आयातका लागि ५ महीनामा रू. ८ खर्ब ३८ अर्ब बाहिरियो

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा सामान आयातका लागि नेपालबाट ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा भएको गत आव २०७७/७८ को तुलनामा ५९ दशमलव ५५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालले आयातका लागि ५ खर्ब २५ अर्ब  ४९ करोड रुपैयाँ खर्च गरेको थियो । पेट्रोलियम पदार्थ आयातमा धेरै रकम खर्च भएको देखिन्छ । त्यसपछि सवारीसाधन तथा पार्टपुर्जा, मेशिनरी तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, टेलिकम्युनिकेशन सामग्री, औषधि, कच्चा पाम तेल, एमएस बिलेट, सुन र चाँदीका लागि ठूलो रकम बाहिरिएको छ । यस अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भटमास र पामतेल मात्र ५७ अर्ब ९८ करोड रुपैयाँको निर्यात भएको छ । गतवर्षको तुलनामा निर्यात १ सय ५ दशमलव ६१ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । गत आवको सोही अवधिमा नेपालबाट ५० अर्ब ५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । बाहिरी मुलुकबाट कच्चा सोयाबिन र पाम तेल ल्याएर नेपालमा प्रशोधन गरी बाहिरिने गरेको छ । यसले गर्दा निर्यातको वृद्धिदर उच्च देखिएको भए पनि यसले व्यापारघाटामा भने योगदान गरेको देखिँदैन । आयात र निर्यातको सन्तुलन मिल्न नसक्दा ५ महीनामा व्यापारघाटा पनि उत्तिकै बढेको छ ।  चालू आवको  ५ महीनामा नेपालको कुल वैदेशिक व्यापारघाटा ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँको छ । यो गत आवको तुलनामा ५४ दशमलव ७० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापारघाटा  ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ थियो । चालू आवको ५ महीनाको तथ्यांक हेर्दा प्रतिदिन २ अर्बभन्दा बढी व्यापारघाटा हुने गरेको छ । नेपालमा सबैभन्दा बढी आयात भारतबाट हुने गरेको छ । भारतसँग मात्रै ५ महीनामा ४ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपालले भारतमा ८४ अर्बको वस्तु निर्यात गर्दा त्यहाँबाट मात्रै रू. ५ खर्बको वस्तु आयात गरेको छ । पूर्वसचिव चन्द्र घिमिरेका अनुसार कमजोर उत्पादनस्तरमा सुधार गर्दै प्रतिस्पर्धात्मक, तुलनात्मक लाभ र विधि किसिमका वस्तुहरूको उत्पादनमा बढोत्तरी ध्यान दिन नसक्दा व्यापारमा सन्तुलन आउन सकेको छैन । यस्तो खालको उत्पादनमा ध्यान दिने हो भने एकातर्पm आयात प्रतिस्थापन गर्ने र अर्काेतर्फ निर्यात वृद्धि गर्न सकिन्छ । ‘माग विस्तारका कारण आयात धान्न नसक्ने देखियो’ पछिल्लो ५ महीनाको आँकडा हेर्दा निर्याततर्फ सुधार नै भएको देखिन्छ । गत आवमा निर्यात १ खर्ब नाघेको छ । यो पहिलोपटक भएको हो । चालू आवको छोटो समयमै १ खर्ब नाघिसकेका छौं । यही गतिमा जाने हो भने २ देखि अढाइ खर्बको हाराहारीमा यो आर्थिक वर्षमा निर्यात हुने देखिन्छ । तर, आयात त्यो भन्दा ठूलो गतिमा बढेर गएको छ । हाम्रो आयमा जुन विस्तार भएको छ, त्यसले बजारमा माग पनि विस्तार भएको देखिन्छ । मागमा आएको विस्तारले आयात धन्न नसक्ने अवस्था आएको देखियो । अहिले बजारमा चार खाले वस्तुको बढी माग देखिन्छ । त्यो हो, उपभोग्य वस्तु, विलासिताका वस्तु, औद्योगिक कच्चापदार्थ र पूँजीगत लगानीका लागि आउने वस्तुको माग । यीमध्ये विलासिताका वस्तुहरूको माग बढ्नु हाम्रो लागि राम्रो होइन । आयात बढ्नुमा पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय मूल्य वृद्धि पनि कारण रहेको देखिन्छ । पूँजीगत लगानीमा आएका वस्तुहरूमा आएका समाग्रीले समेत व्यापारघाटामा सघाउ पुर्‍याएको छ । त्यसले भोलिको दिनमा हामीलाई ‘रिटर्न’ दिने भएकाले आत्तिनु पर्दैन ।

सम्बन्धित सामग्री

काेषमा ३८ अर्ब ६५ करोड संकलन

सामाजिक सुरक्षा योजनामा ३८ अर्ब ६५ कारोड रुपैयाँ बराबरको योगदान रकम संकलन हुँदा ५ अर्ब ११ करोड रुपैयाँ बराबरको सामाजिक सुरक्षा रकम लाभग्राहीलाई भुक्तनी गरिएको छ । २०७५ साल मंसिरबाट शुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा औपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारी, वैदेशिक रोजगारीमा गएका श्रमिकले हालसम्म ३८ अर्ब रुपैयाँ योगदान रकम जम्मा गरेका […]

