काठमाडौ : गत सोमबार बिहान वैदेशिक रोजगार कार्यालय ताहाचललाई पुग्दा सिन्धुपाल्चोकका ३६ वर्षीय प्रदीप रायमाझी हातमा कागज बोकेर लाइनमा बसिरहेका थिए। रोजगारीको खोजीमा कतार जानका लागि पुनः श्रम स्वीकृति र बायोमेट्रिक गराउन आएका हुन्। उनी पहिलो पटक विदेशिन लागेका भने होइनन्। पारिवारिक अबस्था सामान्य भएका रायमाझी रोजगारीकै सिलसिलामा २०७४ सालमा कतार पुगेका थिए । दुई वर्षका लागि कतार गएका रायमाझी नेपालमा नै केहि गर्ने विदेश नफर्किने योजनाका साथ २०७६ मा नेपाल फर्किएका थिए।