एक वर्षदेखि राजनीतिक उल्झनमा कोशी सरकार, सकेन हस्तक्षेपमुक्त हुन

विराटनगर : नयाँ संविधान जारी भएको ८ वर्ष बितिसकेको छ। यो अवधिमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुईपटक भयो भने प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन भएको पनि एक वर्ष पुगेको छ।केन्द्रको राजनीतिक फेरबदलको उल्झनमा अल्झिएको कोशी प्रदेशले कार्यकालको एक वर्षमा ३ जना मुख्यमन्त्री र २२ जना मन्त्री पाएको छ। यसअघि दुई पटक हिक्मतकुमार कार्की र दुई पटक उद्धव थापा मुख्यमन्त्री बनेका थिए। अहिले कोशी प्रदेशमा पहिलो कार्यकालसहित पाँचौँ मुख्यमन्त्रीको रुपमा केदार कार्की छन्। कोशी प्रदे