मुलुककै प्रमुख औद्योगिक क्षेत्र र मार्ग पथलैया–वीरगञ्ज व्यापारिक मार्ग विस्तार योजनाको निर्माण सन्तोषजनक नभए कम्पनीहरुलाई कार्बाही गरीने भएको छ ।
समयमै काम सम्पन्न नगरेर पटक पटक म्याद थपेपनि कामले गति लिन नसकेपछि प्रशासनले अनुगमन गरी कारवाही थाल्ने भएको हो
पाँचवटा योजनाको दुई पटक थपिएको म्याद पनि सकिएको र तेस्रो पटकको म्याद थप गर्न निवेदन दिएपछि मन्त्रालयको निर्देशनमा बारा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुगमन थालेका हुन् ।