‘बैंक खत्तम हुने हौवा फैलाउनेलाई कारबाही’

काठमाडौं । बैंक, वित्तीय संस्थामा रहेका रकम डुब्दै छ, ऋण तिर्नु पर्दैन मिनाहा हुन्छ भन्ने हल्लाले समग्र वित्तीय क्षेत्र तरंगित भइरहेका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले त्यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।  शनिवार काठमाडौंमा शुरू चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले भने, ‘बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदै छ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने दुष्प्रयास भइरहेको छ । म सरकारका तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही  गर्न ढिलो गर्दैनौं ।’  उनले ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न पनि आम ऋणीलाई आग्रह गरे । ‘ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौं भन्दै आशा जगाएर स्वार्थ समूह खेल्न खोज्दै छ,’ उनले भने, ‘बचतकर्ताको बचतबाट लगेको ऋण कदापि मिनाहा हुँदैन । बरु अप्ठ्यारोमा परेकालाई सरकारले विभिन्न सहजीकरण गरिरहेको गरेको छ । ऋण त तिर्नैपर्छ ।’ नेपालका विपन्न वर्ग, गरीब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै डा. महतले यसले अब आफ्नो उद्देश्यअनुसार मात्रै काम गरेर आफूलाई सुधार गर्नुपर्नेमा जोड दिए । लघुवित्त संस्थालाई नाफा कमाउने औजारका रूपमा नलिई ग्रामीण विकास, लघु उद्यम र स्वरोजगारलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको सुझाव छ । ‘लघुवित्तको सञ्चालक बनेर कसैले उद्देश्यविपरीत काम गरेको छ, दुरुपयोग गरेको छ, अपारदर्शी ढंगबाट व्यक्तिगत फाइदा उठाउन खोजेको छ भने त्यसलाई तपाईंहरू सबै मिलेर निरुत्साहित गर्नुपर्छ,’उनले भने ।  कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले २१ प्रतिशत जनसंख्या औपचारिक वित्तीय पहुँचमा नरहेको अवस्थामा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरिन् । समावेशी विकासका लागि सरकारले विभिन्न कार्यक्रम ल्याउँदा पनि अपेक्षित सफलता हात नपरेको अवस्थामा लघुवित्तको सहायताले मात्रै समावेशी विकास भएको उनको भनाइ छ । धेरै विषय सकारात्मक हुँदाहुँदै पनि लघुवित्तमा समस्या देखिन थालेकाले आफै सुध्रिनुपर्ने उनको सुझाव छ । निष्क्रिय कर्जा बढेर ६ प्रतिशतभन्दा माथि जाँदा जोखिम देखिएको भन्दै अवस्था थप बिग्रन नदिन सबैले जिम्मेवार भएर काम गर्नुपर्ने उनले सुझाव दिइन् ।  सम्मेलन आयोजक स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले गरीब र विपन्न परिवारलाई नै लक्ष्य गरेर लघुवित्तको शुरुआत भएकाले बाटो बिराएकालाई सही बाटोमा ल्याउनुपर्ने आवश्यकता औंल्याए । ‘यसबीचमा लघुवित्तमा केही समस्या देखियो । लघुवित्त संस्थालाई कम्पनी ऐनअनुसार चलाउन थालियो, शेयरधनीलाई लाभांश बाँड्ने क्रम बढ्यो, लघुवित्त त धेरै नाफा पाउने थलो रहेछ भनेर लगानी गर्नेहरूको बाढी आयो । लघुवित्तका सदस्यलाई हामीले शेयरहोल्डर बनाएनौं, त्यहाँ ठूलो गल्ती भयो,’ उनले भने, ‘ऋण प्रवाह गर्दा पनि लापरबाही भयो ।  सरकारले नयाँ लाइसेन्स खुलायो झन् विकृति र विचलन आयो । अस्वस्थ प्रतिस्पर्धा भयो । बढी लगानी गर्न लगानीकर्तालाई तानातान गर्ने र ब्याजमा मनोमानी गर्ने विकृति देखिए ।’ नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामबहादुर यादवले झन्डै ६० लाख सदस्यमार्फत गाउँगाउँमा वित्तीय सचेतनासँगै लगानी र उद्यमलाई बढावा दिएको लघुवित्त क्षेत्रलाई सरकारले उपेक्षा गरेको गुनासो गरे । दूरदराजमा आर्थिक गतिविधि फैलाउने, विपन्नलाई उठाउने, गरीबी अन्त्य, महिला सशक्तीकरणलगायत क्षेत्रमा ठूलो योगदान दिए पनि सरकारले खासै ध्यान नदिनु पनि अहिलेको समस्याको कारण रहेको उनको भनाइ छ ।  आइतवारसम्म चल्ने सम्मेलनमा लघुवित्त क्षेत्रका नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, लघुवित्त सदस्य, विज्ञ, सरोकारवालालगायत ८ सय जनाभन्दा धेरै सहभागी छन् । सम्मेलनमा सहभागी लघुवित्तकर्मीले ऋण लिएपछि सदुपयोग गर्नुपर्ने सुझाव दिए । वातावरण सुधार बहुउद्देश्यीय सहकारीका सदस्य लक्ष्मी सुनारले ऋण लिएर व्यवसाय गर्‍यो भने किस्ता तिर्न समस्या नहुने र खराब ऋणी बन्नु नपर्ने बताइन् ।  नेपाल राष्ट्र बैंक, लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्तले ऋणमा १५ प्रतिशत ब्याजदर र १ दशमलव ५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने गरी सीमा तोकिएको उल्लेख गर्दै त्यसभन्दा बढी लिएमा उजुरी गर्न आग्रह गरे । व्यवसाय बिग्रिएर ऋण तिर्न नसक्ने अवस्था भएमा संस्थामै अनुरोध गर्न आग्रह गर्दै उनले मिनाहा हुन्छ भन्ने हल्लाको पछि नलाग्न सुझाए ।

