यातायात भन्त्री भन्छन्, ‘समयसीमाभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही हुन्छ’

काठमाडौंः भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने बताएका छन् । उनले भने, ‘ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको संशोधन गरेको हो ...

सम्बन्धित सामग्री

समयमै निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गरिने

काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाले भवन समयमै निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको भन्दै कारवाही गर्ने चेतावनी दिएको हो । निर्माण कम्पनीलाई कारबाही गर्न पत्राचार गरिएको नगरपालिकाले जनाएको छ । तीन दिनभित्र कार्यप्रगति नदेखिए […]

समयमा काम नगर्ने कम्पनीलाई कारबाही हुन्छ : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाही गरिने चेतावनी दिनुभएको छ । भेरी अस्पताल नेपालगञ्जमा निर्माणाधिन ओपीडी भवनको बिहीवार स्थलगत निरीक्षण गर्दै मन्त्री चौधरीले सो चेतावनी दिनुभएको हो ।

सार्वजनिक खरीद नियमावली : अध्ययनविनै पटकपटक संशोधन

काठमाडौं । सरकारले आफूखुशी सार्वजनिक खरीद नियमावली संशोधन गर्ने गरेको पाइएको छ । पर्याप्त अध्ययन नगरी सार्वजनिक खरीद नियमावलीको एउटै प्रावधानलाई सरकारले आफूखुशी पटकपटक संशोधन गर्ने गरेको हो । यसले सरकारी अधिकारीको विज्ञतामाथि नै प्रश्न उठाएको छ ।   २०७६ वैशाख ३० देखि पुस ४ सम्म ९ महीनाको अवधिमा मात्रै सरकारले चारपटक सार्वजनिक खरीद नियमावली संशोधन गरेको पाइन्छ । चारैपटक नियम १२० मा रहेको म्याद थपसम्बन्धी व्यवस्थामा संशोधन गरिएको छ । संशोधनपूर्व खरीद सम्झौताको म्याद थप गर्ने अधिकार विभागीय प्रमुखलाई असीमित रहेकोमा पहिलोपटक सम्झौताको २५ प्रतिशतसम्म विभागीय प्रमुखले र त्योभन्दा बढी शुरू सम्झौताको ५० प्रतिशतभन्दा नबढ्ने गरी सचिवले म्याद थप गर्न सक्ने व्यवस्था गरेको थियो । छैटौं संशोधन भएको १  महीना नबित्दै तत्कालीन जेठ २३ मा भएको सातौं संशोधनले शुरू सम्झौताको २५ प्रतिशत म्याद थप भई कार्य सम्पन्न नभएका सम्झौताको हकमा मन्त्रालयको सचिवले बढीमा १ वर्ष म्याद थप गर्नसक्ने व्यवस्था गरेको थियो । यसैगरी त्यसै वर्षको साउन १६ मा भएको आठौं संशोधनले जेठ २३ अघि खरीद सम्झौता भई काम सम्पन्न हुन नसकी मन्त्रालय वा निकायका विशिष्ट श्रेणीका अधिकारीले १ वर्ष म्याद थप गरेको अवधिमा समेत कार्यसम्पन्न नभएमा कार्य सम्पादन जमानत वा धरौटी जफत गरिने र त्यसरी काम सम्पन्न नभएका कारण हुन गएको हानिनोक्सानी समेत असुलउपर गरी कालोसूचीमा राख्न कारवाही गरिने व्यवस्था गरेको थियो । पुनः पुस १४ मा नवौं संशोधन गरी आठौं संशोधनको आधारमा गरेको म्याद थपको अवधिमा समेत विशेष परिस्थिति वा अन्य उचित कारणले सम्झौताबमोजिमको काम सम्पन्न हुन नसकेमा सार्वजनिक निकायलाई थप आर्थिक भार नपर्ने गरी नेपाल सरकार, मन्त्रिपरिषद्ले आवश्यक म्याद थप गर्नसक्ने व्यवस्था गरेको पाइएको छ । त्यसैगरी २०७७ वैशाख १५ मा दशौं संशोधन गरी संशोधन मितिभन्दा अगाडि म्याद समाप्त भई समयमै म्याद थपको लागि निवेदन दिन नसकेको निर्माण व्यवसायीलाई २१ दिनभित्र म्याद थपको निवेदन दिन सक्ने व्यवस्था गरेको छ । यसरी छोटो समयमै नियमावलीको एउटै प्रावधानमा पटकपटक संशोधन गरेको देखिँदा पर्याप्त अध्ययन विश्लेषण नगरी कानून संशोधन हुने गरेको देखिने महालेखाको हालैको पछिल्लो प्रतिवेदनले देखाएको छ । महालेखा परीक्षक कार्यालयका नायब महालेखापरीक्षक महेश्वर काफ्लेले लेखापरीक्षकका क्रममा अध्ययनविनै नियमावली संशोधन हुने गरेको पाइएकाले त्यसलाई सुधार्नुपर्ने बताउँछन् । उनका अनुसार नीतिगत अस्थिरताले विकासमा समेत असर पर्ने भएकाले सरकारले अध्ययनविनै पटकपटक नीतिगत निर्णय लिनु उचित होइन । पूर्वाधारविद् डा.सूर्यराज आचार्य बाहिरी मुलुकमा नीतिगत सुधार गर्नुपरे सम्बद्ध क्षेत्रका विज्ञको समूह बनाएर त्यो समूहले सूक्ष्म अध्ययन गरेर सरकारलाई दिएको सुझावका आधारमा मात्रै नीतिगत निर्णय लिइने बताउँछन् तर यहाँ ठेकेदार, संसद्, मन्त्री, कर्मचारीको स्वार्थमा पटकपटक नीति बदल्ने काम हुँदा विकासको कामसमेत प्रभावित हुने गरेको उनको बुझाइ रहेको छ । सार्वजनिक खरीद ऐन तथा नियमावलीहरू सरकारी खर्चमा परदर्शिता ल्याउन बनाइए पनि त्यसो हुन नसकेको उनको भनाइ छ । खरीद नियमावलीमा सम्बद्ध आयोजनाको प्रमुखलाई पर्याप्त अधिकार नै नदिई कस्ने प्रयास भएको उनी बताउँछन् । ‘संशोधनका नाममा पटकपटक कसैको स्वार्थमा ‘कस्ने’ प्रयास भइरहेको छ, त्यसको असर विकासको गतिमा देखिँदै गएको छ,’ उनले भने ।

