्ध रहेको पाइएको थियो। विश्वमै सबैभन्दा कम भ्रष्टाचार रहेको डेनमार्कका नागरिकहरूलाई आफ्ना निकायहरू र एक अर्कालाई महामारीको अवधिभर भरोसा गर्नु कुनै आश्चर्यको विषय रहेन।   कोपनहेगनले एउटा वृहत् कोभिड परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ जसअनुसार पर्यटकसहित सबैले निःशुल्क परीक्षण गराउन सक्छन्। उक्त सहरले फोहोर पानीको परीक्षण गरेर महामारीबारे अनुगमन गर्ने प्रक्रिया पनि अघि बढाएको छ।टोरन्टो क्यानडाको दोस्रो ठूलो सहर टोरन्टो पूर्वाधार र वातावरण सुरक्षामा बलियो अङ्कहरू प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ।त्यहाँका बासिन्दाले समावेशी संस्कृतिले समुदाय स्तरमा खोपको सचेतना र स्वीकारमा महत्त्वपूर्ण भूमिका खेलेको विश्वास गर्ने गरेका छन्।सहरलाई सुरक्षित बनाउन टोरन्टोले कैयौँ समुदाय विशेषलक्षित खोप कार्यक्रमहरू अघि बढाएको थियो। स्थानीय समुदायले बहुसंस्कृतिको लामो इतिहासले पनि सहरलाई सुरक्षित बनाएको ठान्छन्।सन् १९९८ देखि त्यहाँ बसिरहेकी फिलिपे भेरनान्जा भन्छिन्, 'टोरन्टोमा क्यानडा बाहिर जन्मिएर बस्न आउनु सामान्य हो। मलाई लाग्छ कैयौँ जातीय र सांस्कृतिक समूहहरू एकआपसमा अन्तरक्रिया गर्छन् र एक्लै बस्दैनन्।'विभिन्न जाति र लैङ्गिक एवं धार्मिक समुदायका व्यक्तिहरूका लागि टोरन्टो 'खुला सहर' भएको उनले बताइन्।सिंगापुर डिजिटल सुरक्षा, स्वास्थ्य सुरक्षा र पूर्वाधार सुरक्षामा सिङ्गापुर तेस्रो स्थानमा छ।महामारीको प्रारम्भिक दिनमा डिजिटल निगरानी र कन्टयाक्ट ट्रेसिङको काम उसले द्रुत गतिमा अघि बढाएको थियो।उक्त देश आफ्नो उच्च खोप दरलाई लिएर पनि गर्व गर्छ। तर त्यहाँ अहिले पनि नयाँ प्रकारका कोरोनाभाइरस देखा पर्न सक्ने कुरालाई ध्यान दिएर कडा अनुगमन र कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकता दिएको छ।'कुनै भवनमा प्रवेश गर्नुअघि सबै बासिन्दाहरूले आफ्नो ट्रेसटुगेदर टोकन वा फोन एप सेफइन्ट्री चेक इन गर्नुपर्छ,' यात्रासम्बन्धी ब्लग चलाउने सिङ्गापुरका बासिन्दा साम ली भन्छन्।त्यसबाट अधिकारीहरूलाई सङ्क्रमित व्यक्तिहरूसँग सम्पर्कमा पुगेका व्यक्तिहरूको पहिचान गर्न सहज हुने र सङ्क्रमण फैलन रोक्न क्वारन्टीन आदेश जारी गर्न सहज भएको उनको भनाइ छ।यात्रुहरूले सिङ्गापुर प्रवेश गर्नुअघि ट्रेसटुगेदर टोकन लिनुपर्ने या त्यो जडित भएको फोन भाडामा लिनुपर्ने हुन्छ।सार्वजनिक यातायातमा भिडभाड नहोस् भन्नका लागि घरबाटै काम गर्ने अभ्यासलाई बढी प्राथमिकतामा राखिएको छ।सपिङ मल र पर्यटकहरूमाझ लोकप्रिय क्षेत्रमा भीड र सामाजिक दुरी अनुगमन गर्ने व्यक्तिहरू खटाइएको छ र नियम मिच्ने व्यक्तिहरूलाई कडा जरिबानाको व्यवस्था छ। -बिबिसी

