काठमाडौंको नेपालटारस्थित डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या भएको परिवारको दाबी छ । दिलमायाको पिता केशर विकले सुर्खेतबाट आएर प्रहरी वृत बालाजुमा किटानी जाहेरी दर्ता गराएका छन् ।प्रहरी नियन्त्रणमा रहेका काभ्रेका सुर्य श्रेष्ठविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।सल महाराजगञ्जमा भ