घरमा रङरोगन : सुरक्षा र सजावट दुवैका लागि लाभदायक

काठमाडौं । परम्परागत रूपमा नेपाली समाजमा घर रंग्याउनु धर्म, संस्कारसँग जोडिएको छ । विशेषगरी दशैं, तिहारजस्ता पर्वमा घर शृंगारपटार गरेर चिटिक्क पार्नु धार्मिक प्रतिष्ठा मान्ने गरिन्छ । तर, आधुनिक समाजमा घर रंग्याउनु सजावटको प्रमुख स्रोत पनि हो । घर आकर्षक बनाउन र बाहिरी भाग सुरक्षित राख्न रङको प्रयोग गरिन्छ । घरको रङ भित्री र बाहिरी गरी दुई थरीको हुन्छ । घरको भित्री भागमा प्रयोग गरिने रङमा टिकाउको कुनै वारेन्टी नहुने राजमाता इन्टरनेशनलका प्रोप्राइटर श्यामसुन्दरप्रसाद यादव बताउँछन् । यसको कारण हो, कोरिने, सुरक्षा विधि नअपनाउने, आगो र धुँवाबाट क्षति हुन सक्नेजस्ता समस्या । बाहिरी भागमा भने ७ देखि १० वर्षसम्मको वारेन्टी दिन सकिने उनले बताए । भनिन्छ, रङको प्रयोगले मानिसमा आनन्दानुभूति हुने, खुसी महसुस हुने, ऊर्जा दिने, सकारात्मक सोच र जोशजाँगर आउने आदिको प्रभाव हुन्छ । बजारमा ग्राहकको इच्छाअनुसार रङ पाइन्छन् । रातो, पहेंलो र नीलोलाई प्राकृतिक रङ भनिन्छ । अन्य रङ भनेको यिनै रङको संयोजन हो । आफ्नो चाहनाअनुसारको रङका लागि उत्पादक कम्पनीले तयार पारेको क्याटलगअनुसार छान्न सकिन्छ । त्यो छानेको रङअनुसार एकभन्दा बढी रङको मिश्रणबाट तयार गरिन्छ । त्यसपछि अनुभवी पेन्टरद्वारा घर रंग्याउनु उचित हुन्छ । घरको बाहिरी भागमा रङ लगाउँदा टिकाउ र वालको सुरक्षा गर्न मिल्ने गरी रङको प्रयोग गर्न सकिने सुविधा छ । इञ्जिनियर तिलक बानियाका अनुसार अहिले बजारमा वेदरकोट रङ छानीछानी र रोजीरोजी उपलब्ध छ । यसले घरको सुरक्षामा समेत सहयोग पुर्‍याउँछ । घरको वाल खुइलिन नदिने, लेउ लाग्नबाट बचाउने, भित्ता बिग्रनबाट जोगाउनेजस्ता कार्यमा यसले सहयोग पुर्‍याउँछ । रङ लगाउँदाका फाइदा भित्तामा लेउ लाग्नबाट बचाउँछ । वाल खुइलिन र चर्किन दिँदैन । खिया लाग्नबाट बचाउँछ । ओस प्रतिरोधात्मक हुन्छ । धुलो प्रतिरोधात्मक हुन्छ । बाहिरी हावापानी, सूर्यको किरण, प्रदूषण आदिबाट रोक्ने कार्य गर्दछ । त्यति मात्र होइन, यसले घरलाई आकर्षक र सुरक्षित बनाउनमा सहयोगी भूमिका खेल्छ । सात वर्षे वारेन्टी रङको प्रयोग विधि रङ टिकाउ र बलियो बनाउन सही प्रयोग आवश्यक हुन्छ । जसअनुसार पहिलो कोट इलास्टो प्रयोग गर्ने । दोस्रो कोट डब्लुपी वालपुट्टी प्रयोग गर्ने । तेस्रो कोटमा इलास्टो प्रयोग गरिन्छ र चौथो कोट