लुम्बिनी प्रदेशमा वार्षिक एक सयको हाराहारीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म तीन वर्षको अवधिमा प्रहरीले ३०८ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएको जनाएको हाे ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रदेशका १२ वटै जिल्लामा दर्ता भएका कर्तव्य ज्यान मुद्दाको संख्या ८८ थियो । आर्थिक वर्ष २०७७/७८ मा १२५ कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा ९५ कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।लुम्बिनी प्रदेशका १२ जिल्लामध्य