बायोमेट्रिक नभएका श्रमिकलाई अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने

काठमाण्डौ – वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । यसअघि प्रत्येक बुधारबार प्रदान गरिदै आए पनि अब भने हप्तामा आइतबार र बुधबार गरी दुई दिन प्रदान गरिने श्रम कार्यालय ताहाचलले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गर्दै अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेपछि भौतिक रुपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृति बन्द भएको थियो । तर जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतारसहित तीन देशमा नियमित उडान खोलेसँगै श्रम कार्यालयले...

सम्बन्धित सामग्री

श्रम तथा रोजगार कार्यालय ताहचलले तिहार बिदाको २ दिन सेवा प्रदान गर्ने

काठमाण्डौ – वैदेशिक रोजगार कार्यालय ताहचलबाट तिहार बिदाको २  दिन सेवा प्रवाह हुने भएको छ । सरकारले कात्तिक ७ गतेदेखि १३ गतेसम्म तिहार बिदा दिए पनि कार्यालयले ७ गते र ८ गते सेवा प्रवाह गर्ने जनाएको छ । वैदेशिक रोजगारीमा जानेहरूको अन्तिम श्रम स्वीकृति प्रदान गर्ने निकाय भएकाले पनि सार्वजनिक बिदाको २ दिन सेवा प्रदान गर्ने र कात्तिक ९ गतेदेखि मात्र सेवा प्रवाह बन्द हुने कार्यालयले जनाएको छ । श्रम स्वीकृति सम्बन्धी सबै सेवा अनलाइनबाटै प्रवाह भए पनि बायोमेट्रिक नभएका श्रमिकहरू अहिले पनि श्रम स्वीकृति लिन कार्याल...

स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा खड्का सर्वसम्मत

काठमाडौं (अस) । नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा कैलाश खड्का सर्वसम्मत चयन भएका छन् । उनी तेस्रो कार्यकालका लागि चयन भएका हुन् । आइतवार काठमाडौंमा सम्पन्न महासंघको साधारणसभाले खड्कालाई आगामी ३ वर्षका लागि अध्यक्षमा चयन गरेको हो । सभाले महासंघको वरिष्ठ उपाध्यक्षमा महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जिसी र द्वितीय उपाध्यक्षमा धनबहादुर गिरीलाई चयन गरेको छ ।  त्यस्तै महासचिवमा दाताराम काफ्ले, सचिवमा लीलाम्बर झा र कोषाध्यक्षमा रामपुकार तिवारी चयन भएका छन् । चन्द्रमा राई, प्रवेश रोका क्षेत्री, दीपक कार्की, पप्पु महासेठ, बेलबहादुर श्रेष्ठ, केशर थापा र रोजिना शाक्य सदस्यमा चयन भएका छन् । महासंघले रोजगारीका लागि मलेशिया जाने कामदारको बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण गर्दै आएको छ । रोजगारीका लागि सबभन्दा ठूलो गन्तव्य (हालसम्म श्रम स्वीकृति लिएको संख्याको आधारमा) मलेशिया जान बायोमेट्रिक प्रणाली अनिवार्य गरिएपछि यसका लागि नेपाल र मलेशिया सरकारले महासंघलाई छनोट गरेको हो । वैदेशिक रोजगार विभागका अनुसार रोजगारीका लागि मलेशिया जान हालसम्म करीब १० लाखले श्रम स्वीकृति लिएका छन् । तीमध्ये करीब २ लाख मलेशियामै रहेको बताइन्छ । कोरोना महामारीका कारण २ वर्ष बन्द रहेको मलेशियाको रोजगारी केही समयअघि सुचारु भएको छ ।

रोजगारीका लागि विदेशिने युवा : अनलाइन प्रणालीले पनि हटाएन सास्ती

काठमाडौं : काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयअगाडि बुधबार बिहान ११ बजे रोजगारीको खोजीमा विदेशिन चाहने युवाहरूको ठूलो भीड लागेको थियो।उनीहरू वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिक गराउन त्यहाँ आएका थिए।कोरोना संक्रमणको जोखिम कम भएसँगै रोजगारीको खोजीमा विदेशिनेको लर्काे फेरि बढ्न थालेको छ।कार्यालय परिसरमा हजारौं युवा लाइनमा देखिन्छन्। तर, कार्यालयको काम भने ‘सरकारी काम कहिले जाला घाम’ भनेझैं नै छ।कार्यालयले श्रम स

श्रम स्वीकृतिका लागि बायोमेट्रिक र टोकन अनिवार्य

वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन बायोमेट्रिक दर्ता अनिवार्य गरेको जनाएको छ । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जानुअघि विभागबाट श्रम स्वीकृति लिँदा बायोमेट्रिक नगरेकाले श्रम नवीकरणका लागि नेपाल आउनुुपर्छ ।

बायोमेट्रिक दर्ता नगरेका श्रमिक श्रम नवीकरण गर्न नेपाल नै आउन पर्ने

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन बायोमेट्रिक दर्ता अनिवार्य गरेको हुनुपर्छ । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जानुअघि विभागबाट श्रम स्वीकृति लिँदा बायोमेट्रिक गरेको छैन भने श्रम नवीकरण गर्न नेपाल नै आउन पर्छ । बायोमेट्रिक दर्ता भनेको विदेश जाने बेलामा श्रम स्वीकृति लिँदा श्रम कार्यालयमा श्रमिकको आँखा र औँठाछापको फोटो मेसिनले स्क्यान गरेर अनलाइन सिस्टममा गर्दा गरेको हुनुपर्छ । यदि यसो गरेको छ भने अनलाइनबाट आफू रहेको देशबाटै पुनः श्रम स्व...

अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिँदै हुनुहुन्छ ? यी कुरा ध्यान दिनुहोस्

संसारको जुनसुकै कुनामा भए पनि पुनः श्रम स्वीकृति अनलाइनमार्फत नै लिन मिल्ने व्यवस्था छ । तर कतिपय अवस्थामा अनलाइन आवेदन दिने सही तरिका नमिल्दा रिजेक्ट हुने समस्या भइरहेको हुन्छ ।  अनलाइनमार्फत नै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्थाले भौतिक रूपमा कार्यालयमै उपस्थित हुनुपर्ने, श्रम अवधि सकिएपछि श्रम गर्नकै लागि भनेर विदेशबाट नेपाल आउनुपर्ने बाध्यता अब छैन ।  अनलाइनमार्फत श्रम स्वीकृति लिनको लागि पनि केही सर्तहरू भने पुरा गरेको हुनुपर्छ । पहिले पनि श्रम स्वीकृति लिएको र एक पटक विभागमै गएर बायोमेट्रिक भएको हुन...

अस्थिर राजनीति र बढ्दो बेरोजगारीले युवाहरूलाई विदेश धकेल्दै

काठमाडौ : गत सोमबार बिहान वैदेशिक रोजगार कार्यालय ताहाचललाई पुग्दा सिन्धुपाल्चोकका ३६ वर्षीय प्रदीप रायमाझी हातमा कागज बोकेर लाइनमा बसिरहेका थिए। रोजगारीको खोजीमा कतार जानका लागि पुनः श्रम स्वीकृति र बायोमेट्रिक गराउन आएका हुन्।  उनी पहिलो पटक विदेशिन लागेका भने होइनन्। पारिवारिक अबस्था सामान्य भएका रायमाझी  रोजगारीकै सिलसिलामा २०७४ सालमा कतार पुगेका थिए । दुई वर्षका लागि कतार गएका रायमाझी नेपालमा नै केहि गर्ने विदेश नफर्किने योजनाका साथ २०७६ मा नेपाल फर्किएका  थिए।

आइतबारदेखि विभागमा उपस्थित भई हप्तामा तीन दिन श्रम स्वीकृति लिन सकिने

काठमाण्डौ – वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले अब हप्तामा तीन दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । कोरोना महामारीको कारण यसअघि आइतबार र बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि आउँदो आइतबारदेखि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार सेवा प्रदान गर्ने कार्यालयले जनाएको छ । व्यक्तिगत श्रम स्वीकृति तर्फ यसअघि बायोमेट्रिक भएका र अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्नेहरूलाई अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन अनुरोध गरिएको छ ।  बायोमेट्रिक नभएका र व्यक्ति स्वयं उपस्थित हुनै पर्ने बाहेक अन्यलाई...

'रोग लागेर मरिन्छ भने पनि मरियोस्'

काठमाडौं : आइतबार बिहान ११ः३० बजे वैदेशिक रोजगार कार्यालय ताहाचल पुग्दा दोलखाका  २८ वर्षीय प्रवीण पुरी हातमा कागज  बोकेर लाइन बसिरहेका देखिए। पुरी कतारका लागि पुनः श्रम स्वीकृति र बायोमेट्रिक गराउन आएका लाइनमा थिए। तर ३ घण्टा बितिसक्दा पनि उनको पालो भने आएको थिएन।  उनीजस्तै कार्यालयमा काम लिएर आउनेहरूलाई टोकन नम्बर दिइएको छ। तर, नम्बरअनुसार पालो भने नपाइएको पुरीले गुनासो गरे। भन्छन्, 'सरकारले रोजगारी त दिन सकेन, यत्तिको व्यवस्थान त गरिदिएहुन्थ्यो नि।’

श्रम कार्यालय ताहाचल अब प्रत्येक बुधबार खुल्ने

काठमाण्डौ – वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचल अब प्रत्येक बुधबार खुल्ने भएको छ । बायोमेट्रिक नभएका व्यक्तिहरूको पुनः श्रम स्वीकृतिका लागि मात्र प्रत्येक बुधबार कार्यालय खुल्ने श्रम कार्यालय ताहाचलले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि कार्यालयमा उपस्थित भई भौतिक रूपमा लिनुपर्ने सेवाहरू गएको वैशाख २४ गतेदेखि बन्द भएको थियो । अहिले सरकारले तीन देशमा सातामा एक पटक उडान हुने गरी नियमित उडान खोलेसँगै विभागले पहिले बायोमेट्रिक नभएका श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्न कार्यालय खोल्ने जनाएको छ । का...