अर्थात् अन्त्यमा अलगार्ड रङ लगाइन्छ । दस वर्षे वारेन्टी रङको प्रयोग विधि रङ प्रयोगमा जति ध्यान दिइन्छ, त्यति नै टिकाउ हुने भएकाले विधि पुर्‍याउनु आवश्यक छ । यही विधि प्रयोग गरी घर रंग्याउँदा १० वर्षे वारेन्टी हुने विश्वास दिलाइन्छ । यसअनुसार पहिलो कोटमा पियु कोट प्रयोग गरिन्छ । दोस्रो कोटमा डब्लुपी वालपुट्टी प्रयोग गरिन्छ । तेस्रो कोटमा पियु कोटको प्रयोग गरिन्छ र चौथो कोट अर्थात् अन्त्यमा लङ लाइफ रङ प्रयोग गरिन्छ । अनुभवी मिस्त्री रङ लगाउन वारेन्टी भनेर मात्र नहुने यादव बताउँछन् । पूर्ण वारेन्टीका लागि रङ कम्पनीबाट तालिम प्राप्त पेन्टर आवश्यक पर्छ । कम्पनीबाट रङको डिलरलाई प्रयोग गर्नेसम्बन्धी तालिम र ज्ञान उपलब्ध गराइएको हुन्छ । सोहीअनुसार प्रयोग गरे मात्र त्यसको टिकाउपनको वारेन्टी पाउन सकिन्छ । अर्थात्, रङ लगाउन केही मापदण्ड तोकिएको हुन्छ । सोहीअनुसार प्रयोग गर्नु आवश्यक छ । मापदण्ड वा सही मिश्रण र प्रयोग तरिकामा एकरूपता भए मात्र टिकाउनपन वारेन्टी हुन सक्छ । घरको बाहिरी भागमा प्रयोग गरिने रङको मिश्रण घरको बाहिरी भागमा प्रयोग गरिने विभिन्न रङको संकलन पाइन्छ, जुन रङको ब्रोसर डिलरमा उपलब्ध हुन्छ र इच्छाएको रङ प्रयोग गर्न सकिन्छ । केही कलेक्सनको नाम यहाँ उल्लेख गर्नु सान्दर्भिक छ । जस्तो, नेचुरल्स, येल्लो र ओकर्स, पिचेस र ब्राउन, पिन्क र पर्पल, ब्लु र अक्वा, ग्रिन र लाइम आदि प्रमुख छन् । आफ्नो इच्छाअनुसारको रङ छनोटलाई डिलरले घरको नापअनुसार चाहिने आवश्यक रङ मिश्रण गरी तयार गरिदिन्छन् । सो रङलाई अनुभवी पेन्टरबाट प्रयोग गर्नुपर्छ । घरको भित्री भागमा प्रयोग गरिने रङको मिश्रण घरको भित्री भागमा प्रयोग गरिने रङको संयोजन छुट्टै किसिमको हुन्छ । रङको डिलरको सल्लाहबमोजिम छनोट गरी प्रयोग गर्ने सुविधा बजारमा उपलब्ध छ । येल्लो र ओरेन्ज, पिच र ब्राउन, ब्लु र टिल, ओलिभ र ग्रिन, पास्टेल र नेचुरल आदि प्रमुख छन् । घरमा रङ लगाउँदा खर्चको कन्जुस्याइँ गरेर केही दिनका लागि मात्र वा टिकाउ नहुने रङको प्रयोग राम्रो मानिँदैन । खर्च कम गर्ने नाममा गरिने कतिपय रङ पुछिने, उजाड हुँदै जाने, खुइलिएर जानेजस्ता समस्या देख्न सकिन्छ । त्यसले भित्ता वा वालको सुरक्षा गर्दैन र रङ लगाउनुको अर्थ पनि रहँदैन । घर रंग्याउनु भनेको घर सजाउनु हो र घरको सुरक्षा पनि गर्ने भएकाले सकभर वारेन्टी भएको रङ प्रयोग गर्नु बृद्धिमानी हुन्छ ।