सम्बन्धित सामग्री

‘दलाल पुँजीवाद नारा लगाएर, बन्दुक पड्काएर खत्तम हुँदैन’

दाङ – एमाले उपाध्यक्ष युवराज ज्ञवालीले दलाल पुँजीवादको अन्त्य गर्न संविधानको पूर्ण कार्यान्वयन जरुरी रहेको बताएका छन्। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिले दाङको राप्ती गाउँपालिकामा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधानको कार्यान्वयनबाटै समाजवादको आधार तयार हुने पनि बताए। ‘दलाल पुँजीवाद जुलस नारा लगाएर, बन्दुक पट्काएर खत्तम हुँदैन।कुसलता पूर्वक संविधान लागु गरेर देश […]

के नेपाल खत्तम छ ?

प्रायः सबै नेपालीको मुखबाट निस्किरहेको हुन्छ ‘नेपाल खत्तम छ’ । अझ देश छाडेर विदेशतिर लाग्नेहरू त सबैको मुखमा हुन्छ ‘नेपाल खत्तम छ’ ‘बर्बाद छ’ । तर विदेशीहरू यता आउँदै भन्छन्, नेपाल क्या गजब छ । नेपाल गजब हो कि खत्तम त ?  खत्तमै भए पलायन हुनेहरू उता पुगेर किन नेपालकै चियोचर्चो गरिरहन्छन् ? अनि किन मिलेसम्म यै खत्तम नेपालमै फर्किन पनि खोज्छन् ? मैले चाहिँ बुझ्न सकेको छैन ।  तर मलाई लाग्छ, नेपालमा केही छैन भनेर धनी देशमा जानेहरू चैं अबुझ हुन् । सरकार र राजनीतिक दलले यो देशलाई धनी बनाउन, अझै आत्मनिर्भर बनाउन कति मरिमेटी लागिरहेका छन् ? यसमा सघाउने कि आफू पनि भाग्ने अरूलाई पनि भगाउने ?  हेर्नुस् त, यहाँ नेता, कर्मचारी, मन्त्रीहरू विदेश घुमेको घुम्यै छन्, त्यताको विकास हेरेर यता विकास गर्ने भनेर । विदेशीले पनि दानवीर कर्णझैं नेपाललाई मद्दत गरिरहेकै छन् । नेपालको विकास गर्न यत्ति विधि विदेशी दूतहरू, कन्सल्टेण्टहरू अहोरात्र खटिएकै छन् ।  देशलाई आत्मनिर्भर बनाउन भनेरै त सरकारले विदेशीसँग हात पसारेको पसार्‍यै छ । उनीहरूले केही अनुदान दिन्छन्, त्योभन्दा धेरै ऋण दिन्छन् । विदेशीले ऋण पत्याउनु चानचुने कुरा होइन नि ? देख्नुभएन श्रीलंका र पाकिस्तान माग्दा माग्दा थाकिसके, तैपनि विदेशीले पत्याएका छैनन् । त्यसैले जबसम्म विदेशीले मद्दत गरिरहन्छन्, हामी पनि आत्मनिर्भर भइरहन्छौं । जब जब विदेशीले ऋण अनुदान दिन छाड्छन्, हामी पनि आत्मनिर्भर हुन छाडिदिन्छौं । विदेशीले सहारा दिउन्जेल हामी हाम्रो खुट्टामा उभिइरहन्छौं । विदेशीले सहारा दिँदैनन् भने हामी आफ्नो खुट्टामा कसरी उभिरहन सक्छौं र ? खुट्टामा उभिने कुरा छाड्नोस्, विदेशीले ऋण दिएन भने हामी कर्मचारीलाई तलब खुवाउन पनि सक्तैनौं ।  