घरको सिलिङबाट पानी चुहिन्छ ? यसरी गर्नुस् रोकथाम

काठमाडाैं । घर निर्माण गरेर मात्रै हुँदैन, त्यसको रेखदेख झनै महत्वपूर्ण हुन्छ । घरको माथिल्लो तलाको सिलिङबाट पानी रसाएर चुहिने अर्थात् सीपेजको समस्याबाट धेरै घरधनी वाक्कदिक्क भएको पाइन्छ । यस्तो समस्या ०७२ को भूकम्प पहिले बनेका र पुराना घरमा बढी देखिएको विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारले बताउँछन् । पक्की घरको ढलानबाटै हुने यस्तो समस्या घरधनीका लागि बढी टाउको दुखाइको विषय किन पनि बन्छ भने अधिकांश यस्ता सीपेज कुन बिन्दुबाट भएको हो भन्ने यकिन गर्न गाह्रो हुन्छ । कुनै बिन्दुबाट सुरु भएको सीपेज विस्तारै रसाएर अलग्गै ठाउँबाट चुहिने सम्भावना भएको हुँदा पनि यसको निश्चित ठाउँ पत्ता लगाउन चुनौतीपूर्ण हुन्छ । यसबाट कतिपय अवस्थामा पूरै छतलाई नै मर्मत गर्नुपर्ने हुन सक्छ, जुन समय र खर्चको हिसाबले अधिक महँगो पर्न जान्छ । सीपेज समस्याका कारण मर्मत झन्झटिलो र महँगो पर्न सक्ने भएकाले घर निर्माणको समय छत ढलान तथा प्लास्टर बिछ्याउँदा सावधानी अपनाउनु बुद्धिमानी हुन्छ । घर निर्माणका लागि ठेकेदारलाई जिम्मा दिएपछि उसैको भर पर्ने बानी हामी अधिकांशमा हुन्छ । कामको व्यस्तताले पनि हामीमाथि त्यस्तो बाध्यता आउन सक्छ । तर, ढलान तथा प्लास्टर लगाउने समय आफैं उपस्थित भएर ढलानका लागि तयार पारिएको मसला (गिटी, सिमेन्ट र बालुवाको घोल) मा चाहेको वा ठेकदारसँगको सहमति र मापदण्डअनुसार भए÷नभएको यकिन गर्नुपर्दछ । घरको सबैभन्दा माथिल्लो गढलान गर्दा उपयोग हुने मसलामै पानी प्रतिरोधक (वाटरप्रुफ) केमिकल मिसाएर ढलान गर्नाले भविष्यमा सीपेज हुने सम्भावनालाई हटाउन सक्छ । ढलानकै समय विचार गर्नुपर्ने दोस्रो कुरा भनेको मसला खन्याइसकेपछि त्यसलाई राम्ररी घुलमिल गर्न लगाउनुपर्दछ । राम्ररी ‘भाइब्रेट’ नगरे ढलान बीचमै खाली ठाउँ ( रहन सक्ने र त्यस्तो खाली ठाउँ पछि सीपेज हुने कारण बन्न सक्छ । छत ढलानकै समय ध्यान दिनुपर्ने तेस्रो महत्वपूर्ण कुरा भनेको छतमा पानी जमाएर राख्नु हो । ढलान जमिसकेपछि पानीलाई घेरेर जमाउने सामान्य प्रचलन भए पनि यसरी पानी जमाउने क्रममा तोकिएको अवधि कम्तीमा सात दिन पूरा भएको यकिन गर्नुपर्दछ । यसरी जमाएर राखेको पानी