काठमाडौं : वर्षा र सहकालका देवता जनबहा: द्य: (सेतो मच्छिन्द्रनाथ)को रथयात्रा सुरु भएको छ।
केलटोल (जनबहा:) बाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्याइएको थियो। तीनधारामा सेतो मच्छिन्द्रनाथलाई खटबाट निकालेर त्यहाँ बनाइएको रथमा राखी रथयात्रा गरिएको हो।
रथलाई तानेर घण्टाघरबाट रत्नपार्क, भोटाहिटी हुँदै सेतो मछिन्द्रनाथलाई असन पुर्याइएको…