त्यसो त विदेशीले सहयोग नगरेका कुरामा पनि देशले केही न केही प्रगति चैं गरिनै रहेको छ है । कहिले कहाँ, कसरी प्रगति गरेको त्यो चाहिँ नसोध्नुहोला । तर प्रगति चाहिँ गरिनै रहेको छ । हाम्रो मुलुक सम्भावना नै सम्भावना भएको मुलुक हो क्या ⁄ सरकार यी सम्भावनालाई अझ बढाउन लागिप¥या छ । कहीँ पुल बन्यो भने मोटर गुड्छ, सामान आयात निर्यात गर्ने सम्भावना बढ्छ । त्यस्तै, बाँध बन्यो, नहर बन्यो भने सिँचाइको सम्भावना बढ्छ । सरकार अधुरा पुलहरू, बाँधहरू भरसक पूरा गर्दैन । किनकि त्यो पूरा भयो भने त्यहाँ सम्भावना हराउँछ । त्यस्तै उत्पादन बढ्यो भने निर्यात बढछ । निर्यात बढ्ने सम्भावनालाई कायम राख्न सरकार कसरी उत्पादन रोक्ने भन्नेतिर तुरुन्त लागिहाल्छ । उद्योगहरूलाई कच्चापदार्थमा थेग्नै नसक्ने भन्सार शुुल्क लगाइदिन्छ । पेट्रोलियममा कर र नाफा कोचेरै पारवहन खर्च बढाइदिन्छ । तैपनि कसैले उत्पादन गरिरह्यो भने दशथरी ट्रेड युनियन लगाइदिएर उत्पादन रोक्ने प्रपञ्च गरिदिन्छ । यति गरेपछि न निर्यातको सम्भावना रहिरहन्छ ।  देश विकासमा सघाउन देशमा थुप्रै मन्त्रालय, विभाग, आयोग आदि छँदै छन् । त्यसमध्ये धेरै सक्रिय एउटा योजना आयोग भन्ने पनि छ । प्रदेशहरू समेत गरेर त अहिले आठ योजना आयोग पो छन् क्यारे ⁄ कतिले योजना आयोगलाई बसपार्क भन्ठान्छन् । एउटा बस आउँछ, त्यसबाट केही मान्छे उत्रिन्छन् र केही त्यसमा चढ्छन् । अर्थात् त्यहाँ केही न केही परिवर्तन भइरहन्छ । कि त योजना परिवर्तन भइरहन्छन् वा आयोग परिवर्तन भइरहन्छन् । दुवै भएनन् भने सरकार परिवर्तन हुन्छ । सरकारले योजना बनाएर सचिवहरूलाई दिन्छ । सचिवहरूले मन्त्रीलाई सोध्छन् कि ति योजनामध्ये कुनलाई अघि बढाउने, कसलाई नबढाउने । सरकारले प्राथमिकता निर्धारण गर्दिन्छ । अनि जुन कामलाई प्राथमिकता दिएको भनेको हो, त्यसमा सरकारले बजेट दिँदैन । तर प्राथमिकता नपरेको मात्र होइन, चर्चासम्म नभएका कतिपय काममा भने प्रशस्त बजेट खन्याइदिन्छ । जस्तै, सर्प पाल्ने कार्यक्रम, चरो मुसो नआउने ठाउँमा अन्तरराष्ट्रिय विमानस्थल बनाउने योजना वा सालका रुखै रुखमात्र भएका ठाउँमा शहरको विकास । यी सबै किन त भन्दा सरकार सम्भावनाहरूलाई टिकाइराख्न चाहन्छ । सरकार