तल चुहे÷नचुहेको यकिन गर्नुपर्दछ । उक्त अवधिमा पानी चुहिए तत्काल पुनः मर्मत गर्नुपर्ने हुन्छ भने नचुहिए ढलान मापदण्डअनुसार भएको ठानिन्छ । ढलानपछि छतको बाहिरी भाग चिल्ल्याउने समय कोरा मसिनो गर्ने क्रममा बर्खाबाट जम्मा हुने पानी सजिलै उपयुक्त निकासबाट बाहिर जाने व्यवस्था गरिनुपर्दछ । यसरी चिल्याउने क्रममा अन्यत्र अग्लो र निकासतर्फ थोरै होचो हुनु आवश्यक छ । ठूलो क्षेत्रफलको छतमा अग्लो, होचो मिलाउन चुनौती हुन सक्छ । निकासतर्फ होचो नभई पानी निकास जम्ने र त्यही जमेको पानी विस्तारै रसाउनु सीपेज हुने एक प्रमुख कारण हो । त्यसैले छत चिल्याउने समय पनि विशेष ध्यान दिनु जरुरी छ । छत चिल्याउँदा उपयोग हुने सामग्रीमा पनि पानी प्रतिरोधी केमिकल मिसाउनाले सीपेज रोक्न थप बल पुग्छ । छतका साथै भित्ताबाट पनि पानी रसाउने समस्या समयान्तरमा हुन सक्छ । भित्ताबाट पानी रसाउने समस्याको मुख्य कारण पानीको पाइप हो । नवनिर्मित घरमा पानीको पाइप पर्खाल भित्रैबाट राख्ने वा बाहिर राख्ने विकल्प हुन्छन् । पानीको मुख्य पाइप पर्खाल बाहिरै राख्नाले केही समस्या आए पर्खालमा सीपेज हुने समस्या हुँदैन । पाइपमा कुनै खराबी आएमा बाहिरैबाटै देख्न सकिने हुदाँ मर्मतसम्भार गर्न सजिलो हुन्छ । मुख्य पाइपबाट बाथरुम वा भान्सामा लगिएको पाइप पर्खाल भित्रैबाट लैजाने गरिन्छ । त्यस्तो पाइपका जोर्नीमा सावधानीपूर्वक जोड्न र पानी नचुहिने यकिन गर्न सम्बन्धित काम गर्ने व्यक्तिलाई भन्नुपर्दछ । भित्ता तथा छतको भित्री भागमा लगाइने रंगरोगन पनि हिजोआज पानी प्रतिरोधि तत्वयुक्त पाइन्छ । रंगरोगन गर्दा स्तरीय पेन्ट प्रयोगले पनि पानी रसाउने समस्याबाट मुक्तिका लागि केही सहयोग गर्दछ । छत वा पर्खालबाट पानी रसाउने समस्या हुनै नदिन माथि उल्लिखित सावधानी अपनाएपछि पनि केही गरी सीपेज भए थाहा पाउनेबित्तिकै समाधानको उपाय खोजिहाल्नुपर्दछ । थोरै हो भनेर बर्खा सकिएपछि आफैं रोकिनेजस्ता सोचाइ राख्नाले समस्या झन् बढ्छ र मर्मत गर्न बढी झन्झटिलो र महँगो पर्न जाने हुन्छ । कुनै कारणले छत फुटेर (क्र्याक) भएको सामान्य सीपेज हो भने बजारमा पाइने केमिकल जस्तै, डाक्टर फिक्सइट र सिमेन्टको माध्यमबाट आफैं समाधान गर्ने प्रयास गर्न सकिन्छ । अन्यथा दक्ष प्राविधिककै सहयोग लिइहाल्नुपर्दछ । त्यस्तो मर्मतसम्भारका लागि हिजोआज काठमाडौंलगायत ठूला सहरमा पुरानो घरसंरचना मर्मतसम्भार गर्ने दक्ष र व्यावसायिक कम्पनी वा प्राविधिकलाई सजिलै पाउन सकिन्छ ।