सम्बन्धित सामग्री

नेपाल–भारत सुरक्षा बैठक, सीमा सुरक्षा प्राथमिकता

११ फागुन, जनकपुरधाम । भारत बिहारको मधुवनी जिल्लामा नेपालका चार जिल्ला र त्यहाँका सुरक्षा अधिकारीबिच सीमा सुरक्षा र दशगजा अतिक्रमण नियन्त्रण लगायतका विषयमा छलफल भएको छ । भारतमा हुने अगामी निर्वाचनलाई लक्षित गरी शुक्रबार भएको छलफलमा सीमामा हुने अपराधका विषयमा बैठक केन्द्रीत थियो । बैठकबाट भारतमा हुने आगामी निर्वाचनमा बोर्डर क्षेत्रमा सुरक्षा तथा नियम अनुसार […]

सुरक्षा सामग्री किन्न बाटो खुल्यो

काठमाडौं, जेठ २१ । सरकारले आन्तरिक सुरक्षा र प्रतिरक्षा बजेट वृद्धि गरेसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सुरक्षा सामग्री खरिद गर्न बाटो खुलेको छ। मुलुकको विकास र प्रशासनिक बजेट खुम्चिएको अवस्थामा सरकारले सुरक्षा बजेट वृद्धि गरेको हो। ‘सरकारले सुरक्षा निकायका लागि बजेट बढाएर विनियोजन गरेको छ। अब रकमान्तर गरी सुरक्षा सामग्री खरिद […]

इलाममा यस्तो छ चुनावी सुरक्षा योजना

इलाम : मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनका लागि इलाममा निर्वाचन सुरक्षा योजना लागु भएको छ। भयरहित निर्वाचन सम्पन्न गर्न चार वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु  एकीकृत सुरक्षा योजनाअनुसार परिचालित भएका हुन्।२ संघीय र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा मंसिर ४ मा हुने आम निर्वाचनको सुरक्षा तयारी पुरा भएको छ। जिल्ला सुरक्षा समितिले एकिकृत सुरक्षा योजना तयार पारी चारवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु अहिले निर्वाचन सुरक्षामा खटिसकेका छन्।१० वटा स्थानीय तह रहेको इलाममा सबै तहमा चारव

निर्वाचनका लागि सुरक्षा सतकर्ता

आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी बाँकेमा सुरक्षा सतर्कता बढाइएको छ ।निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन बाँके प्रशासनले आवश्यक सुरक्षा रणनीति अपनाउँदै सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलले चुनावी गतिविधि तीव्र पारीरहँदा बाँके प्रशासन सुरक्षा निकायका तीनवटै संयन्त्रसँग छलफल गर्नुका साथै सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरुसँग समन्वय […]

स्थानीय निर्वाचनबारे सुरक्षा योजना पेश गर्न चारै सुरक्षा प्रमुखहरुलाई निर्देशन

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले स्थानीय तहको आगामी निर्वाचनको सुरक्षा योजना पेस गर्न चारै सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बुधबार गृह मन्त्रालयमा बसेको बैठकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई स्थानीय तहको निर्वाचनको सुरक्षा योजना बनाएर पेस गर्न निर्देशन दिएको हो। यसका लागि आवश्यक पर्ने स्रोतसाधन र खर्चको […]

सुरक्षा समिति बैठक : निर्वाचन केन्द्रित सुरक्षा योजनाबारे छलफल

काठमाडौं : केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रित केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल गरिएको छ।बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो।बैठकमा निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।सुरक्षा निकायहरूबाट आवश्

सुरक्षा समितिको बैठकमा स्थानीय तहको निर्वाचनको सुरक्षा योजनाबारे छलफल

केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी...

सुरक्षा गार्डलाई सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि स्वेच्छिक गर्न माग

सुरक्षा व्यवसायी संगठन नेपालले सुरक्षाक्षेत्रमा काम गर्दै आएका सुरक्षा गार्डलाई सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि स्वेच्छिक गर्न सरकारसँग माग गरेको छ ।

'सीमाकै सुरक्षा छैन भने देशको सुरक्षा कसरी ?'

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा सुरक्षा भनेको समग्र राष्ट्रिय सुरक्षाको महत्वपूर्ण भाग र अङ्ग भएको बताएका छन् । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार प्रधानमन्त्री ओलीले भने, “सीमा सुरक्षा छैन भने राष्ट्रको सुरक्षा कसरी हुन्छ ? राष्ट्रको सुरक्षाका लागि सीमा सुरक्षा हुनुपर्छ । सीमा सुरक्षा अत्यन्तै महत्वपूर्ण कुरा हो, त्यसका निम्ति सुरक्षा नीति कार्यान्वयन कार्यनीति बनाएका छौँ ।” पछिल्लो समय सरकारले सीमा सुरक्षा बलको जनशक्ति र पोष्ट बढाउँदै लगेक...

चारवटै सुरक्षा निकाय निर्वाचन सुरक्षा योजनाको तयारीमा जुटे

राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् ।गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरु गरिसकेको छ । मन्त्रालयका अनुसार समितिमा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन आयोगबाट एक–एकजना उच्च अधिकारी