बेरोजगारी हटाउन चाहन्छ । त्यसैले त बेरोजगारहरू यहाँबाट हटेर त्यहाँ जान्छन् । त्यहाँबाट हटेर ह्वाँ जान्छन् । अन्ततः क्यै नलागेपछि विदेशतिर भाग्छन् । अर्को कुरा, सरकार विकासप्रति कटिबद्ध पनि छ । सरकारको कटि अर्थात् कम्मर बद्ध भएपछि बाँकी शरीर, पेट चल्नै नसक्ने भएकाले अलि समस्या भएको मात्र हो ।  तर यो कुरा नबुझ्नेहरू चैं सरकारलाई गाली मात्र गरिरहन्छन् । त्यै रिसमा सरकार पनि उद्योगी व्यापारीलाई बढी कर तिर भन्दै धम्क्याइरहन्छ । उद्योगी व्यापारी पनि के कम ? कर बढी तिर्नुको साटो सरकारी दललाई अझ थप चन्दा दिएर आफ्नो धन्दा चलाउँछन् । बदलामा सरकारले उनीहरूले भनेकै खालको नीति बनाइदिन्छु पनि भन्छ । तर त्यस्तो नीति या त बनाउँदैन, वा बनायो भने पनि लागू गर्दैन । यसरी त्यस्तो नीतिका विरोधीहरू पनि सरकारसँग खुशी नै देखिन्छन् । यसो गर्दा यी सम्भावना यथावत् जोगिन्छन् । यसबाट फेरि अनेक समस्या शुरू हुन्छन् । समस्या भयो भनेर चारैतिरबाट हारगुहार हुन थाल्छ । अनि सरकारले एउटा आयोग बनाइदिन्छ । आयोग मतलब आयो गयो । जहाँ आयोग बस्यो त्यो काम पनि सदाका लागि बस्यो बस्यो । किनकि आयोगको कामै रिपोर्ट दिनुमात्र हो । अनि त्यो रिपोर्ट पढ्न नपरोस् भन्ने डरले होला सरकार नै बदलिन्छ । नयाँ सरकारले त्यो रिपोर्ट हेर्दैन, बरु अर्को आयोग बनाउँछ । किनकि सम्भावना अझ थप्नु जो छ ।   सरकारले निजीक्षेत्रको विकासमा सघाउन अब अख्तियार पनि लगाइदिने रे । किनकि सरकारी क्षेत्रमा भ्रष्टाचार र भ्रष्टाचारी नभेटिएकाले अब निजीक्षेत्रमा पो भ्रष्टाचारी भेटिन्छन् कि भनेर । भ्रष्टाचारी भेटिए भने सरकारको वा सरकारी मान्छेको संकलन अझ बढ्छ भन्ने आकलन छ । यै हप्ता देशमा उपचुनाव भयो । उपचुनावमा धेरै मतदाताहरूले आफूहरूले भगवान्लाई भेटेको, त्यै भएर भगवान्लाई नै भोट पनि दिएको भनिरहेका छन् । अब त्यहाँबाट जितेर आएकाहरूले पनि देशको कायापलट नै गर्ने भनेका छन् । यसरी हाम्रो देशमा केही न केही भैराछ । चुनाव भयो । उपचुनाव भयो । लोकतन्त्र दिवस सम्पन्न भयो । गणतन्त्र दिवस आउँदै छ र त्यो पनि सम्पन्न हुन्छ । झण्डाहरू फहराइन्छन् । फूल, माला, अबिर, खादा, भाषण सबै सबै हुन्छन् ।  अनि देशमा यत्रा यत्रा क्रान्तिकारी कामहरू हुँदाहुँदै पनि देशमा केही भएन वा देश खत्तम छ भन्न मिल्छ र भन्या ?