खुद सेवा आय ३८ अर्ब ४५ करोडले घाटामा

काठमाडौं, ३० फागुन। नेपाल राष्ट्र बैंकले पछिल्लो सात महिनामा खुद सेवा आय ३८ अर्ब ४५ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ। २०७९ साउनदेखि माघ मसान्तसम्मको अवधिमा खुद सेवा आयमा उक्त घाटा रहेको हो। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५५अर्ब ९करोड रुपैयाँले घाटामा रहेको थियो। सेवा खाता अन्तर्गत सो अवधिमा भ्रमण आय १०७.४प्रतिशतले वृद्धि भई ३२अर्ब २४करोड पुगेको छ।

साढे ३८ अर्ब बजेट, मलमा अझै छैन सुनिश्चितता

सरकारले चालु आर्थिक वर्षमा पटक–पटक गरी रासायनिक मल खरिदका लागि ३८ अर्ब रुपैयाँ बजेट दिएको छ । तर, किसानले चाहेअनुसार मल पाउने निश्चित भने अझै भएको छैन । विगत धेरै वर्षदेखि बाली लगाउने बेलामा किसानले चाहेजति रासायनिक मल पाउन सकेका छैनन् । कृषिमन्त्रीको योग्यता र क्षमता नै मल आपूर्ति गर्न सक्ने/नसक्ने जस्तो बन्न थालेको छ […]

एक वर्षमा २ खर्ब ३८ अर्ब वैदेशिक सहायता सम्झौता, ६० प्रतिशत ऋण

नेपालले एक वर्षको अवधिमा २ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायता प्राप्त गर्ने गरी दातृ–निकायसँग सम्झौता गरेको छ ।

३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल आयात

काठमाडौं– नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ ।  गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ […]

गण्डकी प्रदेश सरकारले ३८ अर्ब बढीकाे बजेट ल्याउदै

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनैपर्ने कानूनी व्यवस्था अनुसार प्रदेश सरकारले बजेटको तयारी गरेको हो । सत्ता पक्षका सांसदहरुलाई प्रति सांसद ५ करोड र प्रतिपक्षी दललाई एकमुष्ट ३५ करोड रुपैयाँ दिने गरी बजेट ल्याउन लागेको […]

आयल निगमले ३८ अर्ब आईओसीलाई तिर्नुपर्ने

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य बढेपछि नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नुपर्ने बक्यौता रकम बढ्न थालेको छ।असार ९ गतेसम्म ३८ अर्ब रुपैयाँ बक्यौता आइओसीलाई भुक्तानी गर्नुपर्नेमा १२ अर्ब मात्र बुझाउन सकिने निगमले स्पष्ट पारेको छ। त्यसपश्चात पनि २६ अर्ब बक्यौता बाँकी नै रहने जनाउँदै निगमले अब प्रत्येक हप्ता मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको जनाएको छ ।

आगामी आर्थिक वर्षमा कृषिमा ३८ अर्ब ४९ करोड बजेट प्रस्ताव

कृषि मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ३८ अर्ब ४९ करोडको बजेट प्रस्ताव गरेको छ । योजना आयोग, कृषि मन्त्रालय र अर्थ मन्त्रालयबीच पाँच चरणमा ३३ वटा शीर्षकमा छलफल भएको...

एक सातामा ३८ अर्ब थपियो निक्षेप

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भइरहेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ३८ अर्ब निक्षेप थपिएको छ । असोज दोस्रो साता वाणिज्य बैंकहरुमा ८ अर्ब रुपैयाँमात्र निक्षेप वृद्धि भएकोमा दोस्रो सातामा भने निक्षेप संकलन वृद्धि भई ३८ अर्ब संकलन भएको छ । असोज लागेसँगै कर्मचारीहरुको दसैं भत्ताको भुक्तानी र बजारमा चहलपहल समेत बढेपछि निक्षेप […]

आर्थिक वर्षको पहिलो महिनामै शोधानान्तर घाटा ३८ अर्ब ७५ करोड

चालु आर्थिक वर्षको पहिलो महिना साउनभित्र नेपाल ३८ अर्ब ७५ रुपैयाँ शोधानान्तर घाटामा परेको छ । देशमा भित्रिएको भन्दा ३८ अर्ब रुपैयाँ बढी रकम बाहिरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । गत वर्षको साउनमा नेपालको शोधानान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा थियो । विदेशमा रहेका नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) घटेपछि शोधानान्तर स्थितिमा गिरावट भएको हो । साउनमा आयात बढ्दा नेपालबाट रकम बाहिरिनु पनि यसको प्रमुख कारण हो ।  यो वर्षको साउन महिनामा विप्रेषण आप्रवाह गत वर्षको साउनम