काठमाडौं : आइतबार बिहान ११ः३० बजे वैदेशिक रोजगार कार्यालय ताहाचल पुग्दा दोलखाका २८ वर्षीय प्रवीण पुरी हातमा कागज बोकेर लाइन बसिरहेका देखिए। पुरी कतारका लागि पुनः श्रम स्वीकृति र बायोमेट्रिक गराउन आएका लाइनमा थिए। तर ३ घण्टा बितिसक्दा पनि उनको पालो भने आएको थिएन। उनीजस्तै कार्यालयमा काम लिएर आउनेहरूलाई टोकन नम्बर दिइएको छ। तर, नम्बरअनुसार पालो भने नपाइएको पुरीले गुनासो गरे। भन्छन्, 'सरकारले रोजगारी त दिन सकेन, यत्तिको व्यवस्थान त गरिदिएहुन्थ्यो नि।’