बागबजारकी मीना श्रेष्ठको किनमेल गर्न आइरहने ठाउँ हो असन । प्रायः टिमुर, मरिच, बिरेनुन जस्ता परम्परागत तथा अन्य काजु, बदाम र यस्ता मसलालगायतका सामान किन्न श्रेष्ठ असन आइरहनुहुन्छ । सधैँ आइरहने र नजिकैको ठाउँ भए पनि श्रेष्ठलाई यसपटक असन किनमेलका लागि सहज र रमाइलो लागेको छ । श्रेष्ठ भन्नुहुन्छ, ‘असन त सधैँ आएकै हो तर, यसपटक आउँदा भने आनन्द लाग्यो । वर्षौँदेखिको फुटपाथ पसल हटेर किनमेल गर्न सजिलो भएको छ । देख्दा पनि अलि व्यवस्थित र राम्रो देखिएको छ ।’
सधैँ व्यस्त र भिडभाड रहने असनमा अहिले पनि भिड त...