मोरङ- मुलुकले संविधान दिवस मनाईरहँदा कोशी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयभित्रको कार्यक्रममा सीमित बनेको छ। प्रत्येक वर्ष संविधान दिवसका अवसरमा प्रदेश सरकारले गाजाबाजासहित सुरक्षाकर्मी, कर्मचारी, नागरिकको सहभागितामा प्रभातफेरिको आयोजना गर्दै मनाउने गरेको थियो। यसपटक भने प्रदेश सरकारले प्रभातफेरिलाई स्थगित गर्दै मन्त्रालयमा आयोजना गरिने कार्यक्रममा सीमित भएको हो। प्रदेश सरकारका प्रवक्ता तथा खानेपानी, सिँचाइ तथा उर्जा र […]