देशका उद्योगधन्दा खत्तम गरी परनिर्भता बढाउने पनि कांग्रेसै हो : भीम रावल

काठमाडौं, २८ माघ । नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नेपाली कांग्रेसले देशका उद्योगधन्दा खत्तम गरी परनिर्भरता बढाएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले यस्तो टिप्पणी गरेका छन् । उनले ट्विटरमा लेखेका छन्– नेपाली कांग्रेसले १९५० को सन्धिको समर्थन, कोशी, गण्डकी र महाकाली सम्झैता गरी राष्ट्रिय स्वाधीनता र […]

नेपाल एयरलाइन्स खत्तम भयो भन्ने अवस्था होइन : कार्यकारी निर्देशक अधिकारी

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल एयरलाइन्सको अवस्था खत्तम भयो भन्ने खालको नरहेको बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले एक महिनाभित्र लोन पेमेन्ट गर्न थाल्ने पनि...

नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था होइन : कार्यकारी अध्यक्ष

२६ पुस, काठमाडौं ।  नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था नरहेको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले नयाँ व्यवस्थापन आएपछि जहाजको अधिकतम उपयोग गर्ने गरी कार्ययोजना बनाएर काम गरिरहेको बताए । ‘अहिले देखिएका समस्या तत्काल आएका होइनन,’ अधिकारीले भने, ‘तर, कुर्सीमा बसेका कारण म जिम्मेवारी […]

संविधान नै खत्तम पार्न खोजेको आरोप

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै खत्तम पार्न खोजेको बताए ।पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले मिलेर एक वर्षमा दुई, दुई चोटी संविधानमाथि आक्रमण गरेर खत्तम पार्न खोजेको टिप्पणी गरेका हुन् । चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ को शनिबार काठमाडौंमा […]

ओली र विद्या भण्डारी मिलेर संविधान नै खत्तम पार्न खोजेको पूर्वराष्ट्रपतिको आरोप

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै खत्तम पार्न खोजेको आरोप लगाएका छन् । पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले मिलेर एक वर्षमा दुई, दुई चोटी संविधानमाथि आक्रमण गरेर खत्तम पार्न खोजेको टिप्पणी गरेका हुन् । चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उनले आफैले खडा गरेका राज्यका मुख्यमुख्य संस्थाहरुलाई

भारतले आईसीसीको फण्डिङ बन्द गर्यो भने पीसीबी खत्तम हुनेछ : रमीज राजा

पाकिस्तानको क्रिकेट बोर्डका अध्यक्ष रमीज राजाले भारतले आईसीसीको फण्डिङ बन्द गरे पीसीबी पूरै खत्तम हुनसक्ने बताएका छन् । एक बैठकमा उनले भने, ‘पाकिस्तान क्रिकेट बोर्ड ५० प्रतिशत आईसीसीको फण्डिङमा चल्छ र आईसीसीको ९० प्रतिशत फण्डिङ भारतीय बजारले दिन्छ ।’रमीजले भने, ‘मलाई डर छ कि यदि भारतले आईसीसीको फण्डिङ बन्द गर्यो भने पीसीबी पूरै खत्तम हुनसक्छ । पीसीबीले आईसीसीलाई शून्य प्रतिशत फण्ड पनि दिँदैन ।’ भारतीय प्रधानमन्त्रीले आईसीसीलाई फण्डिङ नदिने सोचे भने पीसीबी चकनाचुर हुनसक्छ

कोरोना भाइरस नियन्त्रण नभए हामी खत्तम हुन्छौंः भुटानी प्रम

एजेन्सी। भुटानी प्रधानमन्त्री लोटे छिरिङले कोरोना संक्रमण नियन्त्रण हुन नसकेमा आफूहरु खत्तम हुने बताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भुटानी जनतालाई कोरोना संक्रमणको डेढ वर्षपछि सावधान रहन आग्रह गरेका हुन्। उनले भने, ‘‘महामारीविरुद्ध सबै तयारी गरिए पनि हाम्रो हालत भारतको भन्दा फरक नहुन सक्छ। हामी सचेत नहुने हो भने भारतकै जस्तो संकटको सामना गर्नुपर्ने हुन सक्छ।’’

जोक्करै रहेछ, हसाएरै खत्तम पार्यो भन्छन् : प्रधानमन्त्री  ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनतालाई हसाउन खोज्दा पीर नगर्न आग्रह गरेका छन् । प्रचण्ड–नेपाल पक्षले जनता रुवाउने भन्दै उनले आफूले  हसाउँन खोज्दा उनीहरुले नै पीर मानेको बताए ।'मारेर पनि रुवाएको छ । कुटेर पनि रुवाएको छ । अनि मैले हँसाए भनेर पीर परेको छ । जोक्करै रहेछ । हसारै खत्तम पार्‍यो भन्छन् । नेपाली जनता हाँसेकोमा किन पीर परेको होला अचम्म लाग्छ,' उनले भने । उनले  अब पनि नेपाली जनतालाई रुवाउन नदिने बताए ।'किशोकिशोरी, युवायुवती, हाम्रा