ठेक्का सम्झौता तोडेर जरिवाना गर्ने तयारी

मुलुककै प्रमुख औद्योगिक क्षेत्र र मार्ग पथलैया–वीरगञ्ज व्यापारिक मार्ग विस्तार योजनाको निर्माण सन्तोषजनक नभए कम्पनीहरुलाई कार्बाही गरीने भएको छ । समयमै काम सम्पन्न नगरेर पटक पटक म्याद थपेपनि कामले गति लिन नसकेपछि प्रशासनले अनुगमन गरी कारवाही थाल्ने भएको हो पाँचवटा योजनाको दुई पटक थपिएको म्याद पनि सकिएको र तेस्रो पटकको म्याद थप गर्न निवेदन दिएपछि मन्त्रालयको निर्देशनमा बारा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुगमन थालेका हुन् ।

गुणस्तरहीन काम गर्ने तीन ठेकेदार पक्राउ

विराटनगर : गृहमन्त्री रामबहादुर थापा बादल शुक्रबार मात्रै विराटनगर आएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिए लगत्तै विराटनगरमा शनिबार तीनजना पक्राउ परेका छन्।  विराटनगरको जनआन्दोलन चोकमा गुणस्तरहीन काम गरेको भन्दै टुन्डिरमण निर्माण सेवाका प्रोजेक्ट म्यानेजर रवी पन्तसहित तीनजनालाई पक्